लुङ्ग्री गाउँपालिका ७ नं. वडा अध्यक्ष रोका मगरको शोक सभा

लुङ्ग्री गाउँपालिका ७ नं. वडा अध्यक्ष रोका मगरको शोक सभा

चैत्र २८ गते

लिबाङ–रोल्पा

रोल्पा, लुङ्ग्री गाउँपालिका ७ नं. वडा अध्यक्ष कर्ण बहादुर रोकामगरको शनिबार शोक सभा सम्पन्न भएको छ । शोक सभाको प्रमुख अतिथिमा लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुन मगरले देश र जनताको हितमा लड्दा लड्दै उहाँको निधन भएको बताउनुभयो । देशमा रहेको राजतन्त्र विरोद्वमा सञ्चालित दश वर्षे जनयुद्धमा होमिइएर संघीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था ल्याउन उहाँको अमूल्य योगदानलाई भुल्न नहुने धारणा व्यक्त गर्नुभयो । राज्य व्यवस्था परिवर्तनमा अमूल्य योगदान पु¥याउनु हुने महान योद्वको आकस्मिक निधनले पार्टीलाई क्षति पु¥याएको प्रमुख अतिथि पुनमगरको भनाइ छ । राज्य व्यवस्था परिवर्तनमा गौरवपूर्ण पार्टी नेकपा माओवादी केन्द्रलाई साथ दिनुहुने महान योद्वा रोका मगरको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माले स्वर्गमा बास मिलोस् भन्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि उप राष्ट्रिपति नन्द बहादुर पुनको भाषा विज्ञ बाबुलाल पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका सदस्य मिना पुनमगर, लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्का, उपाध्यक्ष भिमकला बुढाथोकी, नेकपा माओवादी केन्द्र लुङ्ग्री गाउँपालिका कमिटी अध्यक्ष तुलराम खड्का, नेकपा माओवाद केन्द्र सुनिलस्मृति गाउँपालिका कमिटी अध्यक्ष मनिराम बुढाथोकी, सुनछहरि गाउँपालिका ४ नं. वडा अध्यक्ष खड्क बहादुर घर्तीमगर, लुङ्ग्री गाउँपालिा ३ नं. वडा अध्यक्ष नेम बहादुर खड्का, सोही गाउँपालिकाको ४ नं. वडा अध्यक्ष शिव प्रसाद के.सी, ५ नं. वडा अध्यक्ष, ६ नं. वडा अध्यक्ष याम बहादुर विष्ट, नेकपा माओवाद केन्द्र रोल्पा जिल्ला कमिटी सदस्य रमेश बुढामगर लगायतको आतिथ्यता थियो । वडा अध्यक्ष कर्ण बहादुर रोकामगर २०१२ साल फागुनको १ गते जन्मुभएको थियो भने यस महिनाको २३ गते हार्जङको सालमजा भन्ने ठाउँबाट जग्गाको झगडा मिलाएर घर फर्किने क्रममा मुनाखोलामा भिरबाट लडेर निधन भएको थियो । कार्यक्रममा पार्टीको नेता तथा कार्यकताहरु सहित शुभेच्छुकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पार्टीको नेता तथा कार्यकताहरु सहित शुभेच्छुकहरुको सहभागिता रहेको थियो । नेपाल माओवादी केन्द्र लुङ्ग्री गाउँपालिका ७ नंं. वडा कमिटीको अध्यक्ष भिम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न शोक सभाको सञ्चालन वाईसेल नेपाल लुङ्ग्री गाउँपालिका संयोजक गोविन्द पुनमगरले गर्नुभएको थियो ।

You may also like