नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाद्वारा नगरपालिकालाई कोरोना भाइसबाट बच्ने स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाद्वारा नगरपालिकालाई कोरोना भाइसबाट बच्ने स्वास्थ्य सामाग्री हस्तान्तरण
साउन १९ गते
लिबाङ–रोल्पा


नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रोल्पाले रोल्पा जिल्लाको दश ओटै स्थानीयतहहरुलाई नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका लागि स्वास्थ्य सामाग्री विरतणको क्रममा आज रोल्पा नगरपालिकालाई स्तान्तरण गरिएको हो । स्वास्थ्य सामाग्री उपलब्धले स्थानीयतहरुलाई कोरोना विरुद्ध गतिविधिहरु सञ्चालनमा थप सहयोग पुग्ने भएको छ ।
रोल्पा नगरपालिका कार्यालय रोल्पा नगर प्रमुख पुर्ण के.सी.लाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको सभापति डी.वी. टुहुरोले १ हजार थान मास्क, १५ थान सेनिटाईजर, ४ सय जोडी ग्लोब्स, क्वारेन्टिन र आईसोलेसन केन्द्रका लागि सुपानेट झुल, शौचालय सफामा प्रयोग हुने हर्पिक ब्रस हस्तान्तरण गर्नुभएको थियो । उहाँले यस जिल्लाको अन्य नौं ओटो स्थानीयतहरुलाई पनि १ हजार थान मास्क, १५ थान सेनिटाईजर, ४ सय जोडी ग्लोब्स  हस्तारण गर्ने बताउनुभयो । कतिपय स्थानीयतहहरुमा ति सामाग्रीहरु पुगेका छन् भने केही स्थानीयतहहरुमा पु¥याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

You may also like