सुनिलस्मृति गाउँपालिकाले सामुदायिक विद्यालयहरुलाई मास्क र सेनिटाजर हस्तान्तरण

सुनिलस्मृति गाउँपालिकाले सामुदायिक विद्यालयहरुलाई मास्क र सेनिटाजर हस्तान्तरण
दाना के.सी.
असोज १६ गते (सुलिचौर–रोल्पा ।।

This image has an empty alt attribute; its file name is s2-724x1024.jpg

सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले कोरोना भाइरसलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुलाई मास्क र सेनिटाइजर आज हस्तान्तरण गरेको छ ।
यस कार्यक्रममा गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, उपाध्यक्ष बागमती क्षेत्रीनी, प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, सामाजिक विकास समिति संयोजक तथा ५ नं. वडा अध्यक्ष नमराज थापाले विद्यालयका शिक्षकहरुलाई मास्क र सेनिटाइजर हस्तान्तरण गर्नुभएको थियो । गाउँपालिकाभित्रका विद्यार्थी संख्याका आधारमाप्रति शिक्षक विद्यार्थीहरुलाई कम्तिमा ५ वटा मास्क र सेनिटाइजर गाउँपालिकाले विद्यालयलाई उपलब्ध गराएको हो । साथै कोराना भाइरस सम्बन्धि सम्पर्क र सम्पर्क भएकाको खोज सम्बन्धी गाउँपालिका स्तरीय अभिमूखिकरण तथा गाउँपालिकाभित्रका स्वास्थ्य चौकी इञ्चार्ज र विद्यालयका स्वास्थ्य शिक्षकहरुलाई विद्यालय किशोरि आइरन तथा फोलिक एसिड कार्यक्रम सम्बन्धी समीक्षा समेत सम्पन्न भएको छ । यस गाउँपालिका र आई.एन.एफ. को आर्थिक सहयोग तथा स्वास्थ्य कार्यालय रोल्पाको प्राविधिक सहयोगमा समीक्षा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको व्यवस्थापन तथा सञ्चालन गाउँपालिका स्वास्थ्य शाखा स्वास्थ्य संयोजक मोतिम आलम र स्वास्थ्य सह–संयोजक सावित्रा कुमारी थापाले गर्नुभएको थियो ।

You may also like