रोल्पाको जलजला १०० गणतव्यमा, नेपाल भ्रमण वर्ष २०२० जलजलामा शुभारम्भ

मानसिंह विश्वकर्मा
रोल्पा ३ बैशाख

संघीय सरकारले रोल्पाको प्राकृतिक, तथा साँस्कृतिक एवं युद्ध पर्यटकीय गणतव्य साथै पहिचानका बोकेकोे रोल्पाको जलजलालाई नेपाल र विश्वमा चिनाउनको लागि जलजला पदयात्रा शुरु भएको छ । काठमाण्डाँैबाट रोल्पाको जलजला पुगेर एक विशाल कार्यक्रम गरी पदयात्राको उद्घाटन चैत्र ४ गते गरिने भएको छ । सो कार्यक्रमको उद्घाटन सभामुख कृष्णबहादुर महरा र उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरले गर्नहुने भएको छ ।
युद्ध, धार्मिक, पर्या, साँस्कृतिक हिसावले पर्यटकीय संम्भावना बोकेको रोल्पा जिल्लाको जलजला संघंीय सरकारले १०० गतव्यको सूचीमा पारेपछि रोल्पालीहरु हर्षित बनेका छन् । आफ्नो क्षेत्रको पर्यटकीय जजलला पहाड संघीय सरकारले सूचीमा पारेर विभिन्न कार्यक्रम गरेपछि सँस्थागत भएको भन्दै खुसी व्यक्त गरेका हुन् । उपराष्ट्रपति नन्दबहादुर पुनमगर, सभामुख कृष्णबहादुर महरा र ऊर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगर, निवर्तमान सभामुख ओनसरी घर्तीमगर, पूर्व मन्त्री जयपुरी घर्तीमगर, प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, प्रदेश सांसद दीपेन्द्र कुमार पुनमगर, पूर्व सिंचाई राज्य मन्त्री अमरसिंह पुनमगर लगायतको लगायतका नेताहरुको पहलमा जलजला क्षेत्र १०० गतव्यको स्थानमा पर्न सफल भएपछि हाल विभिन्न कार्यक्रम भइरहेको छ
जलजलाको विकासमा कसले के भन्छन् ?

यस विषयमा सभामुख कृष्णबहादुर महराले रोल्पा र जलजला सचेतपूर्ण माओवादी आन्दोलनको प्रतिक भएको बताउनुहुन्छ । उहाँले जलजला र रोल्पा भन्दा वित्तिकै सचेतता पूर्ण गरिएको विद्रोह बुझाउने बताउनुभयो भयो ।

