नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाद्वारा हाम्रा कुरा अनलाइनमा प्रकाशित समाचारमा  ध्यानकर्षण गर्दै प्रेस नाेट  जारी

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाद्वारा हाम्रा कुरा अनलाइनमा प्रकाशित समाचारमा  ध्यानकर्षण गर्दै प्रेस नाेट  जारी
साउन २० गते
लिबाङ–रोल्पा


रोल्पा जिल्लामा क्रियाशिल पत्रकारहरु माथि आपेक्ष लाग्ने गरी हाम्रा कुरा अनलाइनमा मिति २०७७ साल साउन महिनाको १० गेते प्रकाशित समाचार प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले ध्यानकर्षण गर्दै आज प्रेस नोट जारी गरेको छ ।
यस जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपानेद्वारा हस्ताक्षर प्रेस नोट मार्फत ध्यानकर्षण गर्दै यस्ता आधारहीन कार्यहरु बन्दको निर्देशन जिल्ला शाखाले गरेको हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पहरेदार नेपाल पत्रकार महासंघ र सत्य सत्य खोजी गर्दै छिटो समाचार सम्प्रेण गरिरहेका पत्रकाहरुमाथि लगाएको सो आरोपले आम जनसमुदायमा भ्रम सिर्जना गरी पत्रकारिता क्षेत्रकै गरिमा र प्रतिष्ठा माथि ठेस लाग्ने कार्य भएकोले जिल्ला शाखा रोल्पाले सो बारे जिल्ला शाखा रोल्पाले प्रेस नोट मार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । हाम्रा कुरा अनलाइनमा प्रकाशित समारचामा कोरोनाको कारण वजेट खर्च गर्न नसकि रोल्पा नगरपालिकाले पत्रकारलाई खुसी पार्न जकेट दिएको तथा कोरोना विमा गरेको उल्लेख छ । जिल्ला शाखा रोल्पाको पटक–पटकको आग्रहलाई गरी जिल्लामा सक्रिय सञ्चारकर्मीहरुको भौतिक सुरक्षाका लागि जंकेट र कोरोना विमा गरिएको हो । महासंघको आग्रहलाई स्वीकार गरी उक्त कार्य गर्न सहयोग गर्ने रोल्पा नगरपालिका प्रति आभार व्यक्त शाखाले गरी सकेको छ । विपद्को बेला अहोरात्र खट्ने पत्रकारहरुका लागि विमा गर्ने र जंकेट उलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
साथै नगर परिषद्मा उपस्थित पार्षद् र पत्रकारहरुलाई खाना खर्च उपलब्ध गराएको विषयलाई पहाड बनाउने काम प्रकाशित समाचारमा भएको छ । जिल्लामा हुने कार्यक्रममा विगतदेखि नै केही कार्यालय तथा संघ संस्थाहरुले खाजा खर्चको रुपमा भत्ता दिने चलन रहेको र सो भत्ता पत्रकारहरुले पनि लिँदै आएको स्पष्ट धारणा जिल्ला शाखाले जारी प्रेस नोटमार्फत व्यक्त गरेको छ । नगरपालिकाको सो दिनको कार्यक्रमको बारे मात्र प्रश्न गर्ने कत्तिको न्याय संगत होला । कुनै कार्यक्रममा दिनभरि सहभागि भएर सामान्य खाजा खर्च बुझेको विषय राष्ट्रिय मिडियाका लागि समाचारको विषय हुन सक्छ कि सक्दैन ? भन्दै जिल्ला शाखा रोल्पो जारी नोट मार्फट प्रश्न समेत गरेको छ । जिल्ला शाखाले अनुशासित पत्रकारिता मात्रै दीगो र भरपर्दाे हुन्छ, संकाको भरमा गरिने पत्रकारिताले २÷४ दिन दिने तरंग दिने मात्रै हो भन्दै प्रेस नोटमा उल्लेख गरेको छ । यस नोट मार्फट नेपाल पत्रकार महासंघ र क्रियाशिल पत्रकारका बारे यस्ता आधारहीन आरोपमा उत्रने काम बन्द गर्न विशेष निर्देशन जिल्ला शाखाले गरेको छ । यस जिल्लामा आधारहीन समाचार सम्प्रेष गर्ने कार्य तीव्र रुपमा सक्रिय भएको हुँदा यस्ता कार्यको निर्मुलिकरणका लागि सम्बन्धित निकायहरुको समयमा ध्यान पुग्न जरुरी छ ।

You may also like