भाबाङ बाङ्मा हत्याकाण्ड २० वर्षपछि ‘शहीदको सपना पुरा गर्ने बाटोमै छौँ’ –अध्यक्ष सुरेन्द्र थापा ‘धुव्र’

रोल्पा समाचारदाता
भाबाङ, रोल्पा
चैत्र ५ गते


आज भन्दा ठीक २० वर्ष पहिले जनताको मुक्तिको गीत गाउँदै हिडेका ११ जना जनकलाकारहरुलाई तत्कालीन प्रहरीले घर घेरा हालेर हत्या गरेको रोल्पा भाबाङका बाङ्मा बासीलाई आज झै लाग्छ । २० वर्ष वितेको थाहा बुढाबुढिलाई मात्रै थाहा छ विहानै गोलीका आवाजहरु आयो, अनि आफ्नो घरमा बसीरहेका

कलाकारमाथी आक्रमण शुरु भयो त्यो घटना आफ्नो बाल्यकालमै घटेको घरवेटी बसन्ती बुढामगरलाई जीउ बचाउन निकै कठिन भएको थियो । हाल उनी शिक्षिका छन् । उनीलाई बाल बाल बाचेको स्मरण सुनाउँछिन् । उनको घरका ढुङ्गाहरु गोलीले हेर्न लायक थिएन, भित्ताहरु पुरै छिया छिया बनेको थियो । आफैलाई पनि गोली लागेन बल्ल आमा बुवासँग निस्कन सफल भए उहाँले नै हाल कथा झै भएको बताउनुभयो ।

२०५६ सालमा असार ८ गतेका दिन कोर्चाबाङका सुकप्रसाद बुढामगर झन्कार, लालबहादुर सार्की बलदेव, दिलकुमार बुढामगर माइण्ड, ह्वाका मंगल बुढामगर झरणा, कोटगाउँका सुन्दर घर्तीमगर कपिल, गोविन्द घर्तीमगर विशाल, भाबाङका दुर्गा सिंह घर्तीमगर विकास, दिपेन्द्र घर्तीमगर सुजन, कुमारी घर्तीमगर, देउमति विश्वकर्माको हत्या भएको थियो ।
नेपाल कम्युनिष्ट नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर ‘धुव्र’ ले आफ्नो पार्टी शहीदका सपना पूरा गर्ने बाटोमै अगाडि बढेको बताउँदै अन्तिमसम्म पनि शहीदले देखाएको बाटोमै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तो विचार अखिल नेपाल जनसाँस्कृतिक महासंघद्वारा आयोजित २२ आँै साँस्कृति बलिदान दिवसको अबसरमा ११ जना जनकलाकारको सामूहिक हत्या भएको स्थान रोल्पा भाबाङको बाङ्मामा बताउनुभएको हो ।


गाेली चलेकाे घर जहाँ ११ जना कलाकार हत्या भएकाे घर 

उहाँले शहीदको बलिदानबाट मात्रै नयाँ यो स्वतन्त्रता एवं अधिकारसहितको संविधान निर्माण भएको बताउँदै शहीदलाई अन्तिमसम्म सम्मान गर्दै अगाडि बढ्नुपर्ने बताउँदै सहिदहरुले नै देश निर्माण गरेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं. ५ का सचिवालय सदस्य समेत रहनुभएका सुरेन्द्र थापा घर्तीमगरले शहीदहरु कुनै र कसैको पनि नभएको बताउँदै यो देशका साझा शहीद भएकोले शहीदका नाममा सडक, भौतिक संरचना निर्माण नामाकरण गरी शहीदहरुलाई स्थागत गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेस सदस्य हरीसरा घर्तीमगर ‘टिका’ले बलिदान क्रान्तिको उर्जा भएको बताउँदै क्रान्ति बलिदान विना सम्भव नभएको बताउनुभयो । बाङ्मा हत्याकाण्डमा घेराउ टोडेर बाँच्न सफल हरीसरा घर्तीमगरले बाङ्मा हतयाकाण्डको पीडा आफूहरुलाई मात्रै थाहाँ भएको बताँदैभन्नुभयोः‘निसशस्त्र कलारकार र संगठनका सहयोगद्धाहरुलाई हत्या गरियो । एउटै चिहान बनायो रोल्पामा ५२ वटा सामूहिक घटनामा बाङ्मा पनि एक हो । यसको विकास र विस्तार गर्नुपर्दछ । गरेका छाँै । ’

 

 

गाेली चलेकाे घर जहाँ ११ जना कलाकार हत्या भएकाे घर देखि समाधी स्थल जहाँ ११ जनाकाे सव राखिएकाे छ

