शैक्षिक विकृति बन्दको माग गर्दै अखिल क्रान्तिकारी जिल्ला समिति रोल्पाद्वारा प्रेस विज्ञप्ती जारी

शैक्षिक विकृति बन्दको माग गर्दै अखिल क्रान्तिकारी जिल्ला समिति रोल्पाद्वारा प्रेस विज्ञप्ती जारी
असोज १७ गते
लिबाङ–रोल्पा

संघीय सरकार नेपलाबाट प्रतिबन्धित पार्टी नेपाल कम्युनिष्ट पार्टी निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (क्रान्तिकारी) जिल्ला समिति रोल्पाले शैक्षिक क्षेत्रको विकृतिको बन्दको माग गर्दै आज एक प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ ।
यस जिल्लाको अध्यक्ष शोभराम राना मगरद्वारा हस्ताक्षर जारी प्रेस विज्ञप्तीमा शैक्षिक क्षेत्रको विकृतिको बन्दको लागि शिक्षा समन्वय इकाई र स्थानीयतह स्तरीय शिक्षा कार्यालय, विद्यालय प्रशासन माग गरेको हो । जारी प्रेस विज्ञप्तीमा १. एस.ई.ई. परीक्षापछि विद्यार्थीले पाप्त गर्ने लब्धाङ्क पत्र तयार गर्न बढिमा रु ५ हजार लाग्छ । तर, प्रति विद्यार्थी रु १८ हजारसम्म शुल्क अशुल्ने गरेको २. माध्यमिकतहसम्म निःशुल्क भनिएको छ । तर, चर्काे भर्ना शुल्क लिइरहेको छ ३. स्थायी शिक्षकको नाममा ट्युसन सेन्टर खोल्न पाइदैन । तर, अवैध रुपमा ट्युसन सेन्टर खोलिरहेका छन् ४. विद्यालय समयमा शिक्षणको औपचारिकता मात्र लिने । तर, अन्य समयमा शैक्षिक सत्रको शुरुदेखि नै ट्युसन कक्षा गर्ने भइरहेको छ, ५. निजि अनुदान राहत करार जस्ता अस्थायी शिक्षक पद पूर्ति गर्दा क्षमता र सीपको आधारमा नभई राजनीतिक आस्था, नातावाद र घुसको आधारमा गरिएको छ ६.स्थायी शिक्षक सरुवा बढुवा गर्दा शिक्षा ऐन निवाली कुल्चदै सत्ता, शक्ति र पैसाको प्रभावमा गरिरहेको छ ७. नमुना विद्यालय सञ्चालन गर्ने नाम वा चर्काे शुल्क असुल गर्नेको साथै सामुदायिक विद्यालयभित्रै अग्रेजि र नेपाली भाषा बनाउँदै दुई वर्गको शिक्षा दुई वर्गको विद्यार्थी निर्माण गरिएको छ ८. जम्मा विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीले छात्रावृत्ति पाउनु पर्ने । तर, कागजातमा मात्र सीमित भएको छ भने प्रभावकारी कार्यन्वयन भएको छैन ९. प्राविधि शिक्षालयहरुले CTEVTT ले तोकेकोभन्दा बढि भर्ना र मासिक शुल्क लिइरहेको छ । तर, लिन पाइदैन १०. निजि विद्यालयले लक डाउनको समयमा मासिक शुल्क लिन नपाउने । तर, लिइएको छ ११. सार्वजनिक यातायातमा विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत भाडा छुट गर्नुको सत्ता चर्काे भाडा र यात्रामा दुव्र्यवहार गरिरहेको जारी प्रेस विज्ञप्तीमा अखिल क्रान्तिकारी जिल्ला समिति उल्लेख गरेको छ ।

This image has an empty alt attribute; its file name is a1-745x1024.jpg


त्यस्तै, माथि उल्लेखित गतिविधिहरु विगतदेखि नै भइरहेको छ जारी प्रेस विज्ञप्तीमा अखिल क्रान्तिकारी जिल्ला समितिले उल्लेख गरेको छ । यस्ता गलत कार्यहरुको नियन्त्रण अनुगमन गर्ने निकाय मुख दर्शक भइरहेको । तर, संगठनले साविक जिल्ला शिक्षा कार्यालयसँग लिखित सहमति भएपनि हाल जसको कुनै बुढा पनि कार्यन्वयन नभएको भन्दै जिल्ला समितिले जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । ति विषयहरु कार्यन्वयनका लागि शिक्षा समन्वय इकाई र सम्बन्धित स्थानीयतह स्तरीय शिक्षा कार्यालय र विद्यालय प्रशासन प्रमुखलाई सचेत तथा खबरदारी गर्नुको साथै रचनत्मक साथ र सहयोग गरिएको हुँदा संगठनको कार्यलाई कमजोरको रुपमा लिने र यथाशिघ्र उल्लेखित शैक्षिक विकृतिहरु बन्द गरिएन भने उत्पन्न हुने कठीन परिस्थितिको जिम्मा सम्बन्धित पक्षले लिनुपर्नेछ प्रेस विज्ञप्ती मार्फत अखिल क्रान्तिकारी जिल्ला समितिले खबरदार गरेको छ ।

You may also like