३० जना विद्यार्थीलाई स्वीटर

पुष १ गते
लिबाङ रोल्पा ।


रोल्पा नगरपालिका वडा नम्बर २ देउराली रोल्पा स्थित सरस्वती प्राथमिक विद्यालयका ३० जना बालबालिकालाई स्विटर आज हस्तान्तरण गरिएको छ । विद्यार्थीहरुलाई जाडो मौसममा स्वीटरले अध्यायनमा थप सहयोग पुग्ने भएको छ ।
स्वीटर सतप्रयास मिडिया गु्रपको ‘कोशिस’ अभियन्ताहरुको एक टोलिले विद्यालयमै पुगेर ३० जना विदार्थीहरुलाई स्विटर हस्तान्तरण गरेको हो । ग्रुपबाट समाजिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

जाडो मौसममा पनि स्विटर विना विद्यालय आउन बाध्य विद्यार्थीलाई अभियन्ताहरुले सहयोगका रुपमा स्विटर वितरण गरिएको जनाईएको छ । अभियन्ता कुलबहादु डाँगीका अनुसार आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई स्विटर प्रदान गरिएको हो । अभियन्ताहरुको प्रतिनिधित्व गर्दै काशीराम डाँगी, महेश न्यौपाने, खेम बुढामगर, हेमन्त खत्री, कुलबहादुर डाँगी, सुदिप डाँगी, मुकेश कुवर, दिनेश सुवेदी, गोकर्ण पुनको टोली विद्यालयमा पुग्नु भएको थियो । अभियन्ता पहलमान घर्ती, नेपाल मगर संघ रोल्पाका अध्यक्ष कुमबहादुर पुनले समेत स्विटर सहयोग गर्नुभएको छ । समाजसेवी शेरबहादुर डाँगीले तीन जना विपन्न बालबालिकालाई विद्यालय पोशाक दिने प्रतिवद्धता जनाउनु भएको छ । स्विटर वितरणसँगै विद्यार्थीलाई स्वस्थ आनीवानी, खानपान र सरसफाई बारे सिनियर अहेव कुलबहादुर डाँगीले अभिमुखिकरण समेत गर्नु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीको अध्यक्षतामा स्विटर वितरण गरिएको हो । जिल्लाका स्थानीयतह, वडा कार्यालय सहितका सरकारवाला निकायहरुले पनि थप सहयोगी भूमिका निर्वाह गरे समाजिक अभियान्ताहरुको अभियान सार्थक बन्न सक्छ ।

You may also like