संविधान दिवसकाे अवसरमा सिरक्याङ भीरको गाेरेटो सडक मर्मत


जुनिस कुमार बिष्ट,
पोबाङ, सुनछहरी असोज ३ गते


संविधान दिवसको अवसरमा थबाङ गाउँपालिका ५ उवाको सिरकेङको गोरेटो बाटोमा सोलिङ निर्माण कार्य सम्पन्न भएको छ ।
थबाङ गाउँपालिकाको ४ र ५ नम्बर वडा उवाको गत भदौ २२ गते बसेको मैत्रीपुर्ण बैठकको निर्णय अनुसार आज उवाको सिरकेङ भन्ने ठाउँमा ३६८ मिटर लामो सोलिङ निर्माण गरिएको ४ नम्बर वडा उवाका अध्यक्ष हिकमत घर्तीमगरले जानकारी दिनुभयो ।


श्रम कार्यक्रममा दुई वटै वडाका अध्यक्ष सम्पुर्ण वडा समिति, पुर्व जनप्रतिनिधि,राजनैतिक दल,शिक्षक बिद्यार्थी,स्वास्थ्य चौकीका कर्मचारी,इलाका प्रहरी उवाका सुरक्षाकर्मी,युवा क्लब,आमा समुह,विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि,जनसमुदायको सहभागिता रहेको श्रम कार्यक्रममा १७० महिला र १०५ जना पुरुष जम्मा २७५ जनाको सहभागीता रहेको ४ नम्बर वडा सचिव सुरबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।
कार्यक्रमको अन्तमा अनौपचारिक कार्यक्रम मार्फत ४ नम्बर वडा अध्यक्ष हिकमत घर्तीमगर र ५ नम्बर वडा अध्यक्ष गोवर्धन घर्तीमगरले धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संचालन ४ नम्बर वडा सचिव घर्तीमगरले गर्नुभएको थियो ।

You may also like