बसपार्कबाट ग्रीण पार्क बन्यो टुडिखेल नगरप्रमुख केसीको कार्यकालमा

सुन्दर टुडिखेलले सबैको मन लोभाउँदै
रोल्पा समाचारदाता
लिबाङ– रोल्पा
रोल्पा समाचारदाता
२०७६ साउन ११ गते

व्यवस्थित टुडिखेल निर्माणको निम्ति विगतदेखि नै जिल्लाका सर्वदलिय राजनीतिकदल लगायत सरोकारवाला निकायहरुले नसाचेको होइन तर नगर प्रममुख पूर्ण के.सी.को सक्रियतामा बल्ल हरित टुडिखेल बनेको छ । आर्कषक टुडिखेलले आगन्तुक पाहुनाहरु लगायत स्थानीयहरुको मन लोभाएको छ ।

पहिले हेरेर १ वर्ष भित्र टुडिखेल हेरेको जो सुकैलाई पनि पत्यार लाग्दैन । तर सम्भव भयो एक वर्षको अन्तरालमा टुडिखेलको स्वरुप बदलिएको छ । सर्बदलिय समन्त्र हुँदा हिलामम्मे टुडिखेलमा साहित्यकार, पत्रकार र नागरिक समाजहरुले रचनात्मक जिल्लाका राजनीतिक दलहरुलाई दवाप नदिएका होइनन् । गाइजात्रा पनि त्यसैमा गरिएको थियो । कुनै बेला बसवार्क हिलाम्मे टुडिखेल रोल्पा नगरपालिकामा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट उमेरदवार दिएका नगर प्रमुख पूर्ण केसी र उपप्रमुख मनकुमारी पुनमगर विजयी भएपछि नगरसभाबाटै टुडिखेलको अभियानमा लागेको हो । यस कार्यलाई नगर कार्यकारी प्रमुख कमानसिंह थापा मगर र प्रमुख प्रशाशकीय अधिकृत सावित्रा पुनथापाको कार्यकालमा केही पूर्णता पाएको छ ।
यो अभियानमा गतशालको वर्षायाममा बाल कल्याण मा.वि., तारा मा.वि. बामरुक, तुलसी आ.मा.वि., होलिभिजन आ.मा.वि. ब्राइट फ्यूचर आ.मा.वि., बाल मन्दिर लिबाङ, नेपाल प्रहरी, नेपाली सेना, डिभिजन वन कार्यालय, पत्रकार, साहित्यकार सबैले टुडिखेलमा डुवो रोप्ने अभियानमा सरिक भएका छन् । यो सबैको परिश्रमले टुडिखेलको मुहार फेरिएको छ ।

विगत खुल्ला टुडिखेलमा यातायात साधन पार्किङ, भवन निर्माणका कच्चा पदार्थ, फोहोर थुप्रिनु, हिउँद समयमा धुँलै धुँलो र वर्षातको समयमा हिलाम्य हुन्थयो । टुडिखेलको व्यवस्थापनमा व्यापक प्रश्न र गुनाँसो बढेको थियो । सोही अनुसार स्थानीयतहको निर्वाचन समयमा नगर प्रमुख, उप प्रमुख उम्मेदवारहरु टुडिखेल व्यवस्थापन प्रतिवद्धता सहित चुनावी मैदानमा उत्रिएका थिए । निर्वाचित पश्चात् नगर प्रमुख पुर्ण के.सी.ले टुडिखेल व्यवस्थापनलाई विशेष प्राथमिकता दिनुभयो । नगर प्रमुख के.सी.को अभियानमा जिल्लाका सबै सरोकारवाला निकायहरुको पनि उत्तिकै सक्रिय भूमिकाले आज टुडिखेल सबैको मन लोभाउने भएको छ । नगरपालिकाकाबाट विभिन्न आर्थिक वर्षमा लाखौं लाख विनियोजिट वजेटबाट टुडिखेल घेरबार, दुबो, आकर्षक विरुवा, उन्नत जातको दुबो समेत रोपिएको छ ।

आर्थिक वर्ष २०७५÷२०७६ मा नेपाल सरकार पर्यटन बोर्ड रु दश लाख र रोल्पा नगरपालिकाबाट रु १२ लाख वजेटबाट दुडिखेलको सडक र ढल निकासको व्यवस्थापन गरिएको निमित्त योजना प्रमुख श्यालाल के.सी.ले बतानुभयो । नगर प्रमुख पुर्ण के.सी.ले टुडिखेलको थप व्यवथापनको निम्ति नगरपालिकाबाट विशेष प्राथमिकता सहित अगाडि बढ्ने बताउनुभयो । विगतमा टुडिखेल व्यवस्थापनकै निम्ति साविक जिल्ला परिषद्मा पनि टुडिखेलको विषयमा निर्णय भएका थिए तर विभिन्न कारणले निर्णय कार्यान्वय हुन सकेका थिएनन् ।
जसले टुडिखेलमा यातायातका साधनहरु पार्किङ हुन, फोहोर थु्रपिनु, भवन निर्माणमा प्रयोग हुने कच्चा पदार्थ थुप्रिनु र हिलाम्य बन्नुले टुडिखेल अव्यवस्थित बन्नुका साथै क्रुप बनेको थियो । तर अहिले यस क्षेत्रलाई चारैतिरबाट घेरबारद्वारा यातायातका साधानहरु निषेध गरिएको छ भने कुनै सभा समारोह मात्र मानव प्रवेश खुल्ला गरिएको छ ।

टुडिखेललाई दीगो विकासका लागि नीजि क्षेत्र र जनताको सहभागिता अनिवार्य छ । यसलाई टुडिखेल संरक्षण समिति निर्माण गरी सोबाट विभिन्न कार्यक्रम अगाडि बढाएमा अझै त्यसले नगरपालिकालाई नयाँ उचाईमा उठाउने छ । यो कार्यमा लाग्नका लागि आवश्यक छ ।
जसले लिबाङ बजारको एक सुन्दरता बढाएको छ । जिल्ला पहिचान बाकेको टुडिखेलको पहिचान बचाई राख्न नगरपालिका लगायत थप जिल्लाका सरोकारवाला निकायहरुको आगामी दिनमा ध्यान पु¥याउन आवश्यकता छ ।

You may also like