संयुक्त मुक्तक सङ्ग्रह चिरस्मृति मुक्तक विमोचन


समाचारदाता
पुस १४ गते

This image has an empty alt attribute; its file name is chirsmiti-1024x473.jpg


ललित साहित्य परिषद्, रोल्पाको आयोजनामा चार जना सर्जकको संयुक्त मुक्तक सङ्ग्रह चिरस्मृति मुक्तक सङ्ग्रह विमोचन भएको छ । शनिबार लिबाङमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले लगायतले विमोचन गर्नुभएको हो ।

This image has an empty alt attribute; its file name is chir-smit-sita-1-1024x473.jpg


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीता आचार्यले कला साहित्य समाजको ऐना भएको बताउँदै समाजको यतार्थ कुरा लेख्नु पर्ने बताउनुभयो । उहाँले कला साहित्यले समाजको विकास हुने बताउदै सबैलाई कला साहित्यमा लाग्नका अपिल गर्नुभयो । उहाले सर्जकहरुलाई साहित्यक यात्राको शुभकामना व्यक्त गर्नुभयो ।
कलिलो उमेरमा दिपक बुढा मगर, शर्मिला पुन मगर दिपेश अपरिचित मगर, रिया पुनमगरको रचना सङ्ग्रहित छन् । कार्यक्रममा सर्जकहरुले पुस्तक प्रकासनमा सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रमका मुक्तक सङ्ग्रहको समीक्षा बरिस्ठ साहित्यका डिवि टुहुरोले गर्नुभएको थियो । समीक्षाको क्रममा टुहुरोले कलिलो उमेरमै देशको बारेमा सोच्ने स्रष्टालाई धन्यवाद व्यक्त गर्दै निरन्तरताको कामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा रोल्पा नगरपालिकाका निवर्तमान प्रमुख पुर्ण केसी, रोल्पा नगरपालिकाका वडा १ का वडा अध्यक्ष खुम थापा, समाजसेवी तथा राजनीतिज्ञ कृष्णबहादुर घर्ती, नेपाल पत्रकार महासङघ रोल्पाका अध्यक्ष नवीन लोचन, नेपाल पत्रकार महासङ्घ रोल्पाका सँस्थापक अध्यक्ष कासिराम डाँगी, नेपाल पत्रकार महासङ्घ रोल्पाका पुर्व अध्यक्ष खेम बुढामगर, नेपाल पत्रकार महासङघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिह बिश्वकर्मा, लुम्बिनी वाङमय प्रतिष्ठान रोल्पाका अध्यक्ष ओम केसि, साहित्यकारहरु गोकर्ण पुन, प्रेम प्रकास मायालु, गिता निर्दाेषि, घनश्याम अस्तित्व, शेरबहादुर थापा, लोकेन्द सेन लगायतको उफस्थिति रहेको थियो ।
कार्यक्रम ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष केवि बिरहिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन चन्द्रज्योति सुवेदीले सञ्चालन गर्नु भएको थियो भने स्वागत देवी गर्नु भएको थियो ।

You may also like