हेड कमिटी रोल्पाको संयोजकमा नविन लोचन मगर

हेड कमिटी रोल्पाको संयोजकमा नविन लोचन मगर

This image has an empty alt attribute; its file name is n1.jpg


माघ ११ गते
हेड कमिटी रोल्पाको बैठक आज लिबाङमा सम्पन्न भएको छ ।
बैठकले हेड कमिटी रोल्पाको संयोजक घनश्या आचार्यले संयोजक निर्वाह गर्दै आउनुभएको थियो । तर, उहाँ कार्य व्यवस्ताले गर्दा हेड कमिटीको संयोजकको भूमिका निर्वाह गर्न नसक्ने भएकोले हेट कमिटीले संयोजक आचार्यले हालसम्म निर्वाह गरेको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै उहाँलाई धन्यवाद ज्ञापन सहित संयोजकमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचनलाई सर्वसम्मत निर्णय पारित भएको हो । बैठकमा स्वास्थ्य विमाको सचेतना फैलाउनुपर्ने, उहाँले जिल्लामा सामुदायियक विद्यालयमा अंग्रेजी माध्यमको कक्षा एकदेखि कक्षा तीनसम्मको पुस्तक छपाई नभएकोले पढाईमा समस्या, सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक गर्दा पढाईमा प्रभाव, कोरोनाको कारण गुणस्तरीय शिक्षामा समस्या, सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको आधारमा स्थायी शिक्षकको व्यवस्था नहुँदा विद्यालयले निजी शिक्षकका लागि आर्थिक संकलन गर्दा समय समयमा तालाबन्दी हुने, आर्थिक अभावको कारण इट्टा भत्तामा जादा शिक्षामा समस्या, अस्पतालमा स्थापना गरिएको अक्सिजन पलान्टलाई निरन्तरता दिनुपर्ने, १२ कक्षासम्म दलित छात्रछात्रहरूलाई निःशुल्क व्यवस्थामा भएपनि जिल्लामा लागू नभएको, रोल्पा अस्पतालमा प्रयाप्त कर्मचारी नहुँदा सीमित कर्मचारी कोरोना संक्रमण हुँदा विरामीको उपचारमा समस्या, ५० सौयाको अस्पतालको नव निर्मित भवन सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या, दरवन्दी अनुसार रोल्पा अस्पतालमा नौ तहको डाक्टर नहुनु, विमा गरेका विमितले नियम अनुसार अस्पतालको फार्मेसीमा औषधीको व्यवस्था नभएको, जिल्लामा भ्रष्टचार बढेको, बजार अनुगमन प्रभावकारी नभएको, सुरक्षित गर्भपतन र विमाको प्रचार गर्नुपर्ने, विद्यालयमा अनिवार्य स्यानेटरी प्याडको व्यवस्था नभएको, विकास योजनाहरू निर्धारित समयमा सम्पन्न नहुँदा जिल्लाबासीहरू समस्यामा रहेका छन्, रोल्पा अस्पताल रेउघाको फार्मेसीमा प्रयाप्त जनशक्ति नहुँदा सञ्चालनमा समस्या, फार्मेसीमा प्रयाप्त औषधी नभएको, स्थानीय तहहरू कोभिड नियन्त्रण निस्क्रिय बन्दै गएको, जलजला बहुमुखी क्याम्पसमा पाठ्य पुस्तक प्रयाप्त नहुँदा अध्ययनमा समस्या, सरकारी अनुदान वास्तविक पक्षले नपाएको, अनुदानको दुरूपयोग भएको, कोरोनाको समयमा पनि स्वास्थ्य मापदण्ड लागू गर्दै विकास निर्माणका कार्य निरन्तरता दिनुपर्ने, बाल बिबाह न्युनिकरणका लागि सम्बन्धित निकायहरुलाई ध्यानकर्षण गर्ने लगायतको निर्णयहरू पारित भएको छ । बैठकमा जिल्ला स्थित सरोकारवाला निकायहरुको उपस्थिति थियो ।

You may also like