राेल्पामा  आजसम्म २५ हजार ५४० जना मानिसको स्वास्थ्य परीक्षण

राेल्पामा  आजसम्म २५ हजार ५४० जना मानिसको स्वास्थ्य परीक्षण
१५ वैशाख, लिबाङ–रोल्पा ।


जिल्ला प्रशासन कार्यालय रोल्पाबाट गृह मन्त्रालय, विपद् पूर्व तयारी तथा प्रति कार्य शाखा (राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंह दरबार काठमाण्डौैंमा आज नोबेल कोरोना भाइरस (कोभिड–१९)को दैनिक रिर्पाेट पठाएको छ ।

यस जिल्लामा आज (सोमबार) ७३३ जना मानिसको स्वास्थ्य परीक्षण भएको छ ।  हालसम्म कोरोना भाइरस सम्बन्धि दैनिक कार्य अन्तर्गत २५ हजार ५४० जना मानिसहरुको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्लाको विभिन्न स्थानमा निर्माण भएको क्वारेन्टाइन वेडको संख्या ६ हजार ९८० ओटा छन् भने अघिल्लो दिन ६ हजार ३८९ जना मानिसहरु क्वारेन्टाइनमा रहेका थिए । आज ४६७ जना मानिसहरु थप भएका छन् भने आज क्वारेन्टाइनबाट ४७ जना मानिसहरु फिर्ता भएका छन् । क्वारेन्टाइनमा २ हजार ३४४ जना महिलाहरु र ४ हजार ४६५ जना पुरुष गरी ६ हजार ८०९ जना मानिसहरुको रहेका छन् । क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई खानपिनको व्यवस्थापन क्वारेनगरपालिका÷गाउँपालिकाहरुले राम्रोसँग व्यवस्थापन गरेका छन् ।
त्यसैगरी यस जिल्लामा २३ वेडको आइसुलेसनमा आज एक जना पुरुष भर्ना भएका छन् । आइसुलेसनमा रहेका एक जनाको स्वाब परीक्षणबाट कोरोना संक्रमित नभएको रिर्पाेट आएको छ । जिल्लामा हालसम्ममा पिपिईको सेट जम्मा ३७१ रहेको रिर्पाेट सम्बन्धित निकायमा पठाएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी.ले बताउनुभयो । उहाँको अनुसार हालसम्म यस जिल्लामा आरडिति परीक्षण भएका २९८ जना मानिसहरुको कोरोना भाइरसबाट संक्रमित नभएको रिर्पाेट आएको जानकारी दिनुभयो । यस जिल्लाको विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनबाट ४४६ जना मानिसहरु फिर्ता भएका छन् भने हालसम्म आइसुलेसनबाट ९ जना मानिसहरु घर फिर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी.ले जानकारी दिनभएको छ ।

You may also like