वैदेशिक रोजगारबाट घर फर्किका मदन गिरीले कुखुरा व्यवसायी सञ्चालन गर्दै

वैदेशिक रोजगारी फर्किएर कुखुरा व्यवसायी सञ्चालन गर्दै
चन्द्र रोकामगर
असोज १४ गते (सुलिचौर–रोल्पा)


This image has an empty alt attribute; its file name is c4-724x1024.jpg

रोल्पा, लुङ्ग्री गाउँपालिका–५ चोभाङ निबासी मदन गिरी सात वर्ष वैदेशिक रोजगारीबाट घर फर्किएर कुखुरा पालन व्यवसायी सञ्चालन गर्नुभएको छ । उहाँले वैदेशिक रोजगारीमा सिकेका सीप र रकमको आफ्नै ठाउँमा सदुपयोग गर्नुभएको छ ।
उहाँ आजभन्दा ७ वर्ष पहिले कतार जानुभएको थियो । रोजगारको सिलसिलामा अनि त्यहाँबाट २ वर्ष बसाई सकेर गाउँ आफ्नो गाउँ फर्किनुभयो । घरमै एक वर्ष बसाइपछि पुनः उहाँ वैदेशिक रोजगारको क्रममा साउदी अरब पुग्नुभयो । वर्षाैसम्म वैदेशिक रोजगारीबाट उहाँ केही समय अघाडि स्वदेश फर्किनुभयो । उहाँ वैदेशिक रोजगारबाट घर फर्किएपछि व्यवसायी सञ्चालनका लागि धेरै अध्ययन अवलोकन गर्नुभएको थियो । सुनिलस्मृति गाउँपालिका–२ नं. खुंग्रीमा नारायणी पोल्टी फर्म सञ्चालन गर्नुभएको छ ।

This image has an empty alt attribute; its file name is c2-1-1024x576.jpg

उहाँ अहिले आफ्नो फर्ममा ६ हजार बोइलर कुखुरा पालनु भएको छ ।
उहाँले फर्मबाट उत्पादित कुखुरालाई छिमेकी जिल्ला प्यूठानको भिंग्री, सुलिचौर बजार अनि लुङग्री गाउँपालिका प्रमुख बजार केन्द्रमा खपत गर्ने योजना तय गर्नुभएको छ । साथै यस फर्मबाट बोइलर कुखुराको चल्ला उत्पादन (हयाचरि) गर्ने योजना थियो । तर, कोरोनाको कारणले आवश्यक सामनहरु आयत नहुँदा चल्ला उत्पानमा समस्या भएको गुनासो उहाँले व्यक्त गर्नुभयो । अहिले उहाँले वैदेशिक रोजगारको आम्दानीबाट करीव रु १ करोड लगानीमा बोइलर फर्म सञ्चालन गर्नुभएको छ । यस र्फममा २ जनालाई समेट रोजगारको व्यवस्था गरको उहाँले बताउनुभयो । आफ्नै देशमा स्वरोगारी तथा रोजागरी सञ्चालन गरौ भन्ने भावना त सबैलाई हुन्छ । तर, नेपालमा भने जस्तो रोजगारको वातारण नहुँदा धेरै नेपालीहरु वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता छ । तर, कोभिड–१९ को कारण धेरै नेपालीहरु वैदेशिक रोजगारीमा जानबाट बञ्चित बन्नु पर्ने अवस्था छ । वैदेशिक रोजगारको सीप र रकमको सदुपयोग गरेको केही मात्र छन् । यसको एक उदाहरण मदन गिरी बन्नुभएको छ । यस्ता व्यवसायिहरुलाई स्थानीयतहर वडा कार्यालयले ध्यान दिएमा व्यवसायी सञ्चालनमा थप प्रोत्साहन मिल्नेछ ।

You may also like