स्कुले जीवन, वर्गसंघर्ष, जनयुद्ध शान्तिपूर्ण आन्दोलनका एक निडर योद्धा कुलप्रसाद केसीको मुख्यमन्त्रीसम्मको यात्रा


This image has an empty alt attribute; its file name is masing.jpg

मानसि‌ह विश्वकर्मा

सर्वहारा बर्गका लडीरहने निडर एक योद्धाको नाम हो सोनाम)
१–मसालको विद्यार्थी संगठनदेखि वर्ग संघर्ष, जनयुुद्ध, शान्ति पूर्ण राजनीतिका सहयाी
२. जनयुद्धको उद्घाटन होलेरी रेडदेखि डिभिडिन कमिसार ।
३. रोमियो अप्रेसशदेखि पटना जेलका ३८ महिनाका पात्र ।
५. देउवा सरकारले नै ५० लाख टाउँको मूल्य निर्धारण ।
६. गिरीजालाई कालो भण्डा देखाउँदा शिक्षकबाट बखास्त ।
७. वार्ता सम्वादलाई निरन्तर जोड दिने नेता ।

This image has an empty alt attribute; its file name is sonam-sir-ko-mukha-manitr-1024x724.jpg


नेपाल कम्युनिनष्ट पार्टी (माओवादी) केन्द्रका नेता कुलप्रसाद केसी मुख्य मन्त्री बन्नुभएको छ । लुम्बिनी प्रदेश सभा सदस्यको ४२ जनाको हस्ताक्षरमा मुख्य मन्त्री बन्नु भएको छ । माओवादी केन्द्रका नेता एवं संसदीय दल नेता केसी प्रदेश मुख्यमन्त्री भएपछि शंकर पोख्रलेको सत्ता ढलेको छ ।
रोल्पा प्रदेश सभा सदस्यमा रोल्पा ‘क’ बाट पहिलो पटक प्रदेश सभा सदस्यमा उमेद्वार दिनुभएका केसीलेले प्रदेश सभा सदस्यमा निर्वाचित हुदाँ जम्मा निर्वाचनमा ३३ हजार ८ सय ३३ खसेको मतमा उहाँले १८ हजार ५ सय १२ मत लिएर विजयी हुनुभएको थियो । निरन्तर क्रान्तिको एक यात्रीको रुपमा रहेका प्रसाद केसी ‘सोनाम’ मुख्य मन्त्री बनेपछि उहाँको राजनीतिक जीवनमा एउटा नयाँ इतिहास रचिएको छ । यो इतिहास निर्माणमा आफ्नो व्यक्तिगत निरन्तरता योगदानको साथ साथै शहीदहरुको बलिदान, घाईते अपाङ्गहरुको योगदान र आम श्रमजिवी एवं शोषित पीडितहरुको श्रम र पसिना पनि जोडिएको छ । वर्गसंर्घषको रापिलो ज्वारभाटाबाट जनयुद्धको दर्बिलो यात्राबाट आज मुख्य मन्त्रीको पदमा आसिन हुनु भएको छ ।
मुख्य मन्त्रीको प्रतिवद्धता
आज प्रदेश प्रमुखबाट सपथ लिने तयारीमै रहनु भएका मुख्य मन्त्रीको प्रदेशबासी नागरिकलाई जति सकिन्छ खुशी र सुखी बनाउने अनि प्रदेशवासीको जीवनलाई समृद्ध बनाउने, प्रदेशसभाबाट प्रदेशको राजधानी दाङको भालुबाङ क्षेत्रमा संरचना विस्तार गर्ने रहेको कुरा संक्षिप्त कुराकानीमा बताउनुभएको छ । साथै उहाँले आफू पदमा पुग्नका लागि ति महान शहीदहरुलाई पहिलो श्रेय दिनुभएको छ । साथै आफूलाई नेता बनाउनको लागि सहयोग गर्ने सबै पक्षलाई समेत स्मरण गर्नुभएको छ । उहाँले भन्नुभयो–‘देश, जनता, प्रदेश, शहीदहरुलाई उच्च शिरमा राखेर काम गर्नेछु ।”