यस्तै उर्जा मन्त्री वर्षमान पुनमगरले जलजला जनयुद्धको प्रतिक भएको बताउँदै यसको संरक्षण र विकास गर्नका लाग आफूहरुको दायित्वमा आएको बताउनुभयो । उहाँले भन्नुभयोः–“रोल्पा र जलजला विद्रोहको प्रतिक हो, यतिमात्रै होइन जलजला पर्या परावरण, धार्मिक र साँस्कृतिक हिसावले पनि महत्पूर्ण छ, यस पटक यो सँस्थागत भएको छ ।
पछिल्लो समयमा ऊर्जा मन्त्री वर्षमान पुनमगरको पहल एवं सक्रियतामा जलजला पदयात्रा आरम्भ गरिएको छ । उजलजला क्षेत्रलाई १०० गणव्यको सूचीमा पारेर विभिन्न नीति तथा कार्यक्रम अगाडि बढाई रहेको जानकारी ऊर्जा मन्त्री वर्षमान पुनमगरले बताउँदै जलजलाको विकास हुनु भनेको रोल्पालीको विकास हुने बताउनुभएको छ । आफ्नो कार्यकालमा जलजलालाई एउटा नमूना पर्यटकीय क्षेत्र एवं संरक्षित क्षेत्र बनाउने उद्घोष गर्नुभएको छ । संरक्षण र प्रया पर्यटनको विकास गरौँ, नेपाल भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सफल पारौँ भन्ने मूल नाराका साथ जिल्ला समन्वय समिति रोल्पाको आयोजना तथा थबाङ गाउँपालिकाका रोल्पाको सह आयोजनामा रोल्पाको बहु आयायमिक जलजलाको भ्रमणको आयोजना गरिएको हो । रोल्पाको जलजला थबाङ गाउँपालिका भित्र रहेपछि यस क्षेत्र थबाङ गाउँपालिका रोल्पा नगरपालिका र सुनछहरी गाउँपालिकाको क्षेत्र भित्र फैलिएको छ । जहा जलजला क्षेत्र छ त्यसै क्षेत्रबाट निर्वाचित प्रदेश सांसद दिपेन्द्र कुमार पुनमगरले प्रदेश सरकारले पनि आफ्नो प्राथमिकतामा राखेको बताउनुभयो । जलजालालाई प्रर्यटन र जडिबुटि भण्डारणको क्षेत्र भएकोले बहुमूल्य जडिबुडि पशु पक्षिको संरक्षणमा हुने बताउनुभयो । यसै गरी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । यस्तै यसको विकासका लागि आफूहरु निरन्तर अभियानात्मक ढंगले लागेको निवर्तमान सभामुख प्रतिनधी सभा सदस्य ओसरी घर्तीमगरले बताउनुभयो ।
जिल्ला समन्वय समिति रोल्पाका प्रमुख रोल्पा जिल्लाको पहिचाहनको रुपमा रहेको जलजला अब संस्थागत भएकोले यसको विकास हुने समेत बताउनुभयो । थबाङ गाउँपालिकाका अध्यक्ष विरबहादुर घर्तीमगरले थबाङ गाउँपालिकाको सिमा क्षेत्रमा परे पछि रोल्पा जिल्ला र नेपालको पहिचान बनको बताउँदै यसको विकासमा पहल गर्ने सबैलाई धन्यवाद दिर्दै यसले थबाङ गाउँपालिकाको मापनलाई नयाँ उचाईमा उठाउने बतानुभयो । यस्तै रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले जजलजाको विकासमा रोल्पा नगरपालिकाको पनि भूमिका अहम रहेको बताउँदै अझै यसको विकास गर्नका लागि नगरपालिकाबाट पहल गर्ने बताउनुभयो ।
जलजला क्षेत्रमा प्राकृतिक दृश्य ः रोल्पा जिल्लाको सुन्दर अनि मनोरम पहाड पहाडले घेरीएको जलजला पहाड हो । उच्च भागमा रहेता पनि वीचमा उपत्यका क्षेत्र रहेर सबैको मन आकर्षण गर्न सकिने, चारैतिर घना जंगलले घेरेपनि बीचमा हरित घासे मैदान अनि पानीले थलथल गर्ने सुन्दर उत्यकाको रुपमा रहेको जजलजला हो । यसमा हिउँद ऋतुमा हिउ परेर दमपक्कै ढाकिएको सुन्दर दृश्य देख्न पाइन्छ भने वर्षा ऋतुमा रंगी विरंगी फूलहरु फूलेर दकमक्क हुन्छ । भने आजकाल विभिन्न प्रजातीको गुराँसहरु फूलेर गुराँसमय भएको छ । बीच खोचमा रहेको जलजला बराह क्षेत्रको मन्दिर अनि थलथल गर्ने जमिन पनि अकर्षकको विन्दुको रुपमा रहेको छ ।

युद्ध पर्यटनको 

 

रोल्पाको थबाङ कम्युनिष्टहरुको आधार इलाकाको रुपमा चिनिन्छ । १० वर्षे जनयुद्धको उद्गम स्थलको रुपमा रहेको र माओवादी आन्दोलनको एनानभूमी त्यसको थबाङ पनि त्यही जलजलाको काखमा रहेको छ । रोल्पा जलजला माओवादीको उद्घगम स्थलको रुपमा रहेको त्यस क्षेत्र भित्र पर्ने जलजला पहाड युद्ध प्रतिकका रुपमा मानिन्छ । अब यसको विस्तार गरिने बताउनुभयो । जलजलामा तत्कालीन जनमुक्ति सेनाको तालिम केन्द्र बताउँदै युद्ध पर्यटकीय गणतव्यको रुपमा रहेको नेपाल पत्रकार महासंघ रोल्पाका प्रदेश अध्यक्ष मौमस रोकाले बताउनुभयो । जलजला माओवादी युद्धकालमा जनमुक्ति सेनाको तालिम केन्द्र, जनगणतन्त्र रेडियो सञ्चालन, विशाल कार्यक्रमहरु त्यही हुनले पनि यसको इतिहासलाई अझै ओझिलो बनाएको हो । जनयुद्धकालमा कलाकार शहीद चुनु गुरुङले (तिम्री निम्ति बरु यो ज्यान गए गएजाला, तिमीसंग गहिलो मायाँ बस्यो जलजला), जनवादी गायक झन्कारले जलजला फेडमा थबाङ गाउँ उठौँ अब विद्रो गर्नलाई संसारमा चिनाआँै हाम्रो नाउँ) भन्ने बोलको गीत लगायत साँस्कृतिक कर्मीहरुले पनि जजजलालाई गीतको माध्यमबाट एउटा विद्रोहको प्रतिकका रुपमा परिभाषित गरेको छ । यसमा पहिले देखि थबाङ, जलजला, जेलबाङलाई युद्ध पर्यटनका हिसावले अध्यन अवलोकन गर्नेहरुको संख्या निररन्तर बृद्धि भएको छ ।

