विप्लवको आदेश पाएपछि रोल्पामा हिसात्मक बन्दै नेकपाको कार्यक्रम नेकपा बन्दले रोल्पा सुनसान

मानसिंह बिक
रोल्पा २७ कात्तिक लिबाङ
आगामी मंसिर १० गते सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको खारेजीको अभियानमा लागेको नेकपाले आज रोल्पा बन्द गरेको छ । बन्दले यातायात, पसलहरु सबै बन्द रहेको छ ।
चुनावको खारेजीको अभिायनमा लिइ रोल्पा जिल्लामा चुनावलाई खारेजी गर्नका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको थियो । थबाङमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आएर रोल्पा जिल्लामा स्थानीयतहको निर्वाचनमा रोल्पाले केही कमजारी गरेको समिक्षा सहित प्रतिनिधि र प्रदेशसभाको चुनावलाईलाई खारेजी गरी इतिहासमा फेरी कृतिमान कायम गर्नका लागि आदेश दिएपछि नेकपाका कार्यकर्ताहरुले जिल्ला व्यापीरुपमा खारेजीको अभियानमा लागेका थिए । सोही क्रममा रोल्पा जिल्लाका विभिन्न गाउँहरुमा कार्यक्रम गर्दै गर्दा नेकपाका जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृती’ र जिल्ला सेक्रटरी सन्तोस सुवेदी ‘प्रयास’ सहित २ जनालाई २२ गते दिउसो प्रहरीले नियन्त्रणमा लिएको थियो । आफ्ना नेता कार्यकर्तालाई विना शर्त रिहाई र जिल्लाभरी गरिरहेको शान्तिपूर्ण कार्यक्रममा सुरक्षा निकायले दमन गरेको भन्दै १ दिने जिल्ला बन्दको आयोजना गरिएको नेकपाले बताएको छ ।
नेकपाले २५ गते विहान बाम गठबन्धनका प्रतिनिधि सभाका उमेद्वार एवं माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनमगर‘ अनन्त’ र प्रदेशसभाका निर्वाचन सदस्यका उमेद्वार दिपेन्द्रकुमार पुनमगर ‘सिजल’लाई लक्षित गरी माडी गाउँपालिका १ भिताबाङमा बम विस्फोटन र इरिबाङमा गोलि प्रहार रोल्पा निर्वाचन क्षेत्र १ का कुलप्रसाद केसीलाई लक्षित गरी जैमाकसलाको नारबाङ, गाम लगायतका स्थानमा आक्रमण गरेपछि हिंसात्मक बन्दै गएको सुरक्षा निकायले बताएको छ ।
शुरक्षा निकायले भने नेकपाको कार्यक्रम शान्तिपूर्ण भन्दा पनि विध्वंशकारी र गैर राजनीति प्रवृति भएको भन्दै हिसांत्मक बन्दै गरेकोले गर्दा नै नेताहरु पक्रिनु पर्ने बताएको छ । पक्राउन परेका इन्चार्ज र सेक्रटरी एवं अन्य २ जनालाई सार्वजनिक अपराधको मुद्धा चलाउनको लागि तयारी भइरहेको समेत बताएको छ ।
यसरी नेकपाले चुनाव खारेजी अभियानसँगै माओवादी केन्द्रका नेता तथा कार्यकर्तामाथी आक्रमण गरिरहेको छ । रोल्पा जिल्लामा अन्य राजनीतिक दलहरु पनि प्रचार प्रशारमा लागेका छन् । तर तिनीमाथी कुनै पनि घटना नहुनुले त्यसैले उसको निसाना निर्वाचन की माओवादी केन्द्रका नेता तथा कार्यकर्ता हुन् भन्ने विषयमा रोल्पालीहरु फेरी आश्चार्य बनेका छन् ।

You may also like