विद्यार्थी राजनीतिक देखि मुख्यमन्त्री सम्मको केसीको राजनीतिक यात्रा
जनयुद्धको तुफानी एवं आधार इलाका रोल्पाको बामपन्थी आन्दोलनको मध्यभागको केन्द्र कोटगाउँ गा.वि.स हाल रोल्पा न.पा. ६ ज्यूबाङमा २०२७ साल माघ १० गतेका दिन बुवा टिकाराम के.सी. र आमा रजमता केसीको कान्छो सुपुत्रका रुपमा जन्मिुभएको थियो । परिवार नै कम्युनिष्ट आन्दोलनमा सरिक के.सी.को बाल्यकालदेखि नै प्रगशिल विचारबाट उर्वर बन्दै आउनुभएको थियो । गाउँमा कम्युनिष्टहरुको एकीकृत परिवार भलपाटे भनेर प्रशिद्ध परिवारमा जन्मिनु भएका कुलप्रसाद केसी २०४३ सालमा मसालको विद्यार्थी संगठन अनेरास्ववियू (छैठौ) आवद्ध भई राजीतिक जीवन शुरु गर्नुभएको थियो । बहुदलिय प्राप्तीको आन्दोलनमा २०४६÷४७ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङ जिल्ला विद्यार्थी सचिवको जिम्मेवारी निर्वाह गनूयभो । २०४७ सालमै ने.क.पा. (मसाल) को पार्टी सदस्यता प्राप्त गरी औपचारिक रुपमा पार्टीको राजनीतिक जीवन यात्रा शुरु गर्नुभएका केीि २०४८ सालमा स्थायी शिक्षक एवं रोल्पा जिल्लामा पार्टी एरिया सेक्रटरी बन्नु भएको थियो । २०५० सालमा गिरीजा गिरीजा प्रसाद कोइरा रोल्पा भ्रमणमा आएको बेलामा शिक्षकहरुबाट कालो झण्डा देखाउँदा स्थायी शिक्षकबाट हटाईनुभएको थियो । कालो झण्डा देखाउँदा बखास्तमा पर्नुभएका केसी २०५० सालबाट निरन्तर ग्रामीण वर्ग संघर्षमा होमिदै गाउँ गाउँमा जाली फटाहरुलाई जनविरोध काम गर्नबाट रोक्ने कार्यमा लाग्नुभएको थियो । वर्ग संघर्षको अबस्थामा रोल्पा जिल्लामा किलो सेरा टु, रोमियो अप्रेसन, जंगल सर्च अप्रेसन, कम्बिङ अप्रेसनमा उहाँलाई पनि तत्कालीन सत्ता पक्षकोले खोजी गरी मृत्यु दण्ड दिनेहरुको लिष्टमा उहाँको नाम थियो । निररन्तर रुपमा वर्ग संघर्षदेखिको क्रान्तिकारी योद्धको रुपमा स्थापित हुँदै पार्टीको २०५२ सालमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट जिल्ला समिति सदस्यमा निर्वाचित हुनुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले जनयुद्ध शुरुवातको तयारी गरको थियो । २०५२ साल फागुन १ गते जनयुद्धको उद्घाटन स्वरुप होलेरी आक्रमण मोर्चामा सहभागी भइ निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो । राजीनितिक सुझबुझ भएका नेता केसीले पार्टीले लिएको आफ्नो भूमिका निरन्तर रुपमा निर्वाह गर्दै जाने बेलामा २०५५ सालमा दाङ सल्यान र प्यूठानको संयुक्त जिल्ला समितिको सेक्रेटरीको जिम्मेवारी पनि कुशलता पूर्वक निर्वाह गर्नुभयो । राजनीतिक क्षेत्रका माओवादी जनमुक्ति सेनाको कमिसारको जिम्मेवारी प्रदान गर्दै भेरी कर्णालीमा डिभिजन कामिसारको रुपमा २०५६ सालदेखि सैन्य मोर्चाको पनि जिम्मेवारी लिई भेरी कर्णालीलाई नयाँ उचाईमा उठाउनको लागि सक्रिय भूमिका निर्बाह गर्नुभयो । भेरी कर्णालीको दर्जनौँ लडाईमा राजनीतिक कमिसारको भूमिकाबाट युद्धमोर्चा विजय गराउनुभएको थियो ।