धार्मिक प्रर्यटनः

रोल्पाको जलजला धार्मिक पर्यटनको हिसावले पनि निकै प्रख्यात रहेको छ । जलजला बराहको पुजा वर्षमा दुई पटक गर्ने गर्दछन् । मगर समुदायको पुजारीले पुजा गर्ने यस बराहको पुजामा रोल्पा र नेपालका विभिन्न क्षेत्रबाट अनि अन्य देशहरुबाट पनि पुजा गर्नका लागि आउने गरेको जजलजाको धार्मिक महत्वको बारे जानकार राख्ने समाजसेवी गोरे रोकाले बताउनुभयो । उहाँका अनुसार जलजला बराहको पुजा गरेपछि निसन्तानपनबाट मुक्त भएको समेत धार्मिक विश्वास रहेको बताउनुभयो । जलजला बराहको पुजा गरेमा मनले इच्छाएको सबै सपना पूरा हुने धार्मिक किमदन्ती रहेको छ ।

साँस्कृतिक पर्यटनः

 

रोल्पा जिल्लाको उत्तरी भागमा रहेको जलजला क्षेत्रमा मगर समुदायको बसोबास छ । मगर समुदायले खाम भाषा र मगर संस्कृतिले भरीपूर्ण मानिदै आएको छ । मगर समुदायले आफ्नो मातृभाषा र मगर भेष भुषा रहन रहनताले पनि जलजला क्षेत्र साँस्कृतिक हिसाले पनि महत्वपूर्ण मानिदै आएको छ ।

जलजला पदयात्रा

जलजलालाई सरकारले प्राथमिकताका साथ सूचीमा पारेर पर्यटकको ओइरो लगाउने गरी तयारी गरेको छ । औपचारिक रुपमा जजलजा पद यात्राको आंरम्भ काठमाण्डौँबाट बैशाख २ गतेदेखि शुरु भएको पर्यटकको टोली रोल्पा आई पुगेको छ । रोल्पा नगरपालिकालो स्वागत समेत गरेको छ । सो टोलीलाई रोल्पा नगरपालिकाले स्वागत गरेर रोल्पा जिल्लाको मौलिक संस्कृति मयुर नाँचद्वारा स्वागत गरेको छ ।
सो टोली त्यहाँको भाषा सस्कार सस्कृतिको अवलोकन, गुराँसे पहाडमा लटरम्म फूलेका सयौ प्रकारका फूलै फूलको बगैचामा लुकामारी खेल्न, र धित मर्ने गरि हिउँ खेलेर मनोरञ्जन लिने अबसरको उपभोग गर्नका लागि करिव ५० जनाको टोली आज रोल्पाको लिबाङबाट जलजला तर्फ प्रस्थान गरेको छ ।
बैशाख ३ गते लिबाङबाट धबाङको ओखरेनि, धरमपानीको सिज स्तभ हुँदै जलजलामा बास बस्ने भएको छ । आज ४ गतेको कार्यक्रमको तयारीका लागि जिल्लाका जनप्रतिनिधी, सुरक्षा निकाय लगायत पर्यटकहरुको टोली अगाडि बढेको छ । टोलीले ४ गते जलजलाको बिभिन्न ठाउहरुको अबलोकन र थबाङको बास बस्ने टोली प्रमुख जीवन रोकामगरले बताउनुभएको छ । सो टोली थबाङ हुँदै लिबाङ बैशाख ५ गते मात्रै लिबाङ आउने छ । सो टोलीले १५ हजारको प्याकेजको कार्यक्रम तय गरेको छ ।
जलजलामा ४ गते औपचारिक उद्घाटन
प्रथम जलजला पदयात्राको औपचारिक उद्घाटन बैशाख ४ गते जलजलामै हुने भएको छ । सो जलजलामा हुने उद्घाटन कार्यक्रममा सभामुख कृष्णबहादुर महरा र उर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरले सयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ । औपचारिक उद्घाटन कार्यक्रम विहानको ठीक ११ बजे हुनेछ ।
सो कार्यक्रममा निर्वतमान सभामुख ओनसरी घर्तीमगर, प्रदेश सांसद दीपेन्द्र कुमार पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर लगायतले सम्वोधन गर्नुहुने भएको छ । सो कार्यक्रममो लागि जलजलामै २ दिनको बासको व्यवस्था गरिएको छ । थबाङ गाउँपालिका, रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र परिवर्तन गाउँपालिकाबाट जनताहरु जलजला क्षेत्रमा जानेक्रम जारी रहेको छ ।

You may also like