चार्जरमा राखेको मोबाइल चलाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

चार्जरमा राखेको मोबाइल चलाउँदा करेन्ट लागेर एक जनाको मृत्यु
असाेज १५ गते ।

This image has an empty alt attribute; its file name is m1.jpg

रोल्पाको सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँ निबासी ४३ वर्षीय भरत नेपालीको चार्जरमा राखेको मोबाइल चलाउँदा करेन्ट लागेर आज मृत्यु भएको छ ।
मोबाइल चार्जमा राखी भिडियो हेर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीक प्यूठान लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना अधिकारी प्रहरी निरीक्षक शंकर खड्काले बताउनुभयो ।

You may also like