दाहालको निधनपछि सभामुख ओनसरी घर्तीमगर र नेता अनन्त रोल्पाबाट काठमाण्डौँ

मानसिंह बिक
मंसिर ३ रोल्पा
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमद दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको निधनको खवरले पाएपछि निर्वमान समामुख ओनसरी घर्तीमगर र माओवादी केन्द्रका वरिष्ठ नेता वर्षमान पुनमगर रोल्पाबाट काठमाण्डौँ उडान हुनुभएको छ ।
विहानै खवर पाएपछि ऐभेरेष्ट हिलिकप्टरबाट उडान हुनुभएको छ । चुनाव प्रचार–प्रचारको क्रममा रोल्पा आउनु भएको बेलामा एक्कासी दाहालको निधनको खवर पाएपछि शोकाकुल हुँदै श्रद्धाञ्जली दिनका लागि विहान काठमाण्डौँ उडान हुनुभएको हो ।

विहान ११ बजे खड्क दल गण लिबाङ रोल्पाबाट उडान हुनु भएको हो ।
सभामुख ओनसरी घर्तीमगरले प्रकाश दाहालको निधनले आफूलाई निकै शोकाकुल बनाएको बताउनुभयो । उहाँले नेपाली परिवर्तनको आन्दोलनमा प्रकाशको भूमिका महत्पवूर्ण रहेको बताउँदै नेपाली राजनीतिमा प्रकाशको भूमिकाले देशको आमूल परिवर्तनको आन्दोलन र पूर्व प्रधानमन्त्रीलाई प्रचण्डलाई नजिकबाट सहयोग गरेको समेत उल्लेख गर्नुभयो ।
यस्तै नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनमगर पार्टीका नेता तथा अध्यक्षको पुत्र प्रकाशको निधनले सिंगो मुक्तिको आन्दोलनमा क्षति भएको बताउनुभयो । काठमाण्डौँ गएर श्रद्धाञ्जली व्यक्त गर्न तथा मृत्युको यतार्थ जानकारी लिनका लागि समेत काठमाण्डौँ उडान भएको बताउनुभयो ।
सभामुख घर्तीमगर र माओवादी नेता पुनमगर आज काठमाण्डाँै पुगेर श्रद्धाञ्जली दिएर भोली फेरी रोल्पा फर्किएर चुनावी अभियानलाई तीव्रता दिने पुनमगरले बताउनुभयो । साथै पुनमगरले माओवादी केन्द्रका नेता प्रकाश दाहालको निधनमा एक दिन चुनावी अभियानलाई रोकेर शोक मनाउन सकिने संकेत दिनुभएको छ । सो टोलीसँग उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगर, अखिल क्रान्तिकारी उपाध्यक्ष दिपेश पुनमगर लगायतको टोली पनि फर्किएको छ ।

You may also like