सिद्व सुकिदह कृषि उद्यमी कृषक समूह २५ वर्षपछि सक्रिय

सिद्व सुकिदह कृषि उद्यमी कृषक समूह २५ वर्षपछि सक्रिय
असाेज १७ गते

लिबाङ राेल्पा

गंगादेव गाउँपालिका–२ जिनाबाङ रोल्पा स्थित सिद्व सुकिदह कृष उद्यमी कृषिक समूह सशस्त्र द्वन्द्व समयमा दर्ता भएको २५ वर्षपछि पुनः सक्रिय बनेको छ । समूहले कृषि लगायत समाज सुधारका कार्यमा सक्रिय भूमिका निर्वाह गरेको छ ।
यस समूह जिल्ला प्रशासन कार्यालय रोल्पामा २०५२ साल फागुन महिनाको २ गते दर्ता भएको थियो । तर, सशस्त्र द्वन्द्वको कारण निस्क्रिय बनेको थियो । यस समूहले समाज सुधार र कृषि उत्पादनलाई पुनः निरन्तरता दिएको छ । सशस्त्र द्वन्द्व समयमा संकटकाल घोषणले यस संस्थाले उद्वेश्य अनुसार भूमिका निर्वाह गर्न सकेको थिएन । नोबेल कोरोना भाइरस (कोभिड–१९) विश्वभरि फैलिएको अवस्थामा समूहले कृषिको आवश्वयकता महशुस गरेयो । यस समूहको अध्यक्ष बाल कृष्ण वलीको अध्यक्षमा यस समूह पुनः सञ्चालन भएको उहाँले बताउनुभयो । प्रशासन कार्यालयमा समूह पहिले नै दर्ता भएको हुँदा समाज कल्याण परिषद्मा समेत दर्ता भएको छ । यस समूहको उपाध्यक्ष हुकुम बहादुर भण्डारीको नेतृत्वमा कार्य समितिको पदाधिकारी सहित स्थानीयबासीको सहभागितामा समाज सुधार, गारेटो बोटो मर्मत जस्ता कार्यहरु अगाडि बढेको अध्यक्ष वलीले जानकारी दिनुभयो ।
यस समूहको अध्यक्ष बालकृष्ण वली समूहको कार्य व्यवस्ताले बाहिर भएको हुँदा उपाध्यक्ष हुकुम बहादुर भण्डारीको नेतृत्वमा समाज सुधारका कार्यहरु तीव्र रुपमा अगाडि बढेकोले अब छिट्टै समाज सुधार हुने अध्यक्ष वलिले विश्वास व्यक्त गर्नुभयो । समाज सुधारका लागि यस वडाको जनप्रतिनिधि, आम वुद्धिजीवि, राजनीतिक दल, पत्रकार, समाज सेवी, युवा क्लव, आमा–बुबा, दिदि–बहिनीलाई समूहले अनुरोध समेत गरेको छ । साथै समूहले कृषि पकेट क्षेत्र, कृषि सडक नामाकरण र एक घर एक धारा, एक घर एक फलपूल बगैचा, एक घर एक भौसी नीति अबलम्बनको लक्ष्य तय गरेको समूह अध्यक्ष वलीले बताउनुभयो ।

You may also like