माण्डवी चतुर्भुज महोत्सव उद्घाटनको पूर्व अर्थमन्त्री वर्षमान पुनमगरले गर्ने

मानसिंह बिक
माघ ४ रोल्पा
रोल्पा जिल्लाका विभिन्न स्थानमा महोत्सव लाग्ने क्रममा जारी रहेको छ । यसैक्रममा रोल्पा जिल्लाको पूर्वी दक्षिणभेगमा रहेको खुंग्रीमा सम्पन्न हुने माण्डवी तथा चतुर्भुज कृषि तथा पर्यटन महोत्सवको माघ ५ गते उद्घाटन पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदसस्य वर्षमान पुनमगरले गर्नु हुने भएको छ ।
रोल्पा जिल्लाको धार्मिक तथा साँस्कृति महत्व वोकेको यस महोत्सवमा रोल्पा, प्यूठान, लगायतको स्थानबाट समेत महोत्सवमा सहभागि हुने समेत बताइएको छ । हालसम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरुको आगमन, करिव १५० वटा स्थल बुकिङ, हिलिप्याडको आगमन, कृषि सामाग्री प्रर्दशनको सम्पूर्ण तयार भइरहको संयोक इमान विष्टले बताउनुभयो । रोल्पा जिल्लाको खुंग्री क्षेत्रमा पर्यटकीय क्षेत्रहरुको राम्रो सम्भावना रहेको छ । स्वर्गद्वारी महाप्रभूले तपस्या गर्दा नुहाउन आएको ठाउँ, खुंग्रीकोट दरबार, उत्पादनको राम्रो सम्भावना भएको क्षेत्र रहेकोले पनि उर्वर क्षेत्र मानिन्छ ।
पूर्व अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य वर्षमान पुनमगरले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ५ गते विहान विहान हिलिमा ९ बजे काठमाण्डौबाट उडान भएर रोल्पा नगरपालिकाको लिबाङमा नव निर्मित वडा पालिकाको कार्यालय भवन उद्घाटन ११ बजे र करिव १२ बजे महोत्सवका उद्घाटन गर्ने स्वकीय सचिव सन्तोष पुनमगरले जानकारी दिनुभयो । सो महोत्सवको लागि सम्पूर्ण तयारीलाई जनताको आर्थिक उत्पादनसँग जोडिएको संयोजक इमान विष्टले जानकारी गराउनुभयो । साथै उहाँले उद्घाटन कार्यक्रमको रोल्पा र प्यूठानका सामुदायिक रेडियोबाट प्रतक्ष्य प्रशारण समेत गरिने बताउनुभयो ।
वर्षेनी रुपमा लाग्ने महोत्सव गतसाल पनि सम्पन्न भएको थियो । गतसालको महोत्सवले सो क्षेत्रलाई प्रचार–प्रसार बनाएको समेत पूर्व संयोजक चेतलाल कुवरले जानकारी दिनुभयो ।

You may also like