कोभिड–१९ ले ल्याएको महामन्दी र यसको अर्थ राजनीतिक प्रभाव

कोभिड–१९ ले ल्याएको महामन्दी र यसको अर्थ राजनीतिक प्रभाव

लेखमणी खड्का

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर ट्रेडोस अधोनम गेब्रेससले गत अप्रिल ०८, बुधबारका दिन डब्लु. एच. ओ. को नियमित पत्रकार सम्मेलनमा निकै भावुक हुँदै आफूलाई ज्यान मार्ने धम्की आएको कुरा बताए । सो पत्रकार सम्मेलनमा डाक्टर ट्रेडोसले यसको पृष्ठभूमी समेत उजागर गर्दै भने,“गएको दुई तीन हप्तादेखि म माथि दुव्र्यवहार हुँदै आईरहेको छ । व्यक्तिगत आक्रमणदेखि जातीय दुव्र्यवहार गर्ने समेतका घटना भएका छन् । मलाई कालो जाती वा हब्सी भनेर अपमानका साथ बोलाईएको छ । तर, मलाई कालो हुनुमा गर्व छ । सारा मानव जाती महा संकटमा धकेलिएको बेला मेरो ज्यान मार्ने धम्कीलाई मैले त्यति मतलब गरेको छैन । म संसारभरका मानव जातीको रक्षाको निम्ति संघर्ष गरिरहेको छु ।”
महानिर्देशक डाक्टर ट्रेडोसले यो भनि रहँदा धेरै जसो पत्रकार तथा अध्याताहरुले सजिलै अनुमान गरिसकेका थिए कि, उनीमाथि कोबाट असुरक्षा भयो वा उनीलाई ज्यान मार्ने धम्की सहितको नश्लिय दुव्र्यवहार कसले ग¥यो भन्ने । डाक्टर ट्रेडोसमाथिको यो दुव्र्यवहार गर्ने अरु कोहि थिएन, आफ्नो खैरो कपाल र गोरो छालालाई मात्र मानव देख्ने । तर, कालो वर्णलाई दास देख्ने मनोवृत्तिका अमेरिकी एलिनहरु नै थिए । यो एउटा प्रतिनिधि घटनाले के पनि पुष्टि गर्छ भने, साम्राज्यवादको कवचको रूपमा रहेको पुजीवादी अर्थ व्यवस्थाले कहिल्यै पनि समतामूलक समाजको उद्य वा निर्माण गर्दैन, न त विभेदका खाडलहरुलाई नै पुर्न अग्रसर हुन्छ । कोभिड– १९ ले ल्याएको अहिलेको यो महा संकट र यसमाथि वर्तमान पुजीवादी अर्थ व्यवस्थाको बारेमा अध्ययन गर्न जरुरी छ ।
संसार प्राय अहिले लक डाउनमा रहेर सम्पूर्ण मानव जातीहरु घरको ढोकाभित्र बन्दी बनेका छन् । विशेष गरी पश्चिमा युरोप तथा अमेरिका र सामान्यतया सबै महादेशमा बाहिरी सडकहरु सुनसान छन् । मानिसहरु झ्यालबाट समेत बाहिरी सडकको दृश्य हेर्न त्राही त्राही छन् । बेला–बेला एम्बुलेन्सको चर्को साइरन सहित सेतो बस्त्रमा श्वेत सेनाहरु (स्वास्थ्यकर्मी)को गस्ति बाहेक सडकहरु मानव बिहीन छन् । मान्छेलाई घरभित्र थुनेर सडकमा स्वेत सेनाहरुले भाइरससँग लड्ने लडाइँको जोखिम, दोस्रो विश्वयुद्धमा फ्याटमेन र लिटलब्यायले हिरोसिमा र नागासाहिमा मच्चाएको वितण्डाभन्दा कम पेचिलो छैन । यो महा सङग्रामको नेतृत्व तिनै डाक्टर ट्रेडोसले गरिरहेका छन् । अमेरिकी इसरामा कठपुतली जसरी चल्न नमानेपछि तिनै डाक्टरमाथि अमेरिका र विशेष गरी त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पबाट निरन्तर प्रहार र अपमान भै रह्यो । ट्रम्पको अकुटनीतिक प्रहार यहाँसम्म गिरेर गयो कि डाक्टर ट्रेडोसमाथि ज्यान मार्ने धम्की र डब्लु.एच.ओ. को भूमिकामाथि प्रश्न उठाउँदै डब्लु.एच.ओ. लाई अमेरिकाले दिँदै आएको सहयोग रोक्का गर्ने घोषणासँगै ट्रम्पले आफ्नो सचिवालयलाई सो घोषणालाई कार्यान्वयन गर्न यहि १४ अप्रिलमा निर्देशन समेत दिए । डब्लु.एच.ओ.ले अमेरिकाबाट नियमित पाउने वार्षिक रु ४० करोड डलर अनुदान अब पाउने छैन । विश्वको कुनै एउटा कुनाबाट यो परिदृश्यलाई हेरिरहदा, यो परिघटनालाई आश्चर्य मान्नु पर्ने कुनै कारण छैन किनभने आफ्नो इसरामा चल्न नमान्ने कुनै पनि व्यक्ति वा सार्वभौम राष्ट्रलाई अमेरिकाले आफ्नो शक्ति र सामाथ्र्यले भ्याएसम्म नसिद्द्याएको इतिहास नै छैन । डाक्टर ट्रेडोसमाथि ट्रम्पको यो असहिष्णु धम्की, अमानवीय व्यवहार तथा यो विषम घडिमा डब्लु.एच.ओ. माथि थुपार्न खोजेको आर्थिक नाका बन्दीले उसको साम्राज्यवादी नीतिभित्र मौलाएको पुजीवादी अर्थ व्यवस्थामा गम्भीर संकट देखा परेको छ र त्यसको छट्पटीपूर्ण प्रतिक्रिया स्वरुप ट्रम्पका यी बौलाहट अभिव्यक्ति र व्यवहार आएको कुरा अनुमान लगाउन कुनै गाह्रो छैन । यो टिप्पणीमा पुजीवादी विश्व अर्थ व्यवस्थाको अहिलेको सामान्य चित्र र यसको आगामी असरहरुको अर्थ राजनीतिक विश्लेषण गर्ने कोसिस गरिएको छ ।
