“शहीदहरुको बलिदानबाट मात्रै परिवर्तन भएको हो ” — केन्द्रीय सदस्य सिजल


रोल्पा समाचारदाता
पुष ८ गते मनिमारे जिनाबाङ

This image has an empty alt attribute; its file name is sijal-manimr-999-1.jpg


नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य दीपेन्द्र कुमार पुनमगरले शहीदहरुको बलिदानकै योगदानले गर्दा संघीय लोकतान्त्रिक प्राप्त भएको बताउँदै शहीदहरु सधै अमर रहने बताउनुभयो । उहाँले यस्तो विचार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जनतासँग विशेष रुपान्तरण अभियान गंगादेव गाउँपालिकाद्वारा आयोजित शहीद परिवार सम्मान कार्यक्रममा जिनाबाङको मनिमारेमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै आइतबार बताउनुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ले माओवादी आन्दोलनमा शहीदहरुको रगतबाट प्राप्त उपलब्धीको रक्षाका लागि आम शहीद परिवार र माओवादी आन्दोलनका सहभागी र आम जनता लाग्नु पर्ने बताउनुभयो । उहाँले शहीदहरुलाई नेपाल सरकारले शहीदहरुलाई सम्मानका साथ घोषणा गरेको कारणले गर्दा नै नेपाल सरकारलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
उहाँले नेपालको परिवर्तकारी आन्दोलनले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र आएकोले गर्दा शहीदहरुको योगदानलाई आगामी पुष्तालाई समेत स्थापित गर्ने जिम्मेवारी हाम्रो भएको बताउननुभयो । उहाँले माओवादी जनयुद्ध नभएको भए शोषित पीडितहरुको मुक्ति नहुने बताउनुभयो ।
उहाँले गंगादेव गाउँपालिकाका अध्यक्ष हरीबहादुर पुनमगरले शहीदहरु भुत, मसानहुन् भन्ने भनाई प्रति सार्वजनिक पदमा रहेको मानिसले त्यसो भन्ने विडम्बना भएको बताउँदै भन्न नमिल्ने बताउनुभो ।
लुम्बिनी प्रदेश सभा सदस्य समेत रहनुभएको आफ्नै पहलमा मनिमारे शहीदहरुको शालिन निर्माण लगायत युद्ध पर्यटनको संरचना र कृषि स्मार्टबाट नमूना योग्य बनाउनको लागि पहल गएिको बताउनुभो । अझै पनि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समितिका प्रमुख सीता आचार्य, नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) बैकल्पिक केन्द्रीय सदस्य एवं शहीद परिवार समाज रोल्पाका अध्यक्ष आशबहादुर पुनमगर, नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) का बैकल्पिक केन्द्रीय सदस्य भास्कर, नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र)का बैठक नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष विरबहादुर खत्री, नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) केन्द्रका प्रदस समिति सदस्य एवं शहीद सुनिलको जीवन संगीनी बागमति थापा क्षेत्रीनी, नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) नरसिंह राना, रीता घर्तीमगर, प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश समिति सदस्य एवं प्रदेश समिति सदस्य मानसिंह विश्वकर्मा, प्रेस सेन्टरका केन्द्रीय सदस्य नविन लोचन मगर, होमस्टेका प्रदेश समिति उपाध्यक्ष बालकुराम पुनमगर लगायतको आतिथ्यिता रहेको थियो ।
कार्यक्रम जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा गंगादेव गाउँपालिका संयोजक नन्दबहादुर पुनमगरको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव भरत वलीले गर्नुभएको थियो । कार्यक्रमको सामुदायिक रेडियो जलजलाबाट प्रतक्ष्य प्रशारण समेत गरिएको थियो ।

You may also like