७७ औं श्रृङ्खला स्रष्टा चौतारी सम्पन्न

७७ औं श्रृङ्खला स्रष्टा चौतारी सम्पन्न
असोज १५ गते ।


This image has an empty alt attribute; its file name is k4-1024x768.jpg

राप्ती साहित परिषद् जिल्ला शाखा रोल्पाको आयोजनामा प्रत्येक महिनाको १५ गते सञ्चालन स्रष्टा चौतारीको ७७ औं श्रृङ्खला आज लिबाङमा सम्पन्न भएको छ । यस चौचारीले स्रष्टाहरुलाई रचना सिर्जनामा प्रोत्साहन गर्दै आएको छ ।

This image has an empty alt attribute; its file name is k2-1024x768.jpg

यस स्रष्टा चौतारीको प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पा प्रमुख राजबहादुर बुढामगर, प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगर, जिल्ला समन्वय समिति रोल्पाको सदस्य कर्मलाल परियार, जिल्ला प्रहरी कार्यालय रोल्पाको कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक नरेश सुवेदी, सशस्त्र प्रहरीको प्रहरी नायव उपरीक्षक होमनाथ भट्टराई, नेपाल लेखक संघ केन्द्रीय सदस्य दामु मर्सिफूल लगायतको अतिथ्यता थियो ।

This image has an empty alt attribute; its file name is k3.jpg

त्यस्तै, सम्पन्न स्रष्टा चौतारीमा जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राज बहादुर बुढामगरले कथा, प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना मगरले कविता, जिल्ला प्रहरी कार्यालय रोल्पाको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सुवेदीले कविता, नेपाल लेखक संघ केन्द्रीय सदस्य दामु मर्सिपूmल २ वटा कविता, राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको अध्यक्ष कविता उपाध्यायले गजल, साहित्यकार चन्द घर्तीमगरले कविता, रविन्द्र सुनार गीत, अर्चित बाबु मर्सिफुल गजल, सविन बि.क.ले गजल, नवीन बि.क.ले कविता, लोकेन्द्र सेन ‘सिम्पल कान्छा’ले कविता, सुदिप डाँगि ‘सहयात्रि क्षेत्री’ले गजल, लोक प्रसाद पोख्रेलले कविता, रामजिता बुढामगरले कविता, उषा मगर गजल, दिल कुमारी बुढामगरले गजल, राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको सदस्य तिलक संघर्ष मगरले कविता र कथा प्रस्तुत गर्नुभएको थियो । आगामी दिनको स्रष्टा चौतारीमा रचना सहित सहभागि बन्ने बाँकी सहभागितहरुले प्रतिवद्वता व्यक्त गर्नुभएको थियो ।
यस शाखाको अध्यक्ष कविता उपाध्यायले स्रष्टा चौतारीमा सहभागि स्रष्टाहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी ७८ स्रष्टा चौतारीमा पनि गरिमाय सहभागिताको लागि अनुरोध गर्नुभयो । आगामी स्रष्टा चौतारी जिल्ला समन्वय समिति रोल्पाको सूचना हलमा उपस्थिताका लागि आह्वान गर्नुभएको थियो । उहाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको सदस्य तिलक संघर्ष मगरले गर्नुभएको थियो ।

You may also like