१. विश्व अर्थ व्यवस्थाको वर्तमान अवस्थाहरुः
सोभियत संघको विघटनपछि संसारमा एकछत्र मौलाएको अर्थ व्यवस्था भनेकै पुजीवादी अर्थ व्यवस्था हो । जहाँ उदारीकरणको आवरणमा राष्ट्रिय सम्पत्तिको निजीकरण, निगम पुजीवादको उद्य तथा भूमण्डलिकरण, यो अर्थ व्यवस्थाका प्रमुख खम्बाहरु बनेर आए । सोभियत संघको विघटन, समाजवादी राज्यहरुको लागि नमिठो सत्य थियो । त्यस पश्चात् समाजवादी अर्थ व्यवस्था अङ्गिर गरेका सीमित राज्यहरु निकै रक्षात्मक अवस्थामा पुगे र आफ्नो अस्थित्व जोगाउन मै तल्लीन भएर लागे । उदारीकरण वा पुजीवादमाथि आक्रामक हस्तक्षेप गर्ने हैसियतमा उनीहरु रहेनन् । क्युव , भियतनाम, भेनेजुयला जस्ता केही सीमित राष्ट्रहरु बाहेक कतिपय समाजवादी मुलुकहरु पुजीवादको यो आक्रमण र हस्तक्षेपसामु टिक्न सकेनन् र संसारभर पुजीवादी अर्थ व्यवस्था निसन्देह हाबी भै रह्यो । निरन्तर संघर्षबाट आफ्नो अस्तित्व जोगाइरहेका केही सीमित समाजवादी मुलुकहरुले विशेष गरी पुजीवादी व्यवस्थाको महानायक अमेरिकाको आजीवन शीतयुद्ध, नाकाबन्दी र आक्रमण झेलिरहे । तर, सन् १९५६ पछि बेलायतको महाशक्तिको ताज खोसेर महाशक्तिको रूपमा उदाएको अमेरिकाको इतिहासमै पहिलो चोटि उसको पुजीवादी अर्थ नीतिले गम्भीर धक्का खाएको छ । अझ भनौं, संयुक्त राज्य अमेरिका, महाशक्तिको रूपमा उदाएपछि पुजीवादी अर्थतन्त्रमा यति ठूलो धक्का यस अघि कहिल्यै भएको थिएन । सन् १९३० (जतिबेला महाशक्तिको ताज अमेरिका सग थिएन) पछि संयुक्त राज्य अमेरिका र संसारभरकै अर्थतन्त्र ग्रेट डिप्रेसनमा परेको छ ।

१९ औं शताब्दीपछिका प्राय पछिल्ला आर्थिक मन्दीहरु मानिसले माग र पूर्ती तथा आय र व्यायमा समान्जस्यता कायम गर्न नसक्दा कृर्तिम रूपमा सिर्जिएका थिए भने अहिलेको महामन्दी भनेको त्यस्तो कृर्तिम नभई प्राकृतिक रूपमा सृर्जित समस्या हो । समस्या प्राकृतिक भएता पनि यसका असरहरु सामाजिक तथा अर्थ राजनीतिक हुन्छन् । संसारमा अहिलेको जत्तिकैको ग्रेट डिप्रेसन पछिल्लो समय सन् १९३० को दशकमा भएको थियो, यद्यपि त्यो डिप्रेसन प्राकृतिक थिएन । अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्जमा आएको भारी गिरावट उक्त ग्रेट डिप्रेसनको प्रमुख कारण थियो । सन् १९२३ देखि नै अमेरिकी शेयर मार्केटमा निकै उछाल आईरहेकोमा त्यतिबेलाका अर्थविद्, अर्थशास्त्री तथा नीतिकारहरुले समयमै व्यवस्थापन गर्ने प्रपञ्च नगर्दा सन् १९२९ मा त्यहाँको शेयर मार्केटमा अस्वभाविक अवस्था सृजना भयो । परिणाम स्वरूप सन् १९२९ अक्टोबर २४ मा एकै दिन ग्रेट डिप्रेसन भै लगानीकर्ताहरुको ५ अर्ब डलर स्वाहा भयो भने २४ अक्टोबरदेखि २९ अक्टोबरसम्मको ६ दिनमै लगातार डिप्रेसनको प्रभावले १४ अर्ब डलर डुब्यो । यो डिप्रेसन अमेरिकी शेयर मार्केटको इतिहासमा र सिङ्गो विश्व समुदायको लागि पनि निकै कहाली लाग्दो थियो । यो मन्दिको असरले सन् १९३२ सम्म अमेरिकी शेयर मार्केट ८९ प्रतिशतसम्म गिरावट आयो भने त्यसको असर हिन्दु महासागर पारीको भारतीय शेयर मार्केटमा (त्यतिबेला भारत ब्रीटेनको उपनिबेशमै थियो) समेत परेर करिब २३ प्रतिशतले गिरावट आएको थियो । यो ग्रेट डिप्रेसनलाई रिकभर गर्न सारा विश्वलाई झण्डै एक दशक समय लाग्यो । सन् १९३० को आर्थिक महामन्दीको एउटै कारण त थिएन । तर, अमेरिकी शेयर मार्केटको असन्तुलित भारी गिरावटलाई नै मुख्य मानिन्छ । जसमा लगानिकर्ताको करीव ४० अर्ब डलर स्वाहा भएको थियो भने करीव ९ हजार बित्तीय संस्था तथा बैंकहरु टाट पल्टेका थिए । बहु राष्ट्रिय कम्पनी, बित्त निगम र उद्योगहरु बन्द हुँदा संयुक्त राज्य अमेरिकामा मात्रै करीव २३ प्रतिशत रोजगारी कटौती भएको र विश्व भर यो आकडा करीव ३३ प्रतिशत हाराहारी थियो । स्मरण रहोस् कि १९३० मै अहिलेको कोरोना भाइरसको प्रारम्भिक प्रजाती पृथ्वीमा पहिलो चोटि देखा परि त्यतिबेलै महामारीको रुप लिएको थियो भने १९४० मा पनि पुनः देखा परेको थियो । यही भाइरस सन् २००२ मा साउथ चाइनामा सार्स भाइरसको रूपमा देखा परि महामारीकै रुप लिएको थियो भने सन् २०१२ मा केही अरेबियन देशहरुमा मार्स भाइरसको रूपमा देखा परेको थियो ।
