कोरोनाको संक्रमण रोक्नका लागि रोल्पाली युवकले नयाँ पानी धाराको आविस्कार

कोरोनाको संक्रमण रोक्नका लागि रोल्पाली युवकले नयाँ पानी धाराको आविस्कार
मानसिंह विश्वकर्मा
लिबाङ– रोल्पा ६ बैशाख

विश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोक्नका रोल्पाका एक युवकले पानी धाराको आविस्कार गर्नुभएको छ । रोल्पा लिबाङ २ सात्ताले निवासी कक्षा ११ मा पढ्ने दानबहादुर घर्तीमगरले आविस्कार गर्नुभएको हो ।
घर्तीमगर विभिन्न नयाँ खोज अनुसन्धानको क्रममा रहेको बेलामा कोरोना भाइरसको कारणले लक डाउनको बेलामा कोरोना भाइरसको संक्रमण प्रमुख कारण हातबाट नै सर्ने भएकोले गर्दा सरसफाई गरि सकेपछि पूर्ण रुपमा हात सुरक्षित भएको महसुस गरेपनि अन्तिममा पानीधारा बन्द गर्ने बेलामा फेरी हातबाट भाइरसहरु जाने भएकाले त्यस विकल्पमा खुट्टे पानी धाराको आविस्कार गरिएको बताउनुभयो । घर्तीमगरले भन्नुभयोः–“आफू सानैदेखि खोज तथा अनुसन्धान गर्ने विषय रुची भएको हाल प्लसटुमा पनि विज्ञान विषय नै अध्ययन गरिरहेको छु, मैले कोरोना भाइरसको संक्रमण हातबाट नै हुने प्रमुख कारणबाट हो, त्यसैले हात त मिचिमिची सफा त गछौँ फेरी अन्तिममा धारा बन्द गर्नेबेलामा फेरी भाइरस संक्रमण हुन्छ त्यसैले मैले खुट्टे धाराको आविस्कार गरेको हु यसबाट संक्रमण रोक्न सकिन्छ ।” खुट्टाले पानी धारा चलाउने भएकोले खुट्टाबाट संक्रमण हुने कम सम्भावना भएको बताउनुभयो ।
रोल्पा नगरपालिका नगर प्रमुख पूर्ण केसीले हातले चलाउँदा हातबाट बढी संक्रमित हुने भएकाले गर्दा खुट्टेधारा मानव जनजीवनमा निकै सहज हुने बताउनुभयो । उहाँले रोल्पा जिल्लाका सबै सार्वजनिक स्थान, कार्यालयमा जडान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता प्रतिभावान व्यक्तिलाई संरक्षण गर्नुपर्ने बताउँदै रोल्पा नगरपालिकाले प्राविधिक ज्ञानलाई संरक्षण गर्ने बताउनुभो । साथै उहाँले रोल्पा नगरपालिकाले धारासमेत जडान गर्ने बताउनुभयो ।
यस्तै यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले खुट्टे धाराले मानसिको दैनिक जीवनमा हुने विभिन्न रोगलाई न्यूनिकरण गर्न सक्ने बताउनुभयो । उहाँले यस्तो व्यक्तिलाई प्रर्वद्धनसमेत गर्नुपर्ने बतायनुभयो ।
पहिलो धारण रोल्पा अस्पतालमा जडान गरिएको छ । सो धाराले दिने फाइदाका विषयमा रोल्पा अस्ताल रेउघाका प्रमुख डा. धनमाया घर्तीमगरले यो नयाँ विषय हो । हाम्रो जस्तो देशमा सेन्सर धाराको प्रयोग गर्ने आर्थिक शक्ति नभएको देशमा खुट्टाले खोल्ने र बन्द गर्ने धाराको अति उपयोगी रहेको छ । यसबाट मानिसमा लाग्ने प्राय रोगको संक्रमण रोक्न सकिन्छ ।
रोल्पा अस्पताल विकास समितिका अध्यक्ष फविन्द आचार्यले रोल्पा अस्पताललाई छनौट गरेका पहिलो धारा हस्तातरण गरेकोमा सतप्रयास मिडिया गु्रप, सौजन्यकर्ता मिलन डाँगी लगायत आविस्कार दानबहादुर घर्तीलाई धन्यवाद दिनुभयो ।
सहयोगी एवं समाज सेवी मिल ग्रील उद्योगका प्रमुख मिलन डाँगीले रोल्पा अस्पतालमै सहयोग गर्दा सकरात्मक हुने विचारले हस्तातरण गर्नमा सहयोग गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा सो धारालाई १८ हजारसम्म जडान गर्न सकिने बताउनुभो ।

कार्यक्रम रोल्पा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङ, सशस्त्र प्रहरी गुल्म रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक कर्णबहादुर बुढामगर, रोल्पा जिल्लाका स्वास्थ्यकर्मी, पत्रकार, लगायत अन्य सरकोकारवालाको उपस्थिति रहेको थियो ।
सतप्रयास मिडिया गु्रपको समन्वय तथा मिलन डाँगीको सौजन्य प्राविधिक दानबहादुर घर्तीमगरको सयुक्त प्रयासमा निर्माण गरिएको हो । सो खुट्टाले खोल्ने पानीधारा हस्तातारण कार्यक्रम विहीबार सम्पन्न भएको हो । सो कार्यक्रम सतप्रयास मिडिया गु्रपका अभियान्ता काशीराम डाँगीको अध्यक्षताम भएको थियो भने सदस्य खेम बुढामगरले सञ्चालन गर्नुभएको थियो ।
रोल्पा जिल्लामा पनि नयाँ नयाँ प्रतिभाहरु जन्मि राखेका छन् । दानबहादुर घर्तीमगर पनि रोल्पा जिल्लाका विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ नयाँ कुरा सोच्नु व्यक्ति हुनुहुन्छ । आगामी दिनमा सेनिटाइजर होलबडी कवड निर्माण गर्ने लगायतको, अपाङ्गहरुलाई विद्युतीय ह्वील चेयर लगायत निर्माण गर्नका लागि लागि रहेका छन् । यस्तो प्रतिभाहरुलाई संरक्षण गर्नुपर्दछ ।

 

You may also like