रोल्पामा चत्याङका कारणले जीवन गुमाएको घटनाप्रति नेकपाको शोक बक्त

रोल्पा समाचार जेठ १६ लिबाङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीद्वारा रोल्पामा आधीहुरीसँगै एक्कासी रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं. ७ गुठिमधारा निवासी टोपबहादुर बुढामगरको घरमा परेको चत्याङबाट त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँ गुठिमधारा २४ वर्षिय आशा बुढामगर र गैरीगाउँ ७ लन्दीखोला निवासी ७५ वर्षिय खिर्मा बाठामगर मृत्यु भएकोमा एक शोक वक्तव्य जारी गर्नुभएको छ ।


शुक्रबार साझ अध्यक्षद्वारा गर्नुभएको विज्ञप्तीमा भनिएकोछ ः–‘अनाचक भएको घटनाले हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला संगठन कमिटीलाई मर्माहित बनाएको छ । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटी रोल्पा प्राकृतिक एवं दैवीप्रकोपमा परी जीवन गुमाउनुभएको आशा बुढामगर र खिर्मा बुढामगरको मृतआत्माको चिशान्तीको कामना गर्दछ । साथै शोक सनप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै साथै घाइते सविन बुढामगरको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।’
उक्त विज्ञप्तीमा भनिएको छः–सो घटनामा परी मृत्यु भएका मृतकका शबलाई स्वास्थ्य चेकजाँच गर्ने चिकित्सक टोली, उद्धारकार्यमा खटिने सुरक्षा कर्मी लगायत सबैमा धन्यवाद व्यक्त गर्दछु । साथै दैवी प्रकोप कसैलाई थाहा नदिएर आउने भएकाले सबै सजग एवं सतर्ककता अपनाउनको लागि अनुरोध गर्दै मृत्यकका परिवारलाई राहत प्रदान गरि दिनका लागि सम्बन्धित सरोकारवाला पक्षलाई हाम्रो पार्टीको तर्फबाट अनुरोध समेत गर्दछौँ ।’
नेपाल कम्युनिष्ट पार्टी नेकपा रोल्पाले यस्ता घटनाहरु अझै पनि हुन सक्ने भन्दै सबैलाई सजग हुन आग्रह समेत गर्नुभएको छ ।

You may also like