संसारको अहिलेको अर्थतन्त्र आजभन्दा १२ वर्ष अघि (सन् २००८) को बित्तीय संकटभन्दा पनि गहिरो ऋणको भुमरीमा फसेको छ । अझै भनौं, अघिल्लो शताब्दीको सन् १९३० को महामन्दीको हाराहारीमा डुबेको छ । सन् २००८ मा बैंकहरु माथिको जोखिमपूर्ण ऋण प्रवाह र कर्पोरेट हाउसहरु माथिको अधिक लगानी नै डिप्रेसनको मुख्य कारण थियो । यो मन्दिको इपिसेन्टर पश्चिम युरोप थियो भने पुजीवादी अर्थ व्यवस्थाका सारा विश्वभर यसका छालहरु नराम्ररी निस्किए । ग्रीसको अर्थतन्त्र यसको पहिलो सिकार बन्यो । युरोपमा मात्रै करोडौंको रोजगारी गुम्यो भने, मानिसहरुको थाप्लोमा अस्वभाविक ऋणको भारी थुपरियो । २००८ को महामन्दीको भुङ्ग्रोबाट संसार पूर्णरुपले उठन नपाउँदै कोभिड–१९ ले ल्याउने ग्रेड डिप्रेसनको दलदलमा पुनः विश्व डुबिसकेको छ । अहिलेको यो कोभिड–१९ को विश्वव्यापी महामारीको प्रभाव जति अगाडिसम्म रहन्छ, यसले संसारमा पार्ने आर्थिक असरहरु त्यति नै जटिल हुँदै जानेछन् ।
यसै सन्दर्भमा, कोभिड–१९ ले दलदलमा पु¥याएको विश्वको आर्थिक अवस्थाको भविष्यका बारेमा अर्थ सरोकार राख्ने विभिन्न आर्थिक निकाए, एजेन्सी तथा विज्ञहरुले अनुमान तथा प्रक्षेपण गरेका छन् । यद्यपी सबैको निचोड एउटै ठोस अंकमा भने छैन । विश्व व्यापार संगठन (डब्लु.टि.ओ.) का प्रमुख रोबार्टो ऐजेवेदोका अनुसार अहिलेको कोभिड–१९ को महामारीबाट विश्व व्यापारमा एक तिहाईले कमी आउन सक्नेछ भने संसारभर सन् २००८ को भन्दा ठूलो आर्थिक मन्दी आउनेछ ।
रोबार्टो ऐजेवेदोको भनाईसँग मिल्दो जुल्दो अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोष (आई.एम.एफ.) का प्रमुख क्रीस्टलिना जर्जिवाको पनि छ । उनका अनुसार, “कोभिड–१९ को कारणले विश्वको अर्थतन्त्र, सन् १९३० को महामन्दीपछिको सबैभन्दा खराब अवस्थामा हुनेछ । यो खराब अवस्थालाई उनले एक असाधारण अनिश्चित्ताको संज्ञा दिएकी छन् । विश्वका करीव १७० भन्दा बढी राष्ट्रहरुको प्रति व्यक्ति आयमा ह्रास आउने (घटने) छ । मुद्रा स्फीतिमा अस्वभाविक परिवर्तन आउने छ ।”
संयुक्त राष्ट्र संघ (यु.एन.ओ.) को एक अध्ययन अनुसार कोरोना महामारीका कारण विश्वमा करीव ८१ प्रतिशत काम काजीलेपूर्ण वा आंशिक रूपमा आफ्नो काम गुमाउने छन् । यसको अर्थ रोजगारी गुम्नेको आकडा निकै डर लाग्दो हुनेछ । मानिसको रोजगारी गुम्दा उत्पादनमा ह्रास आउने छ, जसको असर जि.डि.बि. मा प्रत्येक्ष पर्नेछ । संसार ऋणमा चुर्लुम्म डुब्नेछ । यसले गरीवीको पर्खाललाई अस्वभाविक रूपमा बढाउने छ । यो महामन्दीले समाजमा ल्याउने असरहरुको पूर्ण आकलन गर्न अहिले नै हतारो हुनेछ ।
सन् २००८ को आर्थिक मन्दिको गहिरो असर ठूला अर्थतन्त्र मानिएका पश्चिमा युरोप क्षेत्रमा परे पनि पृष्ठ क्षेत्रका विकासोन्मुख तथा विपन्न राष्ट्रहरुमा त्यति धेरै परेन् । अझ भनौं, युरोपबाट नेपाललाई आउने केही वैदेशिक अनुदान कटौती बाहेक नेपालको आर्थिक वृद्धि वा जि.डि.पि. मा खासै असर परेन् । किनभने तत्कालीन समयमा नेपालको ऋण प्रवाह र कर्पोरेट हाउसमाथिको लगानीको ग्राफ त्यति ठूलो स्केलमा थिएन । नेपालको श्रम बजारको ठूलो हिस्सा युरोप नभएर खाडी मुलुक र केही एसियाली मुलुकहरु थिए । जसको कारण रेमिट्यान्स र आन्तरिक उत्पादनमा खासै असर नपर्दा नेपालको अर्थतन्त्रले त्यति भयावह अवस्थाको सामना गर्नु परेन्, जति अबको नेपालको अर्थतन्त्रले चुनौती व्यहोर्नु पर्ने अवस्था सृजना भएको छ । गत आ.व. मा करीव ७ प्रतिशतको हाराहारीमा रहेको नेपालको आर्थिक वृद्धिदर चालू आ.व.मा खुम्चेर अधिकतम ५.३ प्रतिशत भन्दा माथि नजाने प्रक्षेपण एसियाली विकास बैंक (ए.डि.बि.) ले गरेको छ । ए.डि.बि. को प्रक्षेपण भन्दा पनि झनै डर लाग्दो चित्रण विश्व बैंक (वर्लड बैंक) को छ । वर्लड बैंकको प्रक्षेपण अनुसार नेपाल सहित सिङ्गो साउथ एसियाको औसत आर्थिक वृद्धि १.५ देखि अधिकतम २.८ भन्दा माथी नजाने अनुमान गरेको छ । अहिलेको यो विषम अवस्थालाई हेर्दा आर्थिक वृद्धिलाई ऋणात्मक अबस्थामा जानबाट रोक्न सकियो भने मात्रै त्यो निकै सफलता युक्त कार्य हुनेछ । अन्तर्राष्ट्रिय श्रम संगठन (आई.एल.ओ.) का अनुसार, यो महामन्दीको कारण संसारभर करीव २.५ करोड मानिसहरुले रोजगार गुमाई पुर्ण रुपले बेरोजगार हुने र करीव ४० करोड मानिसहरु निरपेक्ष गरीवीको रेखामुनि जानेछन् ।

