विपन्न एक परिवारको आवास निर्माणका लागि दलित एकता समाज रोल्पाद्वारा आर्थिक सहयोग

विपन्न एक परिवारको आवास निर्माणका लागि दलित एकता समाज रोल्पाद्वारा आर्थिक सहयोग
कार्तिक १७ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is t2-1024x768.jpg

रोल्पाको रोल्पा नगरपालिका–३ नं. वडा खुमेल निबासी विपन्न मनसरा बि.क.लाई जीर्ण भवन निर्माणका लागि दलित एकता समाज रोल्पाले आज सहयोग रकम रु १ लाख हस्तारण गरेको छ । विपन्न परिवारलाई आवास निर्माणका लागि थप सहज बन्ने भएको छ ।

This image has an empty alt attribute; its file name is t3-1024x768.jpg

यस कार्यक्रमको प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति रोल्पाको कार्यबाहक प्रमुख कर्मलाल परियार, विशिष्ट अतिथि एवम् रोल्पा नगरपालिका–३ नं. वडा अध्यक्ष इन्द्र बहादुर थापा, नगर कार्यपालिका सदस्य लिलाराम सुनार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रतिनिधि भरत बहादुर विष्ट, नेपाली काँग्रेस पार्टीको प्रतिनिधि राज कुमार पुरी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको अध्यक्ष्ँ महेश न्यौपाने, दलित महिला सचेतन केन्द्र (ड्वाक) नेपाल रोल्पाको अध्यक्ष रेखा सुनार लगायतका अतिथिहरुले मनतव्य राख्नुभएको थियो । कार्यक्रमका व्यक्ताहरुले आर्थिक विभिन्नकै जीर्ण अवस्थामा दैनिक जीवन बिताउँदै आएका पीडित परिवारको आवास निर्माणका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गर्ने दलित एकता समाज रोल्पालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि दीन दुःखीहरुको साथ सहयोगमा सक्रिय भूमिका निर्वाहका लागि अनुरोध गर्नुभएको थियो । आर्थिक विपन्न परिवारको आवास निर्माणका लागि समाजको अभियानद्वारा रु १ लाख १५ हजार संकलन भएको समाजको वरिष्ठ उपाध्यक्ष तिला नेपालीले बताउनुभयो । अभियानमा विभिन्न खर्च कटौटी गरी आर्थिक विपन्न परिवार बि.क.लाई रु १ लाख कार्यक्रमको प्रमुख अतिथि कर्मलाल परियारले हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै, वडा कार्यालयबाट आर्थिक विपन्न मनसरा बि.क.को भवन निर्माणका संघीय सरकारबाट जनता आवास कार्यक्रमबाट रु ५० हजार र जस्ता पाताको पहल गरेको वडा अध्यक्ष इन्द्र बहादुर थापाले बताउनुभयो । आर्थिक विपन्न परिवार मनसरा बि.क.ले आफ्नो जीर्ण भवन निर्माणका लागि आर्थिक संकलन अभियान सञ्चालन गर्ने दलित एकता समाज रोल्पा र आर्थिक सहयोग गर्नुहुने सहयोग निकायहरुलाई धन्यवाद सहित खुसि व्यक्त गर्नुभएको थियो । आर्थिक अभावकै कारण वर्षाैसम्म जीर्ण भवनमा दैनिक जीवन यापन गर्दै आउनुभएको मनसरा बि.क.को आवास निर्माणका लागि समाजद्वारा आर्थिक संकलन अभियानमा सहयोग गर्नुहुने सहयोग निकायहरुलाई समाजको तर्फबाट धन्यवाद सहित आगामी दिनमा पनि दीन दुःखीहरुको सहयोगका लागि वरिष्ठ उपाध्यक्ष अध्यक्ष तिला नेपालीले अनुरोध गर्नुभयो । यस कार्यक्रमको सहयोगी निकायहरु सहित अन्य सरोकारवाला निकायहरुको सहभागिता थियो । समाजको वरिष्ठ उपाध्यक्ष तिला नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन दिनेश विश्वकर्माले गर्नुभएको थियो ।

You may also like