रोल्पा लिबाङमा आई.टि.एफ.को राष्ट्रिय प्रशिक्षक तथा टेक्निकल सेमिनारकाे अायाेजना

रोल्पा लिबाङमा आई.टि.एफ.को राष्ट्रिय प्रशिक्षक तथा टेक्निकल सेमिनारकाे अायाेजना
फागुन ५ गते ।

This image has an empty alt attribute; its file name is i.jpg


रोल्पा आई.टि.एफ टेक्वान्दो संघद्वारा राष्ट्रिय प्रशिक्षक तथा टेक्निकल सेमिनार रोल्पा जिल्ला लिबाङ स्थित कभर्ड हलमा फागुनको ७ र ८ गते आयोजना हुँदै छ ।
सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुन मगरले फागुन ८ गते लिबाङ टुडिखेलमा गर्ने कार्यक्रम तय भएको छ । सेमिनारमा नेपालभरिका २५० खेलाडिको सहभागिता रहने रोल्पा जÞिल्ला आई. टि. एफ. संघका अध्यक्ष तथा कार्यक्रम संयोजक बिक्रम बाँठा मगरले बताउनुभयो । सेमिनारमा नेपाल आई.टि.एफ. को केन्द्रीय अध्यक्ष अञ्जन धमालाको सहभागीता हुनेछ । सेमिनारमा प्रशिक्षण नेपाल आई.टि.एफ. राष्ट्रिय ब्लाकबेल्ट कमिटीका अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक घम बहादुर थापा सहजिकरण गर्ने आयोजकले बताएको छ । आई.टि.एफ. खेलाडिको व्यक्तित्व विकास खेलकुद क्षेत्रको विकास तथा जिल्लामा पर्यटनको विकास गर्ने उद्वेश्यले टेक्वान्डो सेमिनार आयोजना गरिएको रोल्पा आई.टि.एफ. एफ तेक्वान्दो संघका सचिव कृष्ण बाँठा मगरले जानकारी दिनुभयो ।

You may also like