५ नं. प्रदेशको स्थायी राजधानी भालुबाङ, नाम लुम्बिनी राख्ने प्रदेश मन्त्री परिषद्को निर्णय

५ नं. प्रदेशको स्थायी राजधानी भालुबाङ, नाम लुम्बिनी राख्ने प्रदेश मन्त्री परिषद्को निर्णय

असोज १६ गते

This image has an empty alt attribute; its file name is p7.jpg

प्रदेश सभाको निर्वाचन सम्पन्न भएको वर्षाै दिनपछि ५ नं. प्रेदशको स्थायी राजधानीको केन्द्र दाङको भालुबाङ बजार र यस प्रदेशको नाम लुम्बिनी राख्ने आजको मन्त्री परिषद्को बैठकले निर्णय गरेको छ ।
दाङको राप्ती र गढवा तथा अर्घाखाँची जिल्लाको शीतगंगा गाउँपालिका जोडिएको भाबाङ क्षेत्रमा राजधानी बनाउने निर्णय भएको हो । मन्त्री परिषद्को निर्णय लगत्तै आजै यस सम्बन्धि प्रस्ताव प्रदेश सभामा दर्ता भएको छ । प्रस्तावमा राजधानीको नाम लुम्बिनी लेखिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएल गत्तै प्रदेश सरकार नेपालको मन्त्री परिषदले यो निर्णय पारित गरेको हो । प्रदेशको स्थायी राजधानी निर्धारण नहुँदा प्रदेशबासीहरुमा निराशा पैदा भएको अवस्थामा यसले प्रदेश सरकार नेपालप्रति प्रदेशबासीको आशा बढेको छ । दोरीको दृष्टिकोणले प्रबासीहरुलाई यस स्थान उपयुक्त रहेको छ ।

You may also like