स्थापना दिवसको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

लिबाङ राेल्पा, जेष्ठ १ गते

 संघ नेपाल केन्द्रीय समितिको २९ औं स्थापना दिवसमा जिल्ला कमिटी रोल्पाले ‘यात्रा समृद्व, लक्ष्य समाजवादको” भन्ने मूल सहित आज चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रम लिबाङमा सम्पन्न गरेको छ । २९ वर्ष वर्ष अघि वर्तमान बहुमतकाे सरकार  नेपाल  सरकारको सम्मानीय प्रधानमन्त्री केपि शर्मा ओलीको अध्यक्षतामा युवा संघ नेपाल गठन भएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले भन्नुभयो–“युवाहरुको महान वलिदान योग्दानबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको छ, जुन संविधान निर्माणको निम्ति युवा संघ नेपालमा सम्बद्व युवाहरुको समेत उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।” जसरी संविधान जारी हुँदासम्म युवा संघ नेपाल सम्वद्व युवाहरू लगायतका युवाहरुकोे भूमिकालाई प्रमुख अतिथि घर्तीमगरले स्मरण गर्दै अब जारी संविधान कार्यन्वयनको निम्ति युवाहरुको सक्रिय भूमिकाको आपरिहार्यता भएको उहाँले बताउनुभयो । नेपालका दुई ठूला–ठूला कम्युनिट पार्टीले फरक–फरक इतिहास बोकेका ने.क.पा (माओवादी केन्द्र) र नेकपा (एमाले) दुई पार्टी बीचको पार्टी एकता प्रक्रिया पूरा नहुँदा आम पार्टी कार्यकार्ता, शुभचिन्तकहरुमा अन्यौलता पैदा भएको समयमा पार्टी एकता प्रक्रिया पूरा भएको छ अब केही समयमा नै पार्टीको जनवर्गिय संगठन तथा शुभचिन्तक संघ संगठनको एकता पूरा भई पार्टीले जिल्लामा नयाँ गति लिने उहाँले बताउनुभयो । यि दुई पार्टीको जनवर्गिय संगठन तथा शुभचिन्तक संघ संगठन बीचको एकता पश्चात् पार्टीलाई नयाँ शक्ति प्रदानसँगै युवाहरुको सक्रिय भूमिकाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पामा सशक्त शक्तिशाली पार्टी बन्न थप सहयोग पुग्ने प्रमुख अतिथि घर्तीमगरले विश्वास व्यक्त गर्नुभयो । आर्थिक मेरुदण्डको प्रमुख खम्बा युवाहरू नै भएको हुँदा युवाहरुको सक्रिय भूमिकाबाट नै पार्टीले तय गरेको नारा समृद्ध र समाजवादको लक्ष्यमा पुग्न सकिन्ने जोद दिँदै प्रमुख घर्तीमगरले सोही अनुसार युवाहरू राजनीतिकसँगै पेशा व्यवसायीमा सहभागि बन्नुपर्ने आवश्यकता औल्याउनुभयो ।


कार्यक्रममा विशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला सदस्य मनसिंह डाँगी, प्रेस संगठन नेपालको केन्द्रीय समिति सदस्य मानसिंह विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा नगरपालिका सदस्य लालबहादुर कँवर, प्रेस सेन्टर नेपाल, जिल्ला शाखा रोल्पाको सह–सचिव रेशम बि.क, प्रगतिशिलत संघ रोल्पा जिल्ला प्रतिनिधि मिनराज रोका, वाइसियल नेपाल रोल्पा नगरपालिका रोल्पाको सचिव नौलसिंह थापा लगायतका अतिथिहरुले शुभकामना मनतव्य राख्नुभएको थियो । कार्यक्रममा युवा संघ नेपाल, रोल्पा र वाइसियल नेपाल रोल्पामा आवद्व पदाधिकारी लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो । कार्यक्रम युवा संघ नेपाल, रोल्पा जिल्ला अध्यक्ष कृष्ण नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन अर्जुन डी.सी.ले गर्नुभएको थियो ।

You may also like