लुंग्री खोलाको छिर्ने पुल सम्झौता समय भन्दा ४ महिना अघि नै निर्माण भएपछि सबै खुशी


मानसिंह विश्वकर्मा
जेठ ४ रोल्पा

This image has an empty alt attribute; its file name is pull.jpg


पूर्वी रोल्पाको सुलिचौर नजिकै रहेको छिर्ने खोलामा मोटरेबल पक्की पुल निर्माण भएको छ । सो पुल निर्माण भएपछि पूर्वी रोल्पाको प्रमुख व्यापारिक केन्द्र सुलिचौरमा आवत जावत गर्नका लागि कोइरालखर्कदेखि प्यूठानसम्मका जनतालाई सहज भएको छ ।
सो माटरेवल पक्कि पुल निर्माण नहुँदा कोइराल खर्क र प्यूठानसम्मका जनताहरुलाई निकै साँस्ती मात्रै भएको थिएन कि बर्षातको याममा बाटो नै बन्द हुने गरी सवारी साधानहरु जान सक्दैनन् थिए । मानिसहरु मात्रै झोलंगे पुलबाट आवात जावत गर्ने गर्दथ्ये । त्यही समस्यालाई हल गर्नका लागि रोल्पाका जनप्रतिनधीहरुले ध्यान दिएपनि निर्माण कार्य गरिने भएको थियो । स्थानीयबासीको मागलाई सम्वोधन गर्नका लागि नेताहरु अगाडि बढाई दिनका लागि प्यूठान सडक विभिजन कार्यालय प्यूठान रोल्पालाई माग राखेका थिए । ५० मिटर लम्बाई र ६ मिटर चौडाई भएको सो पुल २०७६÷०५÷२० गते सम्झौता गरि २०७८÷०५÷११ गते सम्पन्न गर्ने गरि निर्माण कार्य सुरु गरिएको थियो । साबिक मिझिङ्ग ७ र ९ (हाल सुनिल स्मृति गा.पा वडा नम्बर ४ ) मा पर्ने लुङ्री खोलामा निर्मित सुलिचौर छिर्ने कोइरालखर्क जोड्ने मोटरेबल पुल सम्पन्न गर्नु पर्ने भएपनि सम्झौता मिति भन्दा करिब ४ महिना अगाडि सम्पन्न निर्माण व्यवसायीले गरेका छन् । सम्झौता मिति भन्दा अगाडि बनै पुल निर्माण भएपछि स्थानीयबासी र सरोकारवालाहरु खुशी बनेका छन् ।
रोल्पा जिल्लामा निर्माण कार्य तिव्र रुपम गर्दै सम्झौता मिति भन्दा अगाडि गर्दै जनतालाई सेवा प्रदान गर्दै आई रहेको निर्मााण व्यवावसी ब्कष्बतष्अ च्बवदष्च ब्बलकजग जेवीका प्रतिनिधी राज बिर घर्ति र जनक खड्काले जिम्मेवारी लिनुभएको थियो । सो पुल निर्माणका लागि भ्याट सहित ६ करोड ४२ लाख ६३७६ धेरै धेरै धन्यबाद्।यस सडक डिभिजन कार्यालय प्यूठानले धन्यवाद दिएको छ ।
यस्तै निवर्तमान ऊर्जा मन्त्री वर्षमान पुनमगरले पनि निर्माणको कार्यमा सकरात्मक काम गरी अगाडि बढेकोले निर्माण व्यावसायी जनक खड्का र राजवीर घर्तीमगरलाई धन्यवाद दिनुभएको छ । ‘हामीलाई माडी खोला पुलको अर्काे ठेकेदारले हैरान बनाएको थिए, उहाँहरुलाई जिम्मेवारी दिएपछि समयमै सम्पन्न गरि दिनुभयो यस्तै निर्माणको काम सम्पनन गर्नका लागि शुभकामना, छ । ”
यस्तै सो पुल निर्माणको पहल कर्ता एवं पूर्वी क्षेत्र नं. १ का प्रदेश सभासदस्य एवं निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले शिलेन्यास गर्नभएको थियो । उहाँले शिलेन्यासको बेलामा सम्झौता मिति भन्दा अगाडि नै निर्माण गरी जनतालाई सेवा दिने कुरामा आफू विश्वस्त रहेको बताउनुभएको थियो । उहाँले सो पुल निर्माण भएपछि अब जनतालाई राहत पुगेको बताउनुभयो । यसै सडकबाट प्यूठान जिल्ला जान पनि सजिलो भएको र आफ्ना वडावासीको पनि आवतजातमा सहज भएकोले गर्दा सबैमा सुनिलस्मृति गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष गञ्जबहादुर क्षेत्रीले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
मानिसको इच्छा शक्ति भएमा असम्भव भन्ने कुरा के हुन्छ र ? समयमै कार्य सम्पन्न भएको छ । त्यसैले रोल्पा जिल्लाको निर्माणको क्षेत्रमा राजविर घर्ती र जनक खड्काको नाम सच्चा निर्माण व्यावसायीको नामले चिनिएका छन् । रोल्पा जिल्लाको माडी खोला पुल, लुंग्री पुल, निर्माण भइसकेका छन् भने धाङ्सी र खोला निर्माण कार्य जारी रहेको छ । अब त्यो पनि निर्माणको सयम भन्दा अगाडि नै निर्माण हुने कुरामा विश्वस्त रहेका छन् ।

You may also like