सुनिलस्मृति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोगि निकायबाट आर्थिक सहयोग गर्दै

२९ चैत्र, सुलिचौर–रोल्पा ।


सुनिलस्मृति गाउँपालिका कार्यालय सुलिचौर रोल्पाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोष खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा आर्थिक सहयोगी नियकायबाट रकम जम्माको संख्या बढेको छ । गाउँपालिकालाई कोरोना भाइरसको सम्भावित महामारी विरुद्ध लड्न थप सहयोग पुग्ने भएको छ ।
यस गाउँपालिकाको प्रकोप कोषमा शुक्रबारसम्म कोषमा रु ६ लाख ७९ हजार ३ सय ७४ रकमजम्मा भएको छ । साहास नेपालबाट रु ५ लाख ४० हजार राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रितमान पुन (अग्रिम)बाट रु २२ हजार २ सय २२ रुपैया, गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीबाट रु ११ हजार १ सय ११ रुपैया, सिरानटोल समस्या समाधान समिति (विश्वकर्मा समाज) सुनिलस्मृति गाउँपालिका वडा नं. २ महेन्द्रिले रु ५ हजार र गाउँपालिका पञ्जिकरण, पोषण, गाउँपालिका, गाउँपालिका करार कर्मचारीहरु कर्मचारीहरुबाट रु १ लाख ३९ हजार ८ सय ६१ रुपैया जम्मा भएको छ भने अन्य सहयोगी निकायहरुले पनि उक्त कोषमा रकम जम्मा गर्ने उद्घोष गरेका छन् । गाउँपालिकाले सहयोगकालागि अनुरोध गरेपछि सहयोग गर्नुहुने सबै सहयोगी निकायप्रति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकालेरु ४० लाखभन्दा माथिको राहात कोष निर्माण गर्ने लक्ष्य तग गरेको हुँदा देश विदेश जहाँबाट सकिन्छ सहयोगका लागि हार्दिक अनुरोध गर्नुभयो ।

साथै गाउँपालिकामा सञ्चालनमा आएका एम्बुलेन्स चालकहरुलाई पिपिई हस्तान्तरण गरिएको छ, जस अनुसार तेबाङ स्वास्थ्य चौकी, गजुल स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, सुलिचौर, सूर्यदय वचत तथा ऋण सहकारी संस्था रुइनिबाङबाट सञ्चालित एम्बुलेन्स चालकहरु र गाउँपालिकामा कार्यरत चालक एक एक सेट पिपिई हस्तान्तरण गरिएको छ । यस विपतको घडिमा विरामीसँग नजिक हुनुहुने चालकहरु सुरक्षित गर्नका लागि हस्तान्तरण गरिएको अध्यक्ष घर्तीले बताउनुभएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

You may also like