उहाँको राजनीतिक सृजनात्मक राजनीतिक कलाको उच्च मूल्याङ्कन गर्दै २०५७ साल रोल्पाको कुरेलीमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । ३ वर्षको केन्द्रीय सदस्यको भुमिका निर्वाह गर्दै २०६० सालमा भारत केन्द्रीय समितिको बैठक जादै गर्दा लखनउमा जेल पर्नुभएको थियो । आत्मसर्मण गराउनको लागि निरन्तर रुपमा जेलभित्र यातना दिने क्रममा पनि आफूले बरु आफ्नो जीवन लिन आग्रह गरेको तर विचार र क्रान्तिलाई शिरमा राख्दा अर्धमृत अवस्थामा पु¥याएको स्मरणमा अविस्मणीय रहेको बताउनु हुन्छ ।
२०६० देखि २०६३ सालमासम्मा जेल जीवनमा रहेर मुक्त भएपछि पनि तत्कालनि नेकपा (माओवादी) को कामीडाँडामा सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट पुनः तेस्रो डिभिजन कमिसारको जिम्मेवारी दिएको थियो । राजनीतिक रुपमा निकै उत्साहित र वर्ग बैरीहरुको विरुद्धमा अरिङ्गाल झै लाग्ने स्वभाव भएका केसीले कमिसार हुँदै पुनः भेरी कर्णाली, सेती महाकारीको पश्चिम व्यूरो इन्चार्जको जिम्मेवारी प्रदान गरेको थियो । पार्टीले जे जिम्मेवारी दिन्छ त्यसलाई निडरताका साथ सामना गर्ने केसीको क्षमता पनि अदभूत नै रह्यो । यसरी शान्ति प्रक्रियामा आए पनि राजनीतिक रुपमा प्रभावशाली रहेका कुलप्रसाद केसी जीवनमा सरकारमा जानु भन्दा बाहिर बसेर पार्टीको राजनीतिक गर्ने इच्छाको कारणले सरकारमा जानका लागि हतार गर्नुभएन ।
माक्र्सवाद, लेनिनबाद र माओवादीको विचारलाई शिरो धार्य गर्दै २०६९ सालमा पार्टी विभाजनमा मोहन बैद्य नेतृत्वको रहेको माओवादी (क्रान्तिकारी) मा केन्द्रीय स्थायी कमिटि सदस्को जिम्मेवारी प्रदान गरेको थियो । उहाँले राजनीतिकलाई सही दिशामा दोह¥याउनको लागि माओवादी पार्टीले उठाएको राजनीतिक एजेण्डालाई स्थापित गर्नका लागि किरणको नेतृत्वमा गए पनि पुन त्यसमा पनि सही ढंगले अगाडि बढेको बैचारिक मतसहित पुनः २०७३ सालमा माओवादी केन्द्रमै केन्द्रीय कार्यालय सदस्य भई भूमिका खेल्नुभएको थियो । संगठन र पार्टीलाई जनस्तरसम्म लगेर मात्रै पार्टीको जीवन देख्ने मुख्यमन्त्री केसीले (माओवादी केन्द्र)को तर्फबाट रोल्पा क्षेत्र नं. प्रदेश सभासदस्यमा निर्वाचित हुनुभएको थियो । नेकपा (माओवादी केन्द्र) को तर्फबाट लुम्बिनी प्रदेशमा प्रस्तावित मुख्य मन्त्री समेत हुनु हुन्थ्यो । तर नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि लुम्बिनी प्रदेशमा एमालेलाई कोटामा परेपछि दल उप नेता एवं कानून मन्त्रीको जिम्मेवारी सम्माल्नु भएको थियो । पार्टी एकतामा पार्टीको केन्द्रीय समिति सदस्य पार्टीको हुँदै एमालेसँग पार्टी अलग भएपछि पुन लुम्बिनी प्रदेशको सह इन्चार्जको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । हाल पार्टीले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको रुपमा प्रस्तावित गरेपछि अब नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको संयुक्त सहकार्यबाट मुख्यमन्त्री बन्नु भएको छ ।

केसीको टाउको भेटेपछि ५० लाख दिने घोषणा गरेको देउवाको सरकारले नै बनायो मुख्यमन्त्री
जनताको राज्य सत्ता स्थापना गर्न गरिएको जनयुद्ध केसी २०५२ सालदेखि पहिलो कारवाही होलेरी देखि नै जोडिनुभएको थियो । वर्ग बैरीहरुसँग कहिले पनि झक्दै नझुक्ने नेताको रुपमा चिर परिचत केसीले जनयुद्धमा लागेकै आरोपमा उहाँको तत्कालीन शेरबहादुर देउवाको सरकारले २०५८ सालमा आतंकारी भन्दै केसी टाउको मूल्य ५० लाख रुपैया टोकिएको थियो । संकटकालको बेलामा यही नेपाली कांग्रेसका सरकार उहाँको टाउँको मुल्यको ५० लाख टोकिएपछि प्रहरी र सेनाहरु केसीलाई खोज्न न्वारायणदेखिको बल लगाए तर भेटाउन सकेनन् । २०६० सालमा पार्टीको केन्द्रीय कमिर्टीको बैठक बस्ने बेलामा भारतमा मोहन बैद्य संग जेल पर्नुभयो । त्यतिबेला पटना जेलमा २०६० जेष्ठ २०देखि २०६३ साल साउनसम्म ३८ महिनाको जेल जीवन विताउनुभयो । जेलको उच्च प्रतिरोध गर्दै क्रान्तिकारीहरुका लागि जेल युद्धको एउटा ट्रेन्च हो भन्ने उच्च आदर्शका साथ जेल जीवन विताउनुभयो । कुनै पनि हातलमा नझक्ने बरु शहीद बन्न तयार रहेको कुरा स्मरण गराउँदै २०६३ सालमा माओवादी जनयुद्ध जनआन्दोलन एवं शान्ति वार्ताको प्रक्रियामा आएपछि रिहाई हुनु भएको थियो । उहाँले हाल भन्नुभयोः–“हाम्रो टाउँको मूल्य टोक्ने बेलाको प्रस्थिति अर्कै भएको भने आज सहयात्री बनेर हिडेका छाँैै केपी शर्मा ओलीका कारण नै यो अवस्था आएको हो ।’
भलपाटे केसीका आम परिवार नै जनयुद्धका सहयात्री
जनयुद्धको तुफानी एवं आधार इलाका रोल्पाको बामपन्थी आन्दोलनको मध्यभागको केन्द्र कोटगाउँ गा.वि.स हाल रोल्पा न.पा. ६ ज्यूबाङमा २०२७ साल माघ १० गतेका दिन बुवा टिकाराम के.सी. र आमा रजमता केसीको कान्छो सुपुत्रका रुपमा जन्मिुभएको थियो । परिवार नै कम्युनिष्ट आन्दोलनमा सरिक के.सी.को बाल्यकालदेखि नै प्रगशिल विचारबाट उर्वर बन्दै आउनुभएको थियो । गाउँमा कम्युनिष्टहरुको एकीकृत परिवार भलपाटे भनेर प्रशिद्ध रुपमा चिनिएको केसीका जेठा दाजु भरतमनि केसी (क. इनार) वर्ग संघर्ष देखि नै नेकपा मसालको सक्रिय कार्यकर्ताको रुपमा काम गर्दै वर्ग संघर्षमा रोल्पा र तत्कालीन माओवादीले निर्माण गरको विशेष क्षेत्रका तराई जिल्ला कपिल बस्तु, अर्घाखाँची, प्यूठान जिल्लामा माओवादी आन्दाई माथी उठाउनुभयो ।
