रोल्पा कराँते डो संघ रोल्पाको अगुवाइ लिबाङ बजार सरसफाइ
कार्तिक १ गते
लिबाङ–रोल्पा

रोल्पा कराँते डो संघ रोल्पाको अगुवाइमा लिबाङ बजार आज सरसफाइ कार्य सम्पन्न भएको छ । प्लाष्टि लगायत अन्य फोहोर जन्य वस्तुले फोहोर बनेको लिबाङ बजार यस सरसफाइ कार्यले सफा भएको छ ।
यस संघको अध्यक्ष मोलङ घर्तीमगर, संघको सिनियर खेलाडीहरुको निर्णय अनुसार लिबाङ बजारको विभिन्न ठाउँहरु कभर्ड हल, शिवालय मन्दिरको माथिल्लो खण्डको बाटो, सुर्खेती डाँडा, सातताले खोला, बीच बजार, टुडिखेल क्षेत्रमा नेपाल प्रहरी, संघको खेलाडी, अन्य खेलाडी, बजारबासी लगायतका सरोकारवाला निकायहरुको उपस्थितिमा बजार सरसफाइ कार्य सम्पन्न भएको खेलाडी यमुना घर्तीमगरले बताउनुभयो ।

महिनौं दिनपछि जारी लक डाउन खुलेपछि प्लाष्टिक सहित अन्य फोहोर जन्य वस्तुहरुले बजार क्षेत्र क्रुप बनेको समयमा संघको अगुवाइमा बजार सरसफाइ कार्यले बजार क्षेत्र सफा बनेको छ । बजार सरसफाइ कार्यमा सहभागिहरुलाई विस्कुट रोल्पा यातायात प्रा.ली.कर्मचारी पृथ्वी घर्तीमगर र पाण्डेश्वरी यातायाता प्रा.ली. इञ्चार्ज तिलक के.सी र चिया दिपक बि.क.ले गर्नुभएको थियो भने सरसफाइका लागि ग्लोब १ सय थान यस संघको जिल्ला अध्यक्ष मोलङ घर्तीमगरले गर्नुभएको थियो । आगामी दिनमा संघको अगुवाइमा प्रत्येक महिनाको अन्तिम शनिबार लिबाङ बजार सरसफाइ कार्य योजना संघले तय गरेको सिनियर खेलाडी कृष्ण घर्तीमगरले जानकारी दिनुभयो । बजार क्षेत्र सरफाइ कार्यमा सहभागिहरुलाई संघको जिल्ला अध्यक्ष मोलङ घर्तीमगरले बधाई सहित आगामि दिनमा संघको अगुवाइमा आयोजित बजार सरसफाइ कार्यमा सक्रिय सहभागिताका लागि खेलाडी, बजारबसी लगायतका सरोकारवाला निकायहरुलाई अनुरोध गर्नुभयो ।











