समान शिक्षा, समान व्यहार हुनपर्दछ

५३ औं अन्तर्राष्ट्रिय साक्षरता तथा ४० औँ राष्ट्रिय शिक्षा दिवस २०७६ “हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण” भन्ने आदर्श वाक्य सहित आज विश्वभरी मनाई रहेका छन् । विश्वका आम नागरिकलाई साक्षर बनाउनको लागि र वर्षभरीको साक्षरताको मापन गर्नका लागि साक्षरता दिवस मनाइन्छ । यसै अवसरमा नेपालमा शिक्षा दिवस मनाउने गरी आज अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा शिक्षा दिवसको अबसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछाँै । साथै समान शिक्षा, सबैका पहँुच शिक्षामा कहिले र गराउने को जिम्मेवार भन्ने विषयमा भने प्रश्न हामी सबैको माझमा छ । समान शिक्षा, गुणस्तरीय शिक्षा सबैको पहँुचमा कहिलेसम्म हुन सक्ला ?
नेपाल विकासन्मोख देश हो । नेपालमा शिक्षा नीति तथा शिक्षाको प्रकार विभेद पूर्ण नै छ । एउटा विद्यालय हुने खानेहरुका बाल बाच्चाले अध्ययन गर्ने छ । एउछा अनिवार्य शिक्षाको नाममा अध्ययन गर्ने एउटा शिक्षा नीति छ । समाजमा धनी समुदायका मानिसहरुले अध्यापन गराउने विद्यालय महंगा र सुविधा युक्त पनि छन् तीनीले त्यसै प्रकारका शिक्षा पनि प्राप्त गरिरहेका छन् । तर ग्रामीण भेग, दुरदराजका विद्यालयहरु सरकारको नीति अनिवार्यताको शब्दले मात्रै सञ्चालन गरिएको विद्यालयहरु पनि छन् । नेपालमा सरकारकै लगानीमा एउटै शिक्षा नीति र एउटै प्रकृतिको विद्यालय स्थापना हुन जरुरी छ । जबसम्म नेपालमा दुइ्रकारका शिक्षालय र शिक्षा नीति रहन्छ तव नेपालको शिक्षामा समान प्रकार हुन सक्दैन । नेपालको शिक्षा नीति सुधार गर्नका लागि समान शिक्षालय र समान शिक्षा नीति हुन अनिवार्य छ । अर्काे कुरा बैज्ञानिक र व्यवहारिक शिक्षाको कुरा भाषणमा मात्रै होइन नीति तथा कार्यक्रममा हुन जरुरी छ । नेपालमा पछिल्लो समयमा व्यवहारिक शिक्षाका लागि विभिन्न प्राविधिक विषयमा अध्यापन गराइदैछ । तर प्राविधिक पनि भविस्यमा शैक्षिक वेरोजगार उत्पादन गर्ने थलोको रुपमा हुन सक्छ । त्यसतर्फ पनि ध्यान दिन आवश्यक छ । शिक्षा नीतिका सन्दर्भमा संघ र प्रदेश र स्थानीयतहमा अझै सहकार्य हुन जरुरी छ । देशलाई एउटा शैक्षिक नमूना देश बनाउने हो भने सबैलाई एउटा बुझाई र स्प्रीटमा काम गराउन सक्नु पर्दछ ।
हाम्रो देशको शिक्षाले सबैलाई रोजगार मात्रै होइन स्वरोजगार बनाउने तिर ध्यान दिनु पर्दछ । सबै शिक्षाको ज्योती पाउन् । सबैलाई समान शिक्षा, समान व्यवहार होस् । शिक्षा देशको मुख्य आधार हो । त्यस तर्फ सबैको ध्यान जावस, असामान शिक्षा असामान व्यवहारको अन्त्य होस् । धनी र गरिवले अध्ययन गर्ने विद्यालय र शिक्षा एक प्रकारको होस् यही छ शुभकाना ।

 

You may also like