राेल्पा नगरपालिकाबाट लिबाङ बजार क्षेत्रमा क्लोरिन औषधी छर्कियो

राेल्पा नगरपालिकाबाट छर्कियाे लिबाङ बजार क्षेत्रमा क्लोरिन औषधी

५ वैशाख, लिबाङ–रोल्पा


रोल्पा नगरपालिका कार्यालय रोल्पाको पहलमा नोबेल कोरोना भाइरस (कोभिड–१९)को किटाणु सहित अन्य रोगको किटाणुबाट बच्नका लागि आज लिबाङ बजारमा क्लोरिन औषधी आज लिबाङ बजारमा छर्किएको छ । नगरपालिकाले यसबाट नगरबासीहरुलाई बचाउन र बच्नका लागि विभिन्न जनहितमा आधारित कार्य गर्दै आएको छ ।
विश्वभरिमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमित न्यूनिकरणको लागि नगरपालि कार्यालयको पहलमा लिबाङ बजार क्षेत्रमा क्लोरिन औषधी छर्किएको रोल्पा नगरपालिका कार्यालय रोल्पाका नगर प्रमुख पूर्ण के.सी.ले बताउनुभयो । उहाँले बजार क्षेत्रमा मौसमी परिर्वतनसँगै विभिन्न रोगहरुको किटाणुहरु पनि सक्रिय हुनेभएकोले महामारी नफैलियोस् भनेर यो औषधी बजार क्षेत्रमा नगरपालिकाले छर्किएको जानकारी दिनुभयो । नगरपालिको पहलमा लिबाङ स्थित खद्ग दल रोल्पाको प्राविधिक सहयोगमा आज लिबाङ बजारमा औषधी छर्र्किएको हो भने लिबाङ बजारमा यो औषधी छर्किने नगरपालिकाले तय गरेको छ । यस भाइरसको संक्रमित नियन्त्रणका लागि लागू गरेको लक डाउन नगरपालिकामा प्रभावकारी कार्यन्वयन भएको छ । साथै भाइरस एक व्यक्तिको सम्पर्कबाट नै सर्ने भएको हुँदा आगामी दिनमा लक डाउनलाई प्रभावकारी कार्यन्वयसँगै व्यक्तिगत आनीबानी र सफाईमा विशेष ध्यान नगरबासीहरुलाई अनुरोध गर्नुभएको नगर प्रेस संयोजक देवी कुमारीले जानकारी दिनुभयो ।

You may also like