प्रनितिनिधि सभा निवर्तमान सभामुख कृष्ण बहादुर महारको धर्मपत्नीको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाद्वारा शोक वक्तव्य जारी

प्रनितिनिधि सभा निवर्तमान सभामुख कृष्ण बहादुर महारको धर्मपत्नीको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाद्वारा शोक वक्तव्य जारी
कार्तिक १९ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is Sok-baktabye-Nekapa-rolpa-840x1024.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय नेता, प्रतिनिधि सभाको निवर्तमान सभामुख माननीय कृष्ण बहादुर महराकी धर्मपत्नी सीता महराको असायमिक निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)रोल्पा जिल्ला कमिटीले आज शोक वक्तव्य जारी गरेको छ ।
यस जिल्लाको पार्टी इञ्चार्ज दीपेन्द्र कुमार पुन, अध्यक्ष सुरेन्द्र थापा घर्ती र सचिव हरि प्रसाद घर्तीद्वारा संयुक्त हस्ताक्षर शोक वक्तव्यमा भनिएको छ,‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेता, प्रतिनिधि सभाको निवर्तमान सभामुख एवम् सदस्य विगत जनयुद्ध–जनआन्दोलन र शान्ति प्रक्रियाको दौरानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने रोल्पाली कम्युनिष्ट आन्दोलन र कार्यकर्ताहरुको अविभावक समेत रहनु भएका आदरणीय व्यक्तित्व मानानीय कृष्ण बहादुर महराकी धर्मपत्नी सीता महराको ५९ वर्षको उमेरमा दुःखत निधनप्रति जिल्ला पार्टी कमिटीले शोक व्यक्तव्य जारी गर्दछ ।’ उहाँको उपचारकै क्रममा काठमाण्डौं स्थित नर्भिक अस्पतालमा आज बिहान ६ः२५ बजेको दुःखत निधानको खबरले जिल्ला पार्टी, तमाम् जनवार्गिय संगठनहरु र महरा दम्पत्ती प्रति आस्था र सहनुभुति राख्ने आम रोल्पाली जनसमुदायलाई स्तब्ध र दुःखत बनाएको शोक वक्तव्य मार्फत जिल्ला पार्टी कमिटीले उल्लेख गरेको छ ।
दिवंगत मृतक सीता महराले विगतका विभिन्न आन्दोलनमा पु¥याएनुभएको योगदानलाई जिल्ला पार्टीले स्मरण र कदर गर्दै यस दुःखत मानीय कृष्ण बहादुर महरा र सिंगो परिवारको दुःखमा ऐक्यवद्धता प्रकट गरेको छ । साथै मृतक आत्मप्रति पार्टीले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा शोकलाई शक्तिमा बदलेर अघि बढ्ने प्रेरणा मिलोस भन्दै शोकाकुल परिवारजनमा हार्दिक सम्वेदना प्रकट गरेको छ । यस जिल्लाका नगर÷गाउँपालिका कमिटि सहित भातृ संगठन तथा शुभेच्छुक संगठनहरुले समेत महराको निधानप्रति शोक वक्तव्य जारी गरेका छन् ।

You may also like