अपांगताको सवालमा पाङमा अभिमुखिकरण

रोल्पा समाारदाता
पाङ, रोल्पा साउन ६


हुरेक नेपाल रोल्पाको आयोजना तथा स्ट्रोम फाउण्डेशनको साझेदारीमा सञ्चालित दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण कार्यक्रम (सीड्स) कार्यक्रम अन्तरगत अपांगता विषयक सवालमा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम लुंग्री‒१ पाङको दाइबाङमा सोमबार सम्पन्न भएको छ ।
वडा कार्यालयमा भएको उक्त कार्यक्रमको अध्यक्षता हुरेक नेपालको सीड्स कार्यक्रमका संयोजक सुन्दर पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष मति पुन रहनु भएको थियो । कार्यक्रममा अपांगताको परिचय, अपांगताको प्रकार, अपांगता भएका व्यक्तिप्रति परिवार, समाज र राज्यको दायित्व, परिचयपत्रको महत्व र यसकाप्रकार, परिचयपत्रप्राप्त गर्ने प्रक्रिया र अपांगता भएका व्यक्ति गरिने दुव्र्यवहार र अपहेलनामा कानुनी व्यवस्थालयायतको विषयमा अभिमुखिकरण तथा अन्तरक्रिया गरिएको थियो । उक्त कार्यक्रमको सहजिकरण पाङको स्वास्थ्य ईन्चार्ज दामोदर सुवेदीले गर्नुभएको थियो भने कार्यक्रमको उद्धेश्य तथा विषय वस्तुको बारेमा सीड्स कार्यक्रमका अधिकृत राजेन्द्र लामाले गर्नभएको थियो । संवाद केन्द्रकी एनिमेटर रिमा पुनले सञ्चालन गरेको उक्त कार्यक्रममा किशोरकिशोरी, अभिभावक, एस.एस.टि.का संयोजकहरु लगाएत गरि ९१ जनाको सहभागिता रहेको थियो ।
कार्यत्रममा अधिकांश अपांगताभएका व्यक्तिले परिचय–पत्र नपाएको बताएकाथिएभने यस कार्यक्रमले गर्दा परिचयपत्रबनाउनुको महत्वबुझेपछि अव आफँहरुले परिचय पत्र बनाउन पहल गर्ने बताएका थिए । यसमा हुरेकको सहयोगको अपेक्षा गरेका थिए ।

You may also like