रोल्पामा मास्क प्रयोग नगरेकोले ३६ जना नागरिक कारवाही

रोल्पामा मास्क प्रयोग नगरेकोले ३६ जना नागरिक कारवाही
साउन १९ गते
लिबाङ–रोल्पा


रोल्पा जिल्लामा नोबल कोराना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयबाट मास्क प्रयोग नगर्ने नागरिकहरुलाई पहिलो पटक कारवाही सहित काउन्सिलिङ कार्य आजबाट शुरु भएको छ । यसले नागरिकहरुलाई मास्क प्रयोगमा थप सहयोग पुग्ने भएको छ ।
एक दिनमै यस जिल्लाको विभिन्न ठाउँमा मास्क प्रयोग नगरी हिडेको ३६ जना नागरिकहरुलाई जिल्ला प्रहरी कार्यालय रोल्पाको मातहतका प्रहरी निकायबाट कारवाही गरिएको हो । कानुनमा व्यवस्था भए अनुसार पहिलो पटकको रु १ सय रुपैया गरी जम्मा ३ हजार ६ रकम कारवाही स्वरुप संकलन भएको हो । नागरिकबाट पटक–पटक मास्क प्रयोग नगरेको पाएमा ६ महिनासम्म जेल सजायको कानुनमा व्यवस्था छ । नागरिकसँग मस्क छ । तर, मास्कको सही प्रयोग नगर्ने १ सय जना बढी नागरिकहरुलाई मास्कको प्रयोगबाट हुने फाइदा सम्बन्धि काउन्सिलिङ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष कुमार के.सी.ले बताउनुभयो । नोबेले कोरोना भाइरसको संक्रमित विभिन्न ठाउँमा बढेकोले यस जिल्लामा पनि थप सजकता अपनाएको छ । कोरोना भाइरसको संक्रमण समुदायमा फैलिन सक्ने भन्दै सरकारले मास्क प्रयोग नगर्नेहरुलाई कानुन बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढेको हो । जिल्ला स्तरीय सुरक्षा समितिको निर्णय बमोजिम कोरोना संक्रमणबाट बच्न मास्क लगाउने, सामाजिक दुरी कायम गर्न लगाउने निर्णय गरिएको छ । प्रहरीका अनुसार अझै पनि मास्क लगाए नलगाएको हेर्ने र सामाजिक दुरी कायम गर्ने सूचना विगतदेखि नै प्रचार प्रसार गर्दै आएका पनि नागरिकबाट प्रभाव कार्यन्वयन हुन सकेको थिए । तर, पछिल्लो समयमा प्रहरीले उक्त सूचनालाई प्रभावरी कार्यन्वयतिर अगाडि बढाएको छ । यो सूचना आम नागरिकसम्म पु¥याउनको लागि जिल्लाका सञ्चारमाध्यहरुबाट पनि सूचना प्रसारणको थप तयारी भएको सूचना अधिकारी सन्तोष कुमार के.सी.ले बताउनुभयो ।

You may also like