आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय कुल प्रसाद के.सी.द्वारा जनयुद्व संग्रहालयको प्रवेशद्वार उद्घाटन

 

आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय कुल प्रसाद के.सी.द्वारा जनयुद्व संग्रहालयको प्रवेशद्वार उद्घाटन
साउन २० गते
लिबाङ–रोल्पा

५ नं. प्रदेश नेपाल सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद के.सी.द्वारा जनमुक्ति सेना नेपाल पाँचौ डिभिजन अन्तर्गत ज्वार स्मृति विग्रेडको अस्थायी ब्यारेक त्रिवेणी गाउँपालिका–७ तिला गैरीगाउँ रोल्पामा निर्माधिन जनयुद्व स्मृति राष्ट्रिय संग्रहालयको प्रवेशद्वार सोमबार उद्घाटन गर्नुभएको छ । पर्यटन क्षेत्रको विकासमा यस संग्रहालयले थप सहयोग पुग्ने भएको छ ।

उहाँले संग्रहालयको उद्घाटन गर्दै भन्नुभयो,‘जनयुद्वको सबै ऐतिहासिक पक्षहरु नष्ट हुन्छन् कि भन्ने मलाई चिन्ता थियो । तर, जनमुक्ति सेना नेपाल पाँचौ डिभिजन अन्तर्गत ज्वार स्मृति विग्रेडको अस्थायी ब्यारेक त्रिवेणी गाउँपालिका–७ तिला गैरीगाउँ रोल्पामा जनयुद्व स्मृति राष्ट्रिय संग्रहालय निर्माणले जनयुद्वको ऐतिहासिक पक्षहरुलाई जीवित बन्ने छन् । तत्कालीन ने.क.पा(माओवादी पार्टी)को नेतृत्वमा १ सय ४ वर्षको राजतन्त्र व्यवस्थाको अन्त्यमा प्रत्यक्ष सहभागि जनमुक्ति सेनाको लोपउन्मुख वस्तु आज यो प्रवेशद्वारमा सुनिश्चित गर्न सफल भएका छौं । जनमुक्ति सेनाहरुलाई पनि यसले राज्य व्यवस्था परिवर्तनमा अमूल्य योग्दान पु¥याएको अनुभूति हुनेछ । पार्टीको नेतृत्वमा सञ्चालित महान जनयुद्वको उपलब्धिबाट नै अहिले यो व्यवस्था सञ्चालन भएको छ’ उहाँले भन्नुभयो,‘जनयुद्व स्मृति संग्रहालयको प्रारम्भिक कार्य सुरुवात भएको छ । यस संग्रहालयलाई पूर्णता दिन आगामी दिनमा सम्बन्धित निकायमा विशेष पहल गर्दछु । जनयुद्व संग्रहालय बन्नु यस जिल्लामा बन्नु हामी सबैको गौरवको विषय हो । जनयुद्वको विशेष अध्ययन गर्ने व्यक्तिहरुको लागि अध्ययनको केन्द्र अब बन्छ । संग्रहालयसँगै अन्य पर्यटन क्षेत्रको विकासमा ध्यान दिनुपर्छ । यस जिल्लामा प्याकेजमै पर्यटनमा विकास भएमा रोजगारीको वातावरण सिर्जना गर्दछ । आर्थिक रुपमा समृद्ध बन्नु पर्छ ।’ साथै उहाँले भन्नुभयो,‘ यस क्षेत्रमा पर्यटन प्रर्वद्वनका लागि प्यारा मिटर १ हजार ३५० मिटरको निमार्ण, भ्युटावर, हेलिकप्टर मैदान निर्माण सहित अन्य पर्यटन प्रर्वद्वनलाई टेवा पुग्ने खालको भौतिक संरचना समेत निमार्णमा पहल गर्दछु ।’ कार्यक्रमको विशिष्ट अतिथि प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगरले भन्नुभयो,‘ राजतन्त्र व्यवस्थाको अन्त्यमा तत्कालिन जनमुक्त सेना र पार्टिको मुलको नेतृत्वमा नेपाली जनताको साथ सहयोगबाट भएको हो । यसमा जनयुद्वमा भएका गतिविधिहरू यसमा २०६२÷२०६३ दोस्रो जन आन्दोलनका गतिवधिहरु पनि उल्लेख हुनु पर्छ । अरू संग्रालय भन्द फरक भएन भने अन्य पर्यटक आउँदैनन् । त्यसैले अन्य संग्रालयको व्यवस्थापनमा आगामि दिनमा जोड दिनुपर्छ । यस संग्रहालयमा राजतन्त्र अवस्थाको शासन, जनयुद्व गतिवधिहरु व्यवस्थापन गरियो भने पक्कै पनि यस क्षेत्रमा पर्यटकहरुलाई आकर्षण केन्द्र बन्ने छ । यसतर्फबाट हामी निरन्तर सम्बन्धित ठाउँमा सक्रिय भूमिका निर्वा गर्दै आएका छौं ।’
यस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती, सोही पार्टीको जिल्ला सचिव हरी प्रसाद घर्ती, नेपाली काँग्रेस पार्टीको प्रतिनिधि नेपाली काँग्रेस पार्टी त्रिवेणी गाउँपालिका–७ नं. वडा कार्य समिति सभापति नेपाली काँग्रेसका मानबहादुर बुढा, त्रिवेणी गाउँपालिका–७ नं. वडा अध्यक्ष भान बहादुर घर्ती, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्ति कार्यकाल अध्यक्ष महेश न्यौपाने, संग्रहालय निर्माण समिति अध्यक्ष आमबहादुर डाँगीले मतव्य राख्नुभएको थियो । जिल्ला प्रहरी प्रमुख चित्रबहादुर गुरुङ, रोल्पा शसत्र प्रहरी प्रमुख कर्णबहादुर बुढा लगाएत जिल्लामा कृयाशिल पत्रकारहरुको समेत कार्यक्रममा आतिथ्यता थियो ।
यस संग्रहालय निर्माणका लागि संघीय सरकारबाट रु ४० लाख र प्रदेश सरकार नेपालबाट रु ५० लाख गरि कुल ९० लाखमा उक्त सङग्राहलय तथा प्रवेशद्धार निमार्ण गरिएको छ । प्यारा मिटर १ हजार ३५० मिटरको निमार्ण, गेट, घेरबार, जिर्ण अवस्थाको भवन मर्मत सहित निमार्ण कार्य सम्पन्न भएको डिजिभजन वन कार्यालय रोल्पाको वन अधिकृत दडिलाल कँडेलले बताउनुभयो । साथै यस क्षेत्रमा भ्युटावर, हेलिकप्टर मैदान निर्माण सहित अन्य पर्यटन प्रर्वद्वनलाई टेवा पुग्ने खालको भौतिक संरचना समेत निमार्ण गरिने बताइएको छ । संघीय सरकार र प्रदेश सरकारले डिभिजन वन कार्यालय रोल्पा मार्फत पर्यटन विकास तर्फको बजेटले उक्त भौतिक पूर्वाधार निमार्ण गरिएको हो । प्रदेश सरकारको ५० लाख निमार्ण व्यवसायि समिती मार्फत खर्च गरिएको थियो भने संघिय सरकार बाट प्राप्त भएको ४० लाख उपभोत्ता समिती मार्फत खर्च गरिएको थियो । लकडाउनका कारण उपभोक्ता समितिबाट केही रकम समयमा नै खर्च नभएको निर्माण समितिले जनाएको छ । जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राज बहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन डिभिजन वन कार्यालय रोल्पाको सहायक वन अधिकृत विरेन्द्र रोकाले गर्नुभएको थियो भने स्वागत वन अधिकृति दडिलाल कँडेलले गर्नुभएको थियो ।

जनमुक्ति सेना नेपाल पाँचाैं डिभिजन अन्तर्गत ज्वार स्मृति विग्रेडकाे अस्थायी व्यारेककाे अान्तरिक मामिला तथा कानुन मन्त्री सहित सराेकारवाला निकायहरूबाट अवलाेकन

You may also like