संघीय लोकतान्त्रिक गणन्त्रले परिकल्पना गरेको न्याय प्रदान गर्नुपर्दछ – – महान्यायाधिबक्ता अग्नी प्रसाद खरेलल

मानसिंह विश्वकर्मा
रोल्पा लिबाङ, ३० फागुन

महान्यायाधिबक्ता अग्नी प्रसाद खरेलले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेको सुन्दर अनि सभ्य समाज अनुसार न्याय सम्पादन गर्नु पर्ने बताउँदै संविधानले परिकल्पना गरेको अनसुसार पीडितलाई न्याय प्रदान गर्नुपर्ने बताउनुभो ।


उहाँले यस्तो कुरा सरकारी वकिल कार्यालय रोल्पाको भवन निर्मित भवनको उद्घाटन गर्ने क्रममा रोल्पाको लिबाङमा बताउनुभएको हो । प्रमुख अतिथि महान्यायाधिबक्ता खरेले भन्नुभयो ः–“जवसम्म समाज रहन्छ तवसम्म केही न केही अपराध भइरहेको हुन्छ त्यही अपराधबाट पीडितहरुलाई न्याय प्रदान  गर्नुपर्दछ,  भवन राम्रो भएर हुँदैन, सुन्दर भवनभन्दा बढी सुन्दर तरिकाले पीडिलाई न्याय प्रदान गर्नुपर्दछ त्यसले मात्रै जनतालाई न्यायपालिका आफ्नो भएको महसुस हुन्छ हामी सबैले सभ्य समाज निर्माणको लागि जिम्मेवार बन्नुपर्दछ । ”
प्रमुख अतिथि महान्यायाधिबक्ता अग्नी प्रसाद खरलेले संविधान निर्वाचन पश्चात नेपालमा तीनतहको निर्वाचनपछि तीनतहको सरकारबाट नेपालमा काम भइरहेको बताउँदै भन्नुभयो ः–“ हाम्रो माझमा विगतमा स्थानीय निकाय थियो, आज तीन तह सरकारले जनतालाई सेवा प्रदान गरिरहेको छ । नेपालको सुन्दर पक्ष अब प्रदेश सरकार र प्रदेशतहबाट सेवा प्रदान भइरहेको छ । अब यो मूलकको संविधान अनुसार सबैलाई सहज सेवा प्रदान गर्नु नै हो । यसरी नै अगाडि बढ्नु पर्दछ । ” कहि कतै विरोधका आवाजहरुलाई पनि सम्वोधन गरेर अगाडि बढ्नु पर्नेमा धारणा राख्नुभयो ।

भाद्र १ गते देखि लागु भएको देवानी आचार संहिता लगायत अन्य सबै कानूनको जानकारी गराउने सबैको लक्ष्य हुनपर्ने बताउँदै त्यसका लागि सबै तह, सरोकारवाला निकायको दायित्व भएको बताउनुभयो ।
खरेलले आफैले घटना घटाएको स्वीकार गरेर आएमा अपराध अनुसन्धानमा सहयोग गरेमा कानूनमा सजाय सजाय छुटको व्यवस्था भएकोमा यसलाई कार्यन्वयन नगरेमा सम्बन्धित सरोकारवालाहरुलाई ध्यान दिन निर्देशन गर्नुभयो । खरले भन्नुभयोः–“ आफैले स्वीकार गरेर आएमा प्रहरी, सकारी वकिल र अन्य वकिलहरुलाई पनि सहज भयो नि, अनि प्रमाण खोज्न महिनौँ दिन र वर्षाै दिन लाग्दथ्यो तर त्यससालई सहज गरायो भने अपराध अनुसन्धानमा सहयोग गरेमा सजाय छुटको व्यवस्था दिदाँ राज्यलाई फाइदा हुन्छ त्यस प्रति सबै सचेत बनि कार्यन्वयन गर्न अनुरोध गर्दछु ।


उहाँले सभ्य समाजमा निर्माणमा कानुन र अनुसन्धानलाई पनि सभ्य बनाउनु पर्ने धारणा राख्नदै मानिसलाई कानूनी कारवाही गर्नुपर्ने बताउँदै डर, यातताबाट उसलाई स्वीकार गर्न लगाउने प्रवित्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
नेपालको अनुसन्धानको प्रणालीमा सुधार गर्नुपर्ने बताउँदै भन्नुभयोः–“हामीले केही संका पाउँदा वित्तिकै उसलाई चहार्ने प्रविृति छ त्यसलाई त्यस भन्दा पनि अब पूर्ण रुपमा प्रमाणको आधारमा उसलाई अनुसन्धानको प्रक्रियामा लिएर कानूनी उपचार गर्नु पर्दछ ।”
रोल्पामा पहिलो पटक आउनुभएका महान्यायाधिबक्ता अग्नी प्रसाद खरेलले रोल्पा जिल्लाका आम नागरिकलाई सुन्दर, जिम्मेवारी पूर्ण तरिकाले पीडितलाई न्याय दिनका लागि अनुरोध गर्दै भवन निर्माणका लागि सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, रोल्पा जिल्ला अदालतका न्यायधीश रमेश प्रसाद ज्ञावली, प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम.सी. लगायतेले शुभकामना मनतव्य राख्नुभएको थियो ।  शुभकामना मनतव्यको क्रममा रोल्पा जिल्ला विगतको जस्तो नभएर शान्तिपूर्ण रुपमा न्याय पाइरहेको बताउँदै यसलाई अझै सेवालाई पीडित मैत्री बनाउनको लागि अपेक्षा समेत गरेका छन् ।
रोल्पा जिल्ला सरकारी वकिल कार्यालय रोल्पा जिल्लाको सदरमुकाममा रोल्पा नगरपालिका वडा न.ंं ४ मा ६०१, ६०२ र १०३० को कित्ता नंं. मा ९३९.४० वर्गमिटर मिटर क्षेत्रफलमा १८२.५२ वर्गमिटरको भवन निर्माण गरिएको छ । रोल्पा जिल्लामा नै राम्रो सबैभन्दा उष्कृष्ट भवन मानिएको यस सरकारी वकिल काार्यलय कार्यालयको २०७३ साल बैशाख २९ गते भवन निर्माणका लागि बोलपत्र गरिएको र २०७३ साल असार २६ गते श्री हरीहरी निर्माण सेवा प्रा.ली. विचमा सम्झौता गरेको थियो । २ करोड ४६ लाख २३ हजार ७१२।९५ रुपैयाँमा ३०७५ साल असार ३० भित्र निर्माण गरि सक्नु पर्ने गरी निर्माण प्रा.ली.का प्रतिनिधी बसन्तराज शर्माले समयभित्र नै निर्माण सक्नु भएको थियो । भुइतलामा कार्यालय, शौचालय सहित थुनुवा, पीडित मैत्री, सुरक्षा गार्ड, सूचना मैत्री गरी ५ कोठा शौचालय र बाथरुम रहेको छ । यसैगरी  पहिलो तलामा  तलामा कार्यालय प्रमुख, वयान कक्ष, स्टोर, लेखा गरी ६ कोठा राखिएको छ । दोस्रो तलामा  कार्यालय प्रमुख निवास, अतिथि निवास लगायतको ४ वटा कोठा रहेको निमित्त जिल्ला न्यायधिबक्ता केदारनाथ उपाध्यायले बताउनुभयो ।
कार्यक्रममा निबृति कार्यालय सहयोगी नरबहादुर गुरुङलाई विदाई समेत गरिएको थियो भने राम्रो कार्य सम्पाद गरेका इश्वरीराज उपाध्यायलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा महान्यायाधिबक्ता अग्नी प्रसाद खरेलका धर्मपत्नि समित्रा कडरिया, पूर्व सांसद लेखनाथ आचार्य लगायत जिल्लाका सरोकारवाला निकायको प्रमुख तथा प्रतिनिधी, पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम नायब महान्यायाधिबक्ता खगराज पौडेलको अध्यक्षतामा भएको थियो भने सञ्चालन निशा कुशम पौडेलले सञ्चालन गर्नुभयो ।

You may also like