जीप दुर्घटना हुँदा एकको मृत्यु एक घाईते

जीप दुर्घटना हुँदा एकको मृत्यु एक घाईते


२४ असोज, लिबाङ ।
रोल्पा नगरपालिका १ नं. वडा सल्लिबोटबाट ववा खोला जाँदै गरेको लु १ च ९४९३ नम्बरको बोलेरो जीप आज दुर्घटना भएको छ ।
दुर्घटनामा जीप चालक रोल्पा नगरपालिका १ नं. वडा खेवासे निबासी २० वर्षीय गोर्वधन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । दुर्घटनामा रोल्पा नगरपालिका १ सल्लीबोट निबासी २३ वर्षीय सहचालक नविन पुन गम्भीर घाइते भएको उहाँले जानकारी दिनुभयो । घाइते पुनको उपचारका लागि रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ भने मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पु¥याइएको छ । जिप सडकबाट करिब ३० मिटर तल खसेको छ । स्थानीयका अनुसार प्रहरी र स्थानीयको सहयोगमा घटना स्थलमा उद्वार गरिएको हो ।

You may also like