रोल्पा अस्पताल रेउघाबाट रिफर एक विरामी वुटवलमा कोरोना पुष्टि

रोल्पा अस्पताल रेउघाबाट रिफर एक विरामी वुटवलमा कोरोना पुष्टि
कार्तिक १६ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is o1-1024x769.jpg

रोल्पा अस्पताल रेउघाबाट थप उपचारका लागि वुटवल रिफर भएका करीव ५५ वर्षीय एक पुरुषमा कोरोना भाइरस पोष्टि भएको छ । वुटवलको स्थित एक अस्पताल उपचार भइरहेको छ ।
यस अस्पतालबाट रिफर विरामीको जेण्डेसको उपचारको क्रममा २ हप्तासम्म भर्ना भएको अस्पतालको सूचना अधिकारी एवम् सिनियर अहेव कुल बहादुर डाँगीले बताउनुभयो । अस्पतालबाट रिफर विरामीमा कोरोना भाइरस पुष्टि भएको छ भने विरामीको सहयोगीहरुको अवस्था कस्तो छ जानकारी नआएको उहाँले जानकारी दिनुभयो । विरामीमा कोरोना भाइरस पुष्टि भएपछि अस्पतालमा भाइरस फैलिन सक्छ भनेर थप सहजकता अपनाएको उहाँले जानकारी दिनुभयो । विरामीको उपचारमा सहभागि डाक्टर सहित अन्य स्वास्थ्यकर्मीहरुको होम क्वारेन्टाइनमा रहेको सूचना अधिकारी डाँगीले बताउनुभयो । त्यसैगरी यस अस्पतालमा भर्ना भएका विरामीको उपचारमा सहभागि स्वास्थ्यकर्मीहरुलाई होम क्वारेन्टाइनको व्यवस्था गरी सेवा निरन्तरता तयारी गरेको जिल्ला प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना मगरले बताउनुभयो । उहाँले स्वास्थ्यको मापदण्ड पूरा गर्दै अस्पतालबाट प्रदान सबै सेवाहरु सञ्चालन गर्नु सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो ।

You may also like