रोल्पा आई.टि.एफ. तेक्वान्दो संघको अध्यक्ष विक्रम बाठा मगर वर्ष उदयमान प्रशिक्षक अवार्ड–२०१९बाट सम्मानित

रोल्पा आई.टि.एफ. तेक्वान्दो संघको अध्यक्ष विक्रम बाठा मगर वर्ष उदयमान प्रशिक्षक अवार्ड–२०१९बाट सम्मानित
साउन २२ गते
लिबाङ–रोल्पा


नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २३ औं वार्षिक उत्सवमा रोल्पा आई.टि.एफ. तेक्वान्दो संघका अध्यक्ष तथा प्रशिक्षक बिक्रम बाठामगर वर्ष उदयमान प्रशिक्षक अवार्ड–२०१९ बाट आज काठमाण्डौंमा सम्मानित हुनुभएको छ । यस सम्माले बाठा मगरलाई खेल क्षेत्रमा थप सक्रिय बन्न उत्प्रेरित गरेको छ ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले आफ्नो २३ औं वार्षिक उत्सवको अवसरमा बाठा मगरलाई वर्ष उदयमान प्रशिक्षक अवार्ड–२०१९ बाट सम्मान हुनुभएको हो । आई.टि.एफ. खेलकुद क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै महासंघले आफ्नो २३ औं वार्षिक उत्सवका अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँलाई कार्यक्रम प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले सम्मान पत्रसँगै दोसल्ला ओढाए सम्मान गर्नुभएको हो । ५ नं. प्रदेश आई.टि.एफ तेक्वादो संघका उपाध्यक्ष समेत रहनुभएका बाठा मगर करीव डेढ दशकदेखि खेल क्षेत्रमा सक्रिय रुपमा भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँको नेतृत्वमा लकडाउनको समयमा समेत आई.टि.एफ. तेक्वान्दो खेलको विकासका लागि अनलाईनका माध्यमबाट विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

You may also like