यस्तै माइला भाई गञ्जहाजर केसी ‘विकास’ वर्ग संघर्ष देखि नै आन्दोलनमा सरिक भएर तत्कालीन नेकपा मसालकै बेलामा गा.वि.स. अध्यक्षमा निर्वाचित हुँदै माओवादी अन्लोलनमा भूमिगत राजनीतिक जीवन विताउँदै अगाडि बढ्नुभयो । राइला दाजु रोवरसिंह खत्री ‘तारा’ माओवादी जनयुद्धमा एक योद्धाको रुपमा काम गर्दै अगाडि बढ्नुभएको थियो । काइला मानबहादुर केसी ‘दर्शन’ वर्ग संघर्ष जनयुद्धकाल देखि निरन्तर आन्दोलनमा जोडिदै हाल जिल्ला समिति रोल्पाका सदस्यको जिम्मृेवारी निर्वाह गर्दै हुनुहुन्छ । साइला मोहन विक्रम केसी ‘रोशन’ वर्गसंघर्ष देखि हालसम्म निरन्तर पार्टीको भूमिकामै कार्यरत हुनुहुन्छ । यी माथीका तत्यहरुले कुलप्रसाद केसीका परिवार वर्गसंघर्ष देखि हालसम्म निरन्तर रुपमा माओवादी आन्दोलनको विभिन्न जिम्मेवारीमा काम गर्दै हालसम्म निरन्तर साथी बन्नु भएको छ ।
मुख्मख्त्री केसीको माओवादी केन्द्रीको नेतृ घर्तीसँगको जनवादी विवाह
जनयुद्धका एक चर्चित नेता कुलप्रसाद केसीले जनयुद्धकै वर्ग संघर्ष देखि निरन्तर तत्कालीन माओवादी जनयुद्धमा सहभागी बन्दै हाल माओवादी केन्द्रका नेतृ परिवर्तन २ राङ्सी रोल्पाकी तारा घर्ती संग २०५२ साल भाद्र २५ गते जनवादी प्रगशिील विवाह गर्नुभएको थियो । त्यति बेला पूर्व सभामुख ओनसरी घर्ती र पूर्व उर्जा मन्त्री वर्षमान पुनमगर लगायत ३ जोडीको संयुक्त जनवादी विवाह समपन्न भएको थियो । माओवादी जनयुद्ध तिव्र उत्कर्षमा पुगि रहेको बेलामा २०५६ सालमा छोरी मानवी केसीको जन्म भएको थियो । मानवीको बाल्यकाल युद्धकै मैदानबाट भयो । युद्धको उपहार भएको बताउनुहुन्छ माओवादी केन्द्रकी नेतृ तारा घर्ती । जनयुद्धकालमा लामो समय भेट हुन नसक्ने पार्टीको आफ्नै जिम्मेवारीमा काम गर्दा गर्दै जीवन व्यस्त रहनु भएका केसी र घर्तीबाट शान्ति प्रक्रियामा आएपछि छोरा अरिक केसीको जन्म भएको छ । अरिक ६ वर्ष भएका छन् । सम्पूर्ण परिवार नै पार्टीमा रहेको छ ।
माओवादी केन्द्रको नेतृ एवं श्रीमति तारा घर्तीको मुख्त्री मन्त्रीलाई सुझाव