यसैगरी अखिल नेपाल जनसाँस्कृतिक महासंघ नेपालका केन्द्रीय सचिवालय सदस्य एवं अभियान्ता भिमकुमाखीले चैत्र ५ गतेका दिन काभ्रेको अनेकोटमा ९ जना जनकलाकार थियो सोही दिनलाई नै साँस्कृतिक शहीद दिवस मनाउने गरेको बतानुभयो । उहाँले साँस्कृतिक आन्दोलनको बेलामा थुपै्र जनकलाकारहरुले साहदत प्राप्त गरेको बताउँदै त्यही क्रममा भाबाङमा पनि हत्या भएको बताउँनुभयो । सम्पुर्ण सहीदहरुले देखाएको बाटोमा अलिचलित भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनयुद्धलाई सफल बनाउनको लागि कलाकारहरुको पनि योगदान रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा माडी गाउँपालिका अध्यक्ष मित्रमणि घर्तीमगर, प्रेस संगठन नेपाल प्रदेश नं. ५ सह संयोजक मानसिंह विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा अध्यक्ष तेजेन्द्र बुढामगर लगायतले मनतव्य राख्नुभएको थियो । बक्ताहरुले शहीदको सपना साकार पार्न र आम नेपाली जनताको मुक्तिको लागि अझै अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो । शहीहरु देशका निर्माता भएको बताउँदै शहीदको सपना साकार पार्न पार्टीलाई सुझाव दिदै सबै शहीद परिवारहको समस्यामा पनि साथ दिएर शहीद परिवारको आँशुलाई खुशी बनाउनका लागि अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा शहीद देउमति विश्वकर्माको भाई प्रेम विश्वकर्माले आफ्नो दिदीको शाहदत हुदाँ आफ्नो परिवारहरुले रुन पनि नपाएको बताउनुभयो । साथै भन्नुभयोः–“ठीक २० वर्ष पहिलेको घटना हो, हाम्रो आमाले पनि मेरो छोरी पनि बाङ्मा हत्या काण्डमा मरे की भनेर जान पनि भेट् पाउनुभएन् । सरुवामा तत्कालीन प्रधान अमर बहादुर बुढामगरको गाउँमै हाम्रो घर थियो त्यहा प्रहरी चौकी पनि थियो, रुएमा पनि त्यो घटनामा आफ्नो मानिस परेका रहेछन् भनेर आफ्नो परिवारलाई पनि मारि दिने धम्की दिने दियो मन खोलेर रुनै पाएनौँ” यो शहीदको सपना पूरा गर्नका लागि निरन्तर लागि पर्नु पर्ने बताउँदै पार्टीले धोका नदिन अनुरोध गर्नुभयो ।
२०५६ साल असार ८ गते भाबाङको सामुहिक हत्याकाण्डमा आफ्नो बहिनी दुर्गी बाठा मगरको शाहद भएको र आफ्नो सोही साल असार २८ गते करिव २० दिनको फरकमा श्रीमान राजबहादुर बुढा ‘किरण’ गुमाउनुको पीडा सुनाउँदै चन्द्री बुढामगरले भन्नुभयोः–‘बहीनीको साहदत भयो, आफ्नो बहिनीको मृत्यु भएको खवर पाउँदा रुन पनि पाएन त्यही २० दिनपछि फेरी श्रीमानको मृत्यु भयो । हाल शहीदको सपना पुरा होस् । म अरु भन्न सक्दैन’


कार्यक्रममा माडी गाउँपालिका ५ का वडा अध्यक्ष भरत बुढामगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति सदस्य विरबहादुर घर्तीमगर, नेकपा माडी गाउँपालिकाका कार्यालय सदस्य इन्द्रबहादुर सेटि महर, माडी गाउँ कार्यपालिका सदस्य सविना घर्तीमगर, धनबहादुर विश्वकर्मा, रेडियो माडी आवाजको दिपा राना, रोल्पा दैनिकका गोपाल खत्री लगायतको आतिथ्यता रहेको थियो ।
अखिल नेपाल जनसाँस्कृति महासंघ दाङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाको समन्वयमा सम्पन्न कार्यक्रम अखिल नेपाल जनसाँस्कृति महासंघ दाङका अध्यक्ष टिका बुढामगर रञ्जितको अध्यक्षता भएको थियो भने सञ्चालन हिरा सुनार सारथीले गर्नुभएको थियो । सबै सहभागीलाई जनवादी कलाकार एवं अखिल नेपाल जनसाँस्कृति महासंघ केन्द्रीय सदस्य झन्कार बुढामगरले स्वागत गर्नुभएको थियो ।

 

You may also like