निम्रीमा सडक सफा गर्दै गर्दा डोजरलाई पहिरोले राेक्याे


रोल्पा समाचारदाता
भाद्र ९ रोल्पा

This image has an empty alt attribute; its file name is dojar-sir.jpg


रोल्पाको सदरमुकामदेखि माडीचौर घर्तीगाउँ सडक खण्ड बीचमा निम्रीमा सडक सफा गरिरहेको बेलामा माथीबाट पहिरो आएर स्काभेटरलाई नै क्षति पु¥याएको छ । बाटो मर्मतको क्रममा र पहिरोले क्षति पु¥याएको हो ।
साझपख सफा गर्दै गर्दा एक्कासी माथीबाट पहिरो आएपछि बा २ क ५२७९ को स्काभेटरलाई नै अबरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेश राज सुवेदीले बताउनुभयो । निम्रीमा विगतदेखि पहिरो निरन्तर आउने क्रम रहेको त्यसलाई नगरपालिकाको समन्वयमा सफा गरी यातायात सञ्चालनका लागि गरिरहको बेलामा सो घटना भएको नगरप्रमुख पूर्ण केसीले बताउनुभयो । हाल घर्तीगाउँदेखि लिबाङ आउने यात्रुहरु विच बाटोमै अलपत्र रहेको छन् । सो पहिरालाई भोली विहानबाट पुन सफा गरिने समेत बताइएको छ । सो बाटो सबैभन्दा रोल्पाको लिबाङदेखि घर्तीगाउँ हुँदै सल्यान र थबाङ गाउँपालिकासम्म जोड्न मुख्य सडकको रुपमा रहे पनि सुधार तथा स्तोरउन्नती हुन सकेको छैन । यस विषयमा सरोकारवालको ध्यान पनि जान सकेको छैन ।

You may also like