इन्द्र स्मृति युवा क्लवद्वारा ७५ घरपरिवारलाई निःशुल्क हात धुने साबुन र माक्स वितरण