साझा विद्यार्थी मञ्च जलजला बहुमुखी क्याम्पसले सहिद दिवस मनायो

साझा विद्यार्थी मञ्च जलजला बहुमुखी क्याम्पसले सहिद दिवस मनायो
माघ १६ गते
लिबाङ, रोल्पा

This image has an empty alt attribute; its file name is a6.jpg


जलजला बहुमुखी क्याम्प स्थित साझा विद्यार्थी मञ्चले शहीद दिवसको अवसरमा ‘शहीदको सम्मान’ विषयक खुल्ला वक्तृत्वकला र खुल्ला पुरुष र महिला व्याडमिन्टन प्रयोग आयोजना गरी दिवश मनाएको छ । पछिल्लो समयमा शहीद दिवस सरोकारवाला निकायहरुको नजरमा पर्न नसकेको छैन ।
यस जलजला बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख विष्णु आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्तृत्वकला प्रतियोगितामा आठ जना, पुरुषतर्फको खुला व्याडमिन्टन प्रतियोगितामा सात समूह र महिलातर्फको पाँच समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई आगामी शुक्रबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरिने मञ्चका सचिव झुपलाल डाँगीले जानकारी बताउनुभयो । वक्तित्वकला प्रतियोगिताको निर्णयक मण्डलमा कृष्ण प्रसाद न्यौपाने, दिपेन्द्र शर्मा र प्रेमप्रकाश आचार्य रहनु भएको थियो भने समीक्षकमा अतिरिक्त क्रियाकलापको संयोजक दामु मर्सिफूल रहनु भएको थियो । साझा विद्यार्थी मञ्चको अध्यक्ष योगेन्द्र अनुपम जि.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चको प्रवक्ता विष्णु बगर माझीले गर्नुभएको थियो भने सहसचिव उर्मिला घर्तीमगरको स्वागत गर्नुभएको थियो ।
साथै मञ्चको आयोजनामा दश वर्ष सशस्त्र द्वन्द्वको समयमा राज्य र विद्राही पक्षबाट मारिएका ९६९ जना र ३३ जना वेपत्ता पारिएका व्यक्तिहरुको स्मृतिमा बनाएको शान्ति स्मारकमा सोही दिन साझ दीप प्रज्वलन गरी समेत गरेको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको पहिलो कार्यकाल अध्यक्ष मानसिंह विश्वकर्माको प्रमुख अतिथ्यतामा मञ्चले दीप प्रज्वलन गरेको हो । प्रमसख अतिथि विश्वकर्माले राज्य व्यवस्था परिवर्तनमा जीवन वलिदान गर्नु हुने महान शहीदहरुप्रति भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दै घाइते, अपाङ्गहरुको सु–स्वास्थ्यको कामना व्यक्त गर्नुभयो । राज्य व्यवस्था परिवर्तनका लागि विभिन्न आन्दोलनहरुमा वेपत्ता पारिएकाको अनुसन्धान गरी अवस्था सार्वजनिक गर्नुपर्ने राज्य दायित्व अझै पनि पूरा नगरेको भन्दै उहाँले आक्रोस व्यक्त गर्नुभयो । उहाँले शहीदहरुको योगदानबाट नै हामी आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको व्यवस्थामा आएको बताउनुभयो । महान शहीदहरुको बलिदान र आम नेपाली नागरिकको योगदानबाट परिवर्तनका उपलब्धिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा संस्थागत गर्दै कार्यन्वयनको चरमा नै संविधानको मर्म विपरित प्रतिनिधिसभा विघटन भएकोले अब संविधानको रक्षका लागि नेपाली नागरिकको काँधमा जिम्मेवारी आएको बताउनुभयो । मञ्चको अध्यक्ष योगेन्द्र अनुपम जि.सी.ले दीप प्रज्वलन कार्यक्रममा सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

You may also like