ने.क.पा निकट शिक्षक सङ्गठनद्वारा पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजनिक


रोल्पासमाचादाता
लिबाङ–रोल्पा
नेपाल कम्युनिष्ट पार्टीको भातृ सङगठन अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला कार्य समिति रोल्पाको सातौं जिल्ला सम्मेलंन पश्चात् शनिबार लिबाङमा सम्पन्न दोस्रो पूर्ण बैठकको निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्वनिक गरेको छ ।
उक्त कार्यक्रममा आर्थिक अनिमितता, शैक्षिक दलाली, शैक्षिक माफिया लगायत शिक्षा क्षेत्रका तमाम विकृति, विसङ्गति र बेथितीका विरोद्व सशक्त संघर्ष गर्ने, विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई फरक आस्था र विचारका आधारमा स्थानीयतहका जनप्रतिनिधि र विद्यालय प्रशासनबाट गरिने विभेदपूर्ण व्यवहारका विरोद्व संघर्ष गर्ने, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ, स्रोत व्यक्ति, विषय विशेषज्ञ, स्थानीयतहका प्रमुखहरुको शिक्षक छनौट समितिमा रहेको सिन्डिकेट विरोद्व संघर्ष गर्ने, शिक्षकहरुलाई लगाएका झुठ्ठा मुद्वाहरु खारेजी नगरिए संघर्ष गर्ने, शैक्षिक सँुधारका लागि स्थानीयतहबाट पूर्वाधारमा लगानी, कक्षागत तथा विषयगत शिक्षक व्यवस्थापन, शिक्षकहरुलाई प्रविधियुक्त पेशागत क्षमता विकास तालिमको व्यवस्था गरियोस्, भ्रष्ट, माफिया, दलाल, पूर्वाग्राही चरित्रका स्रोत व्यक्ति केशवराज पोख्रेल, राजेश धिताल र श्री बाल कल्याण माध्यमिक विद्यालय रोल्पा नगरपालिका–२ लिबाङ रोल्पाका प्रधानाध्यापक मधुसुधन पोख्रेल, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परिर्वतन गाउँपालिका–५ राङ्कोट रोल्पाका प्रधानाध्यापक गोपलबहादुुर के.सी.ले आफ्नो जिम्मेवारीबाट एक हप्ताभित्र राजिनामा दिएर निकासको बाटो खुला गर्नुपर्ने जस्ता महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ । सङ्गठनको निर्णयहरु सम्बन्धित निकायहरुले कार्यन्वयन नगरको अवस्थामा चरमवद्व आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलन चरकाउने अध्यक्ष प्रेमबहादुर के.सी.ले पत्रकार सम्मेलनमा उद्घोष गर्नुभयो । पत्रकार सम्मेलनमा अखिल नेपाल शिक्ष सङ्गठन केन्द्रीय सदस्य प्रेमबहादुर वली, नेपाल शिक्षक महासंघ केन्द्रीय सदस्य रमेश प्रकाश मल्लको विशेष आतिथ्यता थियो । अखिल नेपाल शिक्षक सङगठन जिल्ला कार्य समिति रोल्पाका अध्यक्ष प्रेमबहादुर के.सी.को अध्यक्षतामा सञ्चालन भएको पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन सचिव भुपबहादुर के.सी.ले गर्नुभयो ।

You may also like