वर्ग संघर्ष देखि नै आन्दोलनमा सरिक भएका थिए उहाँको जीवन संगीनी पनि तारा घर्तीममगर । वर्गसंघर्ष देखि जनयुद्ध हाल पनि माओवादी केन्द्रकी नेतृ तारा घर्तीमगरले आफ्नो श्रीमान एवं सहयोद्धा मुख्य मन्त्री भएपछि पहिलो सुझाव कोभिड १९ विश्व एवं देश तथा यस लुम्बिनी प्रदेशका नागरिकहरु आक्रान्त भएका छन् । सबैको जीवनको वाच्ने आधार गुमेका छन् । मुख्य मन्त्रीको पहिलो प्राथमिकता खोप पर्नु पर्ने सुझाव दिनुभएको छ । उहाँले भन्नुभयोः–‘शहीदका सपना, घाईते तथा अपाङ्गहरुको देश र जनताको सपना पूरा गर्ने अठोट त छदैछ । त्यस भन्दा अगाडि खोप व्यवस्था गरि नागरिकलाई सुरक्षित बनाउने पहिलो दायित्व हुुनपर्दछ । ”
आफ्नो विचार सिद्धान्त अनुसार यस प्रदेशका जनतालाई विकास निर्माणकार्यमा पूर्णता दिनु साथै यस प्रदेशको नारा, समृद्ध प्रदेश खुसी प्रदेशबासीको नारालाई पूर्णता दिनु पर्दछ ।
एकताले मात्रै पहिले मुख्य मन्त्री रोकेको
रोल्पा प्रदेश ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । पहिलो पटक संसदीय व्यवस्था अर्थात जनताको मतबाट विजयी हुने अविष्ट राखेर निर्वाचनमा होमिनु भएका केसी रोल्पा जिल्लाको गाउँ गाउँ एवं टोल टोलसम्म आफै भौतिक रुपमा चुनावी प्रचार प्रचारमा हिड्नु भएको थियो । पहिलो पटक प्रदेश सभा सदस्यमा उमेद्वार दिनुभएका केसीलेले प्रदेश सभा सदस्यमा निर्वाचित हुदाँ जम्मा निर्वाचनमा ३३ हजार ८ सय ३३ खसेको मतमा उहाँले १८ हजार ५ सय १२ मत लिएर विजयी हुनुभएको थियो । नेपाली कांग्रेसका शेरबहादुर महराले १० हजार ४ सय १ मत मात्रै प्राप्त गर्नुभएको थियो । सो प्रदेश सभाको पहिलो निर्वाचनमा प्रदेश सभा क मा २ हजार ७ सय ८५ मत वदर भएको थियो ।

आफ्नो चेला मुख्य मन्त्री बन्दा पूर्व सभामुख महरा खुशी
आफूले पढाएको विद्यार्थीले प्रगति गरेको देख्दा जो कसै गुरुलाई पनि खुशी लाग्ने कुरा स्वभाविक कै हो । यस्तै अनुभूति पूर्व सभामुख कृष्णबहादुर महरालाई पनि भएको छ । आफूले पढाएको विद्यार्थी कुलप्रसाद केसी हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नुभएको खुशी बन्नु भएको छ । गाउँकै विद्यालयमा अध्ययन गरेपछि बाल कल्याण नमूना माध्यामिक विद्यालयमा पढाउनुभएको थियो । हाल निकै खुशी लागेको बताउनुभयो । साथै केसीले महेन्द्र बहुमुखी क्याम्पसबाट आइ ए सम्मको अध्ययन गर्नुभयो । रोल्पा र दाङमा प्रमाणपत्र तह उतीर्ण गर्नुभएको साविकको गाविस तुक्ला लगायतको विद्यालयमा अध्यापन गराउनुभएको थियो ।
कृति प्रकाशनः सामान्य परिवारमा जन्मनुभएका केसीले सानै देखि लेखन कार्यमा रुची राख्ने भएपछि लेखन यात्रालाई पनि निरन्तरता दिनुभएको थियो । राजनीतिक कामको चापले गर्दा चीनको संविधानको मौलिकता र भारतीय जेल जीवनको ३८ महिनाको जेल डायरी प्रकाशन गर्नुभएको छ ।
बिदेश भ्रमण
विदेश भ्रमणमा खासै चासो नराख्ने नेता केसीले चिनिया कम्युनिष्ट पार्टीले निमन्त्रणा गरेको चीन भ्रमण र हङकङाको समेत भ्रमण गर्नुएको छ ।

नमूना योग्य काम गर्ने मुख्य मन्त्रीका रुची
सरल स्वभाव, सामान्य जीवन शैलीका नेता कुल प्रसाद केसीको आफूलाई दिएको जिम्मेवारी निरन्तर रुपमा निर्वाह गर्ने, नमूना योग्य काम गर्ने अरुले भन्दा फकर परिणाम निकाल्ने, काम सम्पादनमा जहिलो पनि राम्रो भएको देख्न चहाने मुख्यमन्त्रीको स्वभाग रहेको छ । जनताले सधै साधा जीवन उच्च विचारको आदर्शका रुपमा ग्रहण गराउनु नै पहिलो इच्छा रहेको बताउनभयो ।
मुख्य मन्त्रीको चुनौती
मुख्य मन्त्री केसीले पहिले आफूलाई माओवादी केन्द्रले मुख्य मन्त्रीका रुपमा प्रस्तुत गरेको भए पनि राजनीतिक अवस्थाका कारणले हुन सक्नु भएन । राष्ट्रिय राजनीतिमा आएको बदलावले मुख्य मन्त्री बनाएको छ । करिव ८ महिनामा आफ्नो दुरदृष्टि हुँदा हुँदै पनि कम समय हुन, गठबन्धनको सरकार बन्नु, प्रदेशबासीको आवश्यकता असिमिति हुनु, राजधानी भालुबाङमा संरचना निर्माण गर्नु, कोरोनाबाट प्रदेशवासीलाई मुक्त गर्ने लगायतको चुनौती रहेका छ ।
मुख्य मन्त्रीको इतिहासमा नाम लेख्न सफल केसी राष्ट्रिय राजनीतिमा आएको उतार चदावसँगै वर्ग संघर्ष, जनयुद्ध, शान्ति पूर्ण आन्दोलनका एक हस्ती योद्धा कुलप्रसाद केसीले गौरवपूर्ण इतिहास निर्माण गर्न सफल भएका छन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्री आफ्नो नाम दर्ज गर्नुभएको छ । उहाँले भने झै जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायत तमाप परिवर्तनको आन्दोलनको शहीदहरुको बलिदान र घाइते अपाङ्गहरु, आम श्रमजीवी जनताको योगदानबाट सृर्जित एउटा नाममा सोनाम । सोमलाईलाई सबै पश्चिम नवल परासी देखि बर्दिया चिसापानीका जनता, भैरहवाको मर्चवारदेखि सिस्ने हिमालसम्मका नागरिकलाई शुखी दिन सक्नु । सधै देश र जनताको लागि शिर उच्च बनाएर हिड्ने मार्ग निर्माण गरी अगाडि बढी रहनु । संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु वेच्ने व्यवस्थाका विरुद्धमा लड्नुभएका एक, क्रान्तिरकारी, कुशल संगठनका लागि खशीको टाउँको देखाएर खसीकै मासुको व्यापार गर्ने राजनीतिक संस्कारको विकार गराएर अगाडि बढनका लागि सोनाम सफल मुख्य मन्त्री बन्नु हुनेछ । छोटो समय भए पनि जनयुद्धको आधार इलाका प्रदेश, शान्तिका अग्रदुत गौतम बुद्धको नामबाट प्रशिद्ध लुम्बिनीलाई नमूना बनाउने सुनौलो एवं आहा लुम्बिनी प्रदेश निर्माण गर्न एउटा मार्ग कोर्न सक्ने एउटा राजनीतिक मार्ग कार्नुहोस शुभकामना ।
लेखकः पत्रकार महासंघ रोल्पाको निवर्तमान अध्यक्ष एवं प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशको संयोजक हुनुहुन्छ ।

You may also like