खोरेत रोग उन्मुलन अभियान सम्बन्धि समन्वय गोष्ठी सम्पन्न

खोरेत रोग उन्मुलन अभियान सम्बन्धि समन्वय गोष्ठी सम्पन्न

This image has an empty alt attribute; its file name is p2-1024x768.jpg


२२ मंसिर, लिबाङ ।
रोल्पा जिल्लामा खोरेत रोग उन्मुलन अभियान सम्बन्धि समन्वय गोष्ठी आज लिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रमा सहभागी पत्रकारहरुको तर्पmबाट सामुदायिक रेडियो जलजलाका स्टेसनम्याजर देवी गुरुङ र सहभागी पशु प्राविधिकहरुको तर्फबाट लुङ्ग्री गाउँपालिका कार्यालयका पशु प्राविधिक दिल किरण के.सी.ले मनतव्य राख्नुभएको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लिबाङ रोल्पाका कार्यालय प्रमुख डाक्टर सुकई प्रसाद थारुले खोरेत रोग उन्मुलन अभियान सम्बन्धि कार्य पत्र प्रस्तु गर्नुभएको थियो ।

उहाँले अभियानको पहिलो चरणमा ठूला पशुहरुलाई खोप प्रदानका लागि ४० हजार डोजको खोप प्रदानको तयारी कार्यालयले गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘अभियानको क्रममा नियमित रुपमा जुक्काको औषधी खाएका र स्वस्थ्य ठूला पशुहरुलाई खोप प्रदान गर्न सकिन्छ । तर, जुक्काको औषधी नखुवाएका र अस्वस्थ्य ठूला पशुहरुलाई खोप प्रदान गर्न मिल्दैन । पहिलो चरण डोजको खोप आएको छ भने दोस्रो चरणको अभियानका लागि पनि ४० हजार डोजको खोप आयतको तयारी भएको छ ।’ कृषिकहरुलाई अभियान सम्बन्धि सकारात्मक धारणाको विकास लागि जिल्लामा सञ्चालित सबै सञ्चारमाध्यम, जनप्रतिनिधि, कर्मचारी लगायत सरोकरवाला निकायहरुलाई सहयोगी भूमिका लागि उहाँले अनुरोध गर्नुभयो ।

This image has an empty alt attribute; its file name is p1-1024x768.jpg

जिल्लाको दश वटा स्थानीय तहका पशु प्राविधि, विभिन्न सञ्चारमाध्यमका कार्यरत पत्रकार लगायत सरोकारवाला निकायहरुको उपस्थिति थियो । कार्यक्रम भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लिबाङ रोल्पाका कार्यालय प्रमुख डाक्टर सुकई प्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मतिलाल कवरले गर्नुभएको थियो भने स्वागत अधिकृत गिरबहादुर घर्तीमगरले गर्नुभएको थियो ।

You may also like