उर्जा मन्त्री पुनमगरद्वारा संघको १६ औं वार्षिक साधारा सभाको उद्घाटन

रोल्पा समाचारदाता
लिबाङ रोल्पा
असोज २६


उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनमगरद्वारा रोल्पा उद्योग वाणिज्य संघको १६ औं साधारण सभाको मंगलबार उद्घाटन कार्यक्रम तय भएको छ । साधारण सभाबाट नयाँ नीति निर्माण समेत गर्ने भएको छ ।
संघको साधारण सभाको उद्घाटन सत्र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनमगरद्वारा उद्घाटन पश्चात् बन्द सत्रको कार्यक्रम तय भएको बताउनुभयो । उहाँले संघले आफ्नै सभा हलमा १६ औं साधारण सभा आयोजना गरेको जानकारी दिनुभयो । अतिथिहरुलाई कार्यक्रममा गरीमामै उपस्थितका लागि पत्रचार भइरहेको छ, आयोजकको पत्रचारलाई आधिकारिक निमन्त्रणलाई स्वीकार गर्दै गरीमामै आतिथ्यताका लागि उपस्थिति भइ दिन रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको अध्यक्ष विश्व कुमार चन्दले अनुरोध गर्नुभयो । साथै उहाँले संघको सम्पूर्ण साधारण सभा सदस्यहरुलाई सभामा उपस्थितिका लागि पत्रचार समेत गरिएको हुँदा अनिवार्य उपस्थितिका लागि अनुरोध गर्नुभयो । रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको १६ औं सधारण सभाको सम्पूर्ण तयारी धेरै पूरा भएका छन् भने बाँकी केही कार्य तयारीर्ला पनि तीव्रताका साथ अगाडि बढाएको अध्यक्ष विश्वकुमार चन्दले जानकारी दिनुभयो ।

You may also like