संसारको अर्थतन्त्रसँग सरोकार राख्ने सम्पूर्ण निकाय, संस्था तथा एजेन्सीहरु समेत अहिले अन्यौलमा छन् । विश्वको अर्थतन्त्र अनिश्चयको भुमरीमा रन्थनिएको छ । वर्लड बैंक, ए.डि.बि, आई.एम.एफ, आई.एल.ओ, डब्लु.टि.ओ. जस्ता अर्थ सरोकार राख्ने आधिकारिक बित्त निगमहरुका सर्बेक्षण र निचोडको अङ्कहरुमा एक रुपता छैन । आई.एल.ओ.ले कोभिड– १९ को प्रकोपका कारण संसारभर करीव २.५ करोड मानिसले रोजगारी गुमाउने आकलन गरेकोमा गत हप्ताको तथ्यांकलाई मात्रै हेर्ने हो भने पनि संयुक्त राज्य अमेरिकामा मात्रै १ करोड ६३ लाख रोजगारी कटौती भएको छ । बेलायतको एउटा निगम ब्रीटिस एयरवेजले मात्रै ७५ प्रतिशत कर्मचारीहरुलाई घर पठाएको छ । यो तथ्यलाई हेर्दा संसारभर २.५ करोड मानिसहरुले मात्रै रोजगारी गुमाउने होइन, यसको आकडा ५० औं करोड पुग्न सक्ने अनुमान गर्न सकिन्छ । यसको सोझो अर्थ के हो भने, कोभिड–१९ को प्रकोपले अबरुद्ध गरेको बित्तीय मार्ग अब कस्तो हुनेछ भन्ने कुराको ठोस आकलन तथा चित्रण प्रस्तुत गर्न यी निकायहरु पनि सकिरहेका छैनन् । किनभने प्रत्येकका प्रक्षेपण र सम्भावित आकडा फरक फरक छ । तर, सबैको साझा निस्कर्ष चाहिँ के छ भने कोभिड–१९ को महामारीले ल्याएको यो महा संकटले विश्वको आर्थिक वृद्धिदर निकै घटने, ठूलो संख्यामा रोजगारी गुम्ने, गरीवी बढ्ने, यसको क्षतिलाई परिपुरण गर्न दशकौं लाग्ने र त्यसको लागि निकै ठूलो चुनौतीको सामना गर्नुपर्ने छ ।
अहिले विश्व अर्थतन्त्रका सारा सूचकहरु रातो बत्ती बालेको अवस्थामा छन् । पहिलो, कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । शुन्य प्राय अवस्थामा पुगेको आर्थिक गतिविधिका कारण अत्यन्तै न्यून माग तर, अत्यधिक उत्पादनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई दशक यताकै न्यून अवस्थामा आइपुगेको छ, यद्यपी ओरालो लाग्ने क्रम जारी छ । दोस्रो, न्यून नाफा गर्ने उद्योगहरु सबैभन्दा ठूलो मारमा छन् । बरु अधिक पुजी संचितिका कारण बहु राष्ट्रिय कम्पनीहरु अहिले नै टाट पल्टिने अवस्थामा छैनन् । तर, गरीव देशका लघु उद्योगहरु निकै ठूलो समस्यामा छन् । त्यसैगरी स्थानीय उत्पादनले बजार पाउन सकिरहेको छैन । किसानको खेतमा उत्पादित कृषिजन्य उत्पादनहरु जहाँको त्यही सडेर जादैछन । बन्दाबन्दीको कारण दुग्ध जन्य उत्पादनले बजार नपाउँदा किसानले सडकमा पोखिरहेका छन् । आर्थिक गतिविधिको ब्रेकको कारण श्रमिकहरुको रोजगारी संकटमा छ । रोजगार बिहीन मजदुरहरुको चुल्हो बल्न नसक्ने अवस्था सृजना भएको छ । स्टक मार्केट ठप्प छ । गरीव तथा अल्पविकसित देशहरुलाई धनी राष्ट्रहरुले दिँदै आएको अनुदानमा धमाधम कटौती हुन थालेका छन् । बहु राष्ट्रिय कम्पनीहरुको सुस्तता तथा बन्दोबन्दी, सुनसान एयरपोर्ट र ड्राईपोर्टहरु, चहलपहल बिहीन बन्दरगाह, मोटर बिहीन सडक, रेल तथा मेट्रोका रित्ता डिब्बा, ताल्चा लागेका होटेल तथा रेस्टुराँ, बेरोजगार श्रमिक आदि रेड जोनमा परेका सूचकहरुले विश्व अर्थतन्त्रलाई नराम्ररी प्रभाव पारेको छ ।
२. महामारीपछिको अर्थ राजनीतिक प्रभावः
कोभिड–१९ को प्रकोपका कारण सिङ्गो मानव जाती अहिले संकटमा छ, अपितु यो संकट करीव ६ करोड ५५ लाख वर्ष अघि नेबुला प्लानेटको सौर्य मण्डलमा प्रवेश भै पृथ्वीमा भएको गुरुत्वाकर्षण र वातावरणीय परिवर्तनका कारणले सिङ्गो डाइनोसर प्रजातिको अन्त्य तथा अन्य सजीवहरुको लोप भए जस्तो मानव प्रजातिकै लोप भै हाल्ने प्रकारको महा संकट भने यो होइन । यसको अर्थ, केही विषम परिस्थितिका बाबजुद पनि मानव जाती अझै पनि सुरक्षित अवस्थामै छौँ । हामी कोरोना भाइरससँगको लडाइँमा केन्द्रीत छौँ, जुन लडाइँको मोर्चामा हामी सम्पूर्ण मानवहरुका भूमिका फरक–फरक तोकिएका छन् । यो लडाइँको सबैभन्दा अग्र भागमा राष्ट्रका श्वेत सेनाहरु (स्वास्थ्यकर्मी) तैनाथ छन् । उनीहरु भाईरससँग प्रत्येक्ष लडिरहेका छन् । त्यसैगरी संसारभरका माइक्रोबायोलोजिस्ट तथा वैज्ञानिकहरु ल्याबमा टेस्ट रिटेस्ट गर्नमा रात दिन तल्लिन छन्, यानेकी भाइरस विरुद्धको भ्याक्सिन तयार गर्न सकियोस् । यो लडाइँमा हामी सर्वसाधारण मानिसहरु सबैभन्दा सजिलो आर्कमा छौं कि आफ्नै घरको मुल गेट वा मुल ढोका बन्द गरेर घरभित्रै बसी लडाइँको मोर्चा सम्हाल्दै छौं । हाम्रो यो भूमिकाले फ्रन्टलाईनका श्वेत सेनाहरुलाई कमाण्ड सम्हाल्न सहज हुनेछ ।
हामी अहिले लक डाउनको अवस्थामा घरभित्रै बन्दाबन्दिमा छौँ । घरभित्र रहेर ईन्टरनेट तथा टि.भि.का पर्दाहरुमा पुरै संसारका ठूला–ठूला आवादियुक्त सहरहरु पूर्ण रुपले सुनसान र सडकहरुमा जंगली जनावरहरुको चहलपहल देख्न थालेका छौँ । यो बन्दाबन्दिको अवस्था अझै कहिलेसम्म जारी रहन्छ भन्ने कुरा अहिले नै एकिन गर्न सक्ने अवस्थामा छैन् । तर, के चाहिँ एकिनका साथ भन्न सक्छौं भने, कोरोना युद्धको प्रत्येक नियमहरुलाई हामीले सतर्कताका साथ पालन गर्यौ भने हामीले यो लडाइँमा जित हासिल गर्नेछौं । अन्वेषकहरुले छिट्टै यो भाइरस विरुद्धको भ्याक्सिनलाई बाहिर ल्याउने छन् । अनि कोरोनासँगको जोखिमपूर्ण लडाइँ सदाका लागि अन्त्य हुनेछ । हामी ढिलो वा चाँडो यो लक डाउनबाट बाहिर निस्कने छौँ । जब हामी बाहिर निस्कने छौँ, तब यो संसार पुरानै अवस्थामा हुने छैन । संसारका उत्पादन प्रणालीमा ठूलो परिवर्तन देखिने छन् । राज्यहरुका संरचना तथा शक्तिको प्रभुत्व बदलिएको हुनेछ । प्राकृतिक वातावरणमा पनि उल्लेख्य परिवर्तन आउने छ । किनभने सामाज, समय र शक्ति जहाँको त्यही स्थिर हुँदैन, यो गतिशिल हुन्छ । यसको गतिशिलतासँग जो प्रवाहिकरण हुन सक्छ, त्यसको शक्ति तुलनात्मक रुपले दीगो हुन्छ भने जो प्रवाहिकरण हुन सक्दैन, त्यसको शक्ति अल्पकालीन मात्रै हुन्छ । यो शाश्वत सत्यको नियम हो ।

यो महाबन्दी र बन्दाबन्दिको पहिलो असर संसारको उत्पादन प्रणाली र अर्थ व्यवस्थामा पर्नेछ भने संसारको शक्ति संरचनामा समेत यसको गहिरो प्रभाव पर्नेछ । दुनियाँको शक्ति संरचनाको इतिहासलाई हेर्ने हो भने, जतिबेला कोलम्बसले अहिलेको उत्तर अमेरिकाको भूमी पत्ता लगाउँदै थिए, संसारभर स्पेन साम्राज्य हाबी थियो । विश्व महाशक्तिको नेतृत्व गरेका यिनै स्पेन, इटाली, डच, ब्रीटेन आदिका साम्राज्य तथा सुपर पावरहरु कालान्तरमा यस्तै संकट र परिस्थितिले पल्टाई दियो, भलै विश्व साम्राज्य विस्तार तथा महाशक्तिको गलत समयमा गलत सपना बोकेर जुर्मुराउन खोजेका हिटलरको मुर्खताले उनि आफैलाई आत्म हत्याको बाटो रोज्न बाध्य तुल्यायो । तसर्थ महाशक्ति र विश्व नेतृत्वको लागि अबको लडाइँ सामरिक तथा कुटनीतिक हुनेछ । आजभन्दा ६४ वर्ष अघि संसारको अर्थतन्त्र र महाशक्तिको नेतृत्व गर्न पुगेको संयुक्त राज्य अमेरिकाको उत्पादन प्रणाली, अर्थतन्त्र र नेतृत्व इतिहासमै सबैभन्दा कठीन र जर्जर मोडमा छ ।
कुनै पनि देशको अर्थ व्यवस्था तथा उत्पादन प्रणाली कस्तो हुने र त्यसलाई कसरी परिस्कृत गर्ने भन्ने कुरा त्यस देशको कार्य कारिणी नेतृत्वको भूमिकामा पनि निर्भर गर्छ । सायद जर्ज वासिङ्टनपछि अमेरिकी राजनैतिक बृतमा सबैभन्दा आलोचित र पद्धतिलाई अस्तव्यस्तताको भुमरीमा छोडेर ह्वाइटहाउसबाट बिदा लिन लागेका पात्र यिनै डोनाल्ड ट्रम्प होलान् । समग्र अमेरिकाको राजनैनिक इतिहास र संसारको अध्ययनको सीमा मेरो बशभन्दा टाढा होला । तर, केही तथ्यहरुको जगमा टेकेर के चाहिँ प्रष्टसँग भन्न सकिन्छ भने, यस अघिका अमेरिकी कार्यकारीहरुले कुटनैतिक शक्ति सन्तुलन मिलाउँदै जोगाउँदै बचाएको अमेरिकी विश्व महाशक्तिको ताज र कुटनैतिक सम्बन्धलाई ट्रम्प प्रशासनले कोमामा पु¥याएको छ । ट्रम्प एउटा रियलस्टेड व्यापारी हुन्, जुन राष्ट्रपतिमा निर्वाचित हुनुभन्दा ३ वर्ष अघि मात्रै रिपब्लिकनको सदस्यता लिएका थिए र अमेरिकाको इतिहास मै अप्रत्याशित रूपमा ह्वाइटहाउसको यात्रा गर्न सफल भए । कुनै पनि देशको दुनियाँसँग हुने व्यापारिक सम्बन्ध र कुटनैतिक सम्बन्ध नितान्त फरक सवालहरु हुन् । जब व्यापारीले कुटनैतिक क्षेत्रलाई डिल गर्न थाल्छ, त्यहाँ सुधारका पक्षहरुभन्दा बिगारका पक्षहरु बढी हुन थाल्छ । अहिले अमेरिकाले भोगेको समस्या नै त्यही हो ।
उसोभए संसारकै सबैभन्दा शक्तिशाली देश र त्यहाँका नागरिकहरुले एकजना अकुटनैतिक प्रवृत्तिका व्यापारीको हातमा ह्वाइटहाउसको चाबी किन सुम्पिए त ? के अमेरिकी नागरिक त्यति असक्षम छन् ? यो प्रश्न जरुर आउँछ । एउटा व्यापारिको हात र नियन्त्रणमा समग्र अमेरिका वा विश्व महाशक्तिको चाबी पर्नु अमेरिकी नागरिकको पूर्ण दोष होइन, अमेरिकाले अङ्गिकार गरेको पुजीवादी व्यवस्थाको परिणाम हो । जब दुनियाँको अर्थ राजनैतिक व्यवस्थामा पुजीवाद हाबी भैरहन्छ, तबसम्म अमेरिकामा मात्रै होइन, पुजीवादी व्यवस्था भएका प्राय सबै देशहरुमा हजारौं ट्रम्पहरु जन्मिने छन् । किनभने पुजीवादी व्यवस्थाभित्र अङ्गिकार गरिने निर्वाचन प्रणालीमा जहाँ जसले पुजीको अधिकतम अपचलन गर्न सक्यो अन्ततः पल्लाभारि उसैको हुन्छ भन्ने कुराका भुक्तभोगी हामी नेपाली नै छौँ ।
जब ट्रम्प शासनमा आए, उनको पहिलो चाल मै करीव आधा शताब्दीदेखि निकै बलियो साथ पाईरहेको युरोपको साथमा ब्रेक लाग्यो । यदि युरोपको साथ नपाउँदो हो त, अमेरिकी साम्राज्य र महाशक्तिको ताज अमेरिकाले आजसम्म टिकाउन सक्थ्यो वा सक्थेन भन्ने बहस अन्तर्राष्ट्रिय राजनैतिक बृत्तमा उठने गरेको छ । जब–जब यो वा त्यो बाहानामा अमेरिकाले वैदेशिक हस्तक्षेप र आक्रमणको योजना बनायो, सारा युरोपले एकताबद्ध भएर ह्वाइटहाउसलाई साथ दिँदै राजनैतिक, आर्थिक र सैन्य सहयोग गरि रहे । पछिल्लो अफगानिस्तान, इराक, लिबिया, सिरिया काण्डमा हेर्यौ भने त्यो अवस्था पाईन्छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठक होस् वा संसारका शक्तिशाली औद्योगिक राष्ट्रहरुको समूह जी ठ, जी ड को बैठकमा होस्, अमेरिकाले महाशक्तिको हैसियतमा उठाएका मुद्दाहरु र उसका प्रस्तावहरु बलिया हुन्थे । जसलाई युरोपेली राष्ट्रहरुले साथ र समर्थन गर्थे । तर, जब ट्रम्पले उच्च महत्वाकांक्षा र दम्भपूर्ण शैलीबाट बलमिच्याई पूर्वक सुरक्षा परिषद् वा औद्योगिक राष्ट्रको बैठकमा मुद्दाहरु उठाए, अमेरिका एक्लो बन्ने र अमेरिका बाहेकका राष्ट्रहरु एक ठाउँमा उभिने अवस्था सृजना भयो । केवल ट्रम्पका अस्वभाविक अडानका कारण त्यी बैठकहरु प्रतिवेदन जारी नगरे रै समापन भए । हुँदा–हुँदा यतिसम्म भयो कि, जि ड बैठकको नेतृत्व गर्ने जर्मन चान्सलर एन्जेल मार्केलसँग ट्रम्पले बोली नै बारे । पछिल्लो कोरोना संक्रमण काण्डमा ट्रम्पले त्यहि आचरण देखाएर विश्व स्वास्थ्य संगठनलाई आपत्तिजनक आरोप मात्र लगाएनन्, यसका महानिर्देशक डाक्टर ट्रेडोस अधोनम घेब्रेससलाई ज्यान मार्ने धम्की दिँदै जातीय दुव्र्यवहार र डब्लु.एच.ओ. माथिको कानुनसम्मत आर्थिक सहयोगलाई रोकि दिए । के विश्व महाशक्तिको नेतृत्वले यतिसम्म निच र बौलाहट हर्कत गर्न सुहाउँछ ?
यी सबै घटनाक्रमहरु पुजीवादको असफलता र बैकल्पिक समाज व्यवस्थाको उद्यका प्रारम्भिक संकतहरु हुन सक्छन् । अन्तर्राष्ट्रिय सम्बन्धमा दरार पैदा गराएका ट्रम्पले आफ्नै देशको आर्थिक प्रणाली र उत्पादनलाई समेत मजबुत बनाउन सकेनन् । यो कुरा जब अमेरिका कोरोना महामारीको इपिसेन्टरमा प¥यो, तब त्यहाँको उत्पादन प्रणालीलाई विश्व समुदायले हेर्ने र बुझ्ने अवसर पायो । आजको दिनसम्म आइपुग्दा अमेरिकामा कोभिड–१९ बाट संक्रमण हुनेको संख्या गरीव साढे ६ लाख हाराहारी र मृत्यु हुनेको संख्या करीव २८ हजार नाघी सकेको छ । यस्तो विषम परिस्थितिमा अमेरिका चिकित्सकीय सामाग्रीको पनि महासंकटमा फसेको छ । केवल मास्क, ग्राउन, किट, भेन्टिलेटरको लागि चीनलाई गुहार्नुपर्ने अवस्थामा विश्वको आर्थिक महाशक्ति अमेरिका किन पर्यो ? के मास्क, ग्राउन, कीट, भेन्टिलेटर उत्पादन गर्न नसक्ने अवस्थामा अमेरिका पुग्यो ? के उसले उत्पादन गर्ने ल्याकत नराखेको हो ?
अमेरिकाको सामाथ्र्य र शक्ति हँुदा हँुदै उसले अङ्गिकार गरेको उदारीकरण अर्थ व्यवस्थाको कारण नै त्यहाँ यी चिकित्सकीय सामाग्रीहरु उत्पादन नभएका हुन् । अमेरिकाको सिङ्गो अर्थतन्त्र र उत्पादन प्रणाली केही मुठ्ठिभर पुजीपती वा बहु राष्ट्रिय कम्पनीका मालिकहरुको हातमा छ । निजीकरण र उदारीकरणको कारणले त्यहाँको सरकारी संयन्त्र अहिले निकम्मा जस्तै बन्यो । त्यहाँको स्वास्थ्य विभागले भेन्टिलेटर, मास्क सहितका अत्यावश्यकीय सामाग्री तत्काल उत्पादन गर्न सर्कुलर जारी त ग¥यो । तर, उत्पादक कम्पनीहरुले कुनै पनि सामाग्री उत्पादन गरेनन् किनभने त्यी सामाग्रीबाट मालिकहरुले नाफा देखेनन् । पुजीवादको विशेषता भनेकै मानिसको प्राण बेचेरै भए पनी नाफा कमाउनु हो । केवल नाफामा मात्रै जीवन देख्ने सीमित पुजिपतिहरुको कब्जामा त्यहाँको उत्पादन प्रणाली केन्द्रीत हुनुको परिणाम नै संकटको घडिमा त्यहाँ हाहाकार मच्चियो । परिणाम स्वरूप एउटै डुङ्गालाई असन्तुलित पूर्वक दुई विपरित दिशातिर चलाउँदै अत्यावश्यकीय चिकित्सा सामाग्रीको आयात ट्रम्प प्रशासनले चीनसँग गरिरहेको छ भने अर्कोतिर डब्लु.एच.ओ. सँग मुछेर चर्को वाकयुद्द पनि मच्चाईरहेछ । हालै मात्र न्युयोर्कका मेयर कुमोले चीनबाट १ हजार थान भेन्टिलेटर अनुदान र १९ हजार थान भेन्टिलेटर खरिद गरि चीनबाट अमेरिका पु¥याए । उता फ्रान्स र जर्मनिको अर्डरमा उत्पादन गरिएका स्वास्थ्य सामाग्रीहरु चारगुणा मूल्य बढी हालेर बीच बाटोबाटै अमेरिकाले हाईज्याक ग¥यो, जसलाई जर्मन चान्सलरले आधुनिक डकैतीको संज्ञा दिएकी छन् ।
पुजीवादी अर्थ व्यवस्था श्रमजीवि वा मध्यम वर्गीय समुदायको हितमा छैन भन्ने ज्वलन्त उदाहरण अहिले अमेरिकामा मच्चिएको स्वास्थ्य सामाग्रीको हाहाकारले पुष्टि गरी दिएको छ । इटालीका सडकहरुमा पैसाका मुठा फालिएका छन् । तर, त्यो पैसाले मानिसहरूको जीवन जोगाउन सकिरहेको छैन । जतिसुकै पुजीपती मानिस भएपनि अस्पतालको बेड पाउन सकिरहेका छैनन् । यसरी धनाड्य वर्गकै जीवन बचाउन नसक्ने पुजीवादी व्यवस्थाले झन सडकका श्रमजीवि र निम्न वर्गीय तप्काको संरक्षण कसरी गर्ला ? उदारीकरणको नाउमा खोलिएका बहुराष्ट्रिय कम्पनीहरु राज्यभन्दा बलिया छन्, जसले संकटको बेलामा पनि राज्यको अनुरोध, निर्देशनलाई मान्दैनन् भन्ने कुरा नेपालमा मात्रै होइन, महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा पनि पुष्टि भएको छ । संकटको बेला काम योगी संयन्त्र भनेका सरकारी नै हुन् । अमेरिकाले सैन्य शक्तीको विकास र सुसजावटमा जति लगानी ग¥यो, त्यसको एक प्रतिशत मात्रै भए पनि सार्वजनिक स्वास्थ्य क्षेत्रमा लगानी गरेको भए सायद यो अवस्था भोग्नु पर्दैनथ्यो । किनभने त्यहाँको सैन्य संरचनाको लगानी र दायित्व पूर्ण रुपले राज्यको नियन्त्रणमा रह्यो । तर, स्वास्थ्य र शिक्षालाई पूर्णरुपले निजिकरण गरियो । पुजीवादका प्रमुख अंग निजीकरण तथा उदारीकरणद्वारा जन्मेका संरचनाहरु संकटको बेला र नाफा बिहीन हुने अवस्थामा जिम्मेवारीबाट भाग्छन् र ताल्चा लगाउँछन् भने राज्य नियंत्रित सार्वजनिक संरचनाहरु यस्तै संकटको बेला सबैभन्दा बढी काम योगी हुन्छन् भन्ने कुरा अमेरिकामा मात्रै होइन, नेपालमै पनि अहिले निजि अस्पतालको भूमिका र सरकारी अस्पतालको भूमिकाले प्रष्ट पारेको छ । यसर्थ पनि नाफामुखी पुजीवादी अर्थ व्यवस्थाभन्दा सेवामुखी समाजवादी अर्थ व्यवस्था निकै उन्नत छ । त्यसो भए पुजीवादको असफलतामा समाजवादको ढोका आफैं खुल्छ त ?
कार्ल माक्र्सले आफ्नो कृति पुजीमा कतै लेखेका छन, “पुजीवादी आर्थिक संकटले वाष्प इन्जिनमा चेक भल्भको जस्तै काम गर्छन, जहाँबाट अतिरिक्त दबाब सृजना गर्ने वाष्प बाहिर निस्कन्छ र हरेक संकटले पुजीवादलाई नबिकृत गरिदिन्छ ।”
यसै सवालसँग मिल्दो जुल्दो भनाई लेलिनले पनि राखेका छन् । लेलिनका अनुसार,“पुजीवादी अर्थ व्यवस्था संकटका कारणले आफैं ढल्दैन, जतिबेलासम्म क्रान्तिकारी शक्तिले आफूलाई सुदृढ र आफ्नो आत्मगत शक्ति बलियो बनाएर सक्रिय हस्तक्षेप गर्न सक्दैन ।”
लेलिनले यहि सिद्धान्तको प्रयोग तत्कालीन रुसमा अक्टोबर क्रान्ति मार्फत क्रान्तिकारी हस्तक्षेप गरी जारशाहीको सत्ता पल्टाई समतामूलक समाजवादी व्यवस्था स्थापना गरेका थिए । माथी उल्लेखित सबै घटनाक्रमलाई हेर्दा पुजीवाद र नव उदारीकरण शताब्दीकै सबैभन्दा कठीन मोडमा छ । पुजीवादी अर्थ व्यवस्थाभित्रका सामन्ती उत्पादनका पिलरहरु मक्किएका छन्, संकटमा छन् । निम्न वर्गीय तप्का त छदैछ, संसारभरकै मध्यम वर्ग र स्वयं पुजीपती वर्ग पनि संकटको बेला पैसाको खोलो बगाउँदा पनि अस्पतालको बेड नपाएर छट्पटिदै मर्नुपर्ने अवस्था र मजबुत आर्थिक महाशक्ति पनि अत्यावश्यकीय सामाग्री उत्पादन र वितरणमा असफल हुनुको कारण पुजीवाद तथा उदारीकरण मानव अस्तित्व बचाउनको लागि अनुकुल छैन भन्ने अवस्थामा पुगेका छन् । कोभिड–१९ को उपचार नपाई इटालीका सडकभरमा त्यहाँका पुजीपतीहरुले पैसाको मुठो फ्याक्नु त्यसैको प्रमाणित उदाहरण हो, पुजीवाद प्रतिको चर्को आक्रोश हो । तर, यो संकटका कारणले विश्व भर जरा गाडेर बसेको पुजीवाद लेलिनले भने झैँ आफैं ढल्दैन, जतिबेलासम्म क्रान्तिकारी शक्तिले आफुलाई संसारको नेतृत्व गर्ने दृढ आत्मशक्ति बलियो बनाएर क्रान्तिकारी हस्तक्षेप गर्न सक्दैन । मक्किएका पुजीवादका जिर्ण खम्बाहरुमा एउटा शालिन झट्का सहितको हस्तक्षेप गर्ने ऐतिहासिक अवसर अहिलेको संकटले दिएकोछ । कमजोर साबित अमेरिकी साम्राज्यवादले उसका मित्र राष्ट्रहरुको साथ नपाउनु र उ एक्लिदै जानू, आर्थिक रूपमा ग्रेट डिप्रेसनमा परी उत्पादन ह्रास हुनु, रोजगारी कटौतीहुनु र कुटनैतिक सम्बन्ध विस्तारमा ट्रम्प प्रशासन असफल हुनु भनेका सि विचार धाराका सफलताहरु हुन् । गत दुई वर्ष अगाडि चीनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट पारित सि बिचार धाराको मुल मर्म भनेकै २१ औं शताब्दीमा चीनिया मोडेलको उत्पादन प्रणालीबाट विश्व व्यापी हस्तक्षेप, जसको लागि वान बेल्ट वान रोड मार्गचित्र र आर्थिक उत्पादन वृद्धिका माध्यमबाट दीर्घकालीन महाशक्तिको रूपमा उद्य हुनु नै थियो । त्यो महाशक्तिको ताज हासिल गर्न र विश्वको नेतृत्व गर्ने हैसियतमा अहिले चीन अगाडि बढेको छ, भलै त्यसका लागि मक्किएका पुजीवादी पिलरमा क्रान्तिकारी धक्का आवश्यक छ । तर, त्यो धक्का फौजी नभएर अहिलेको सन्दर्भमा आर्थिक र कुटनैतिक नै मुख्य हो । अफ्रिका, युरोप र स्वयमं अमेरिकासम्मै चीनको आक्रामक बजार विस्तार, उसको चिकित्सकीय उत्पादनमा साबिकको भन्दा दश गुणा माग बढ्नु र चीनले माग अनुरुप पूर्तिको क्षमता राख्दै जानू, डब्लु.एच.ओ. सहित सिङ्गो सुरक्षा परिषद् र जि ठ का बैठकहरुमा ट्रम्पका अडान र प्रस्ताव फितला हुँदै जानू र चीनले बाँकी सबैको विश्वास प्राप्त गर्दै जानू चीनको अभियानका सकारात्मक पक्षहरु हुन् । अहिले सारा दुनियाँ कोभिड–१९ को महामारीबाट छटपटाइरहेको अवस्थामा चीनले महामारीको अधिक नियन्त्रण गरेसँगै चीनियाँ स्टक मार्केटमा देखिएको सुधारले विश्व अर्थतन्त्रलाई हरियो झण्डा देखाएको छ । अहिले चीनको अर्थतन्त्रले आफ्नो आर्थिक क्षतिलाई पूर्तिगर्दै बाउन्स ब्याक गर्दैछ, जति बेला सारा युरोप र अमेरिका कोरोना भाइरस रोक्नकै लागि उफ्रिरहेका, छटपटाइरहेका र बन्दाबन्दी अबस्थामा छन्, जहाँ चीन र चीनिया सामानहरुको उपस्थिती सबैभन्दा बढी छ । चीनको आर्थिक नीति र विदेश नीतिको प्रभाव आज जुन अवस्थामा छ, त्यस्तो आधुनिक चिनको इतिहासमा यस अघि कहिल्यै थिएन । सी बिचार धाराको नयाँ प्रयोग सायद अहिले चीनले गर्दैछ ।
चीनले अहिले समाजवादी धारको प्रतिनिधित्व गर्दैछ, भलै त्यहाँको उत्पादन र वितरण प्रणाली क्लासिकल सोसोलिज्म अनुसार छैन । अहिलेको यो ग्रेट डिप्रेसनपछि विश्व अर्थ व्यवस्था दुई कित्तामा तानातान हुनेछ । पहिलो धार, साबिकका पुजीवादका संरक्षकहरु महामारी पूर्वकै अवस्थामा पु¥याउन जोडबल गर्नेछन्, अपितु पुरानै रोडम्यापमा पुरानै तरिकाले त्यो ठाउँमा पुग्न कठीन मात्रै होइन, असम्भव प्राय नै हुनेछ । किनभने पुजीवादका मुख्य हर्ताकर्ताहरु युरोप अमेरिकाका मध्यम वर्गदेखि पुजीपति वर्गले समेत आफ्नो जीवनको ग्यारेन्टी देख्न छोडेका छन् । मान्छेको मृत्युमा समेत नाफादेख्ने उदारीकरण जस्ताको तस्तै उदाउने अवस्था छैन । यस अवस्थामा पुजीवाद र उदारीकरणका प्रवर्तकहरु केही सुधारको नाउँमा त्यो वर्गलाई कन्भिन्स गर्ने कोसिसमा जुट्ने छ र पुजीवाद संरक्षणवादमा पुग्ने खतरा छ । यदि यो पनि असम्भव भए त्यो तप्का पुजीवादलाई नाजिवाद जस्तै नव तानाशाह जन्माउन उद्दत हुनेछ । किनभने पुजीवादको विघटन हुने अवस्थामा त्यो पङतिले अन्तिम अस्त्रको रूपमा नाजिवादी बाटो लिने गर्छ । पश्चिम जर्मनिमा हिटलरले त्यहाँको चरम आर्थिक मन्दिको मौका छोपेर आफ्नो तानाशाह जन्माएका थिए । दोस्रो, माथि चर्चा गरिए जस्तै समाजवादी व्यवस्थाको उद्य हो । पुजीवादको विकल्पमा समाजवादी कित्ताले चाल्ने पाइला र उसको प्रभावकारी हस्तक्षेप कस्तो हुनेछ भन्ने कुराले नै अबको विश्व अर्थ व्यवस्था र सुपार पावरको छिनो फानो गर्नेछ । संरक्षणवाद उन्मुख आङ्शिक सुधार सहितको पुजीवाद (भलै त्यो सुधारिएको पुजीवाद भनेको नेपालमा २०३६ को दौडान जनमतसंग्रहमा सुधारिएको पञ्चायत भने झै हुनसक्छ, कर्मयोगी जनतालाई सुधारिएको पुजीवादले केही फरक पार्नेछैन) वा पुजीवाद नाजिवादमा परिणत हुने खतरा वा उन्नत समाजवादी अर्थ व्यवस्था,, यी तीन विकल्पको वरिपरि अबको विश्व अर्थतन्त्र घुम्नेछ । यसको छिनोफानो यो दशक सन् २०३० भित्रै भैसक्नेछ । परिवर्तित नयाँ विश्वको संरचना आफ्नै आँखाले देख्नको लागि हामी कोरोनाको महामारीबाट बाच्नु पर्नेछ । तसर्थ यस्तो नयाँ संसार हेर्नकै लागि भएपनि घर भित्रै बसौं, लक डाउनको पूर्ण पालना गरौं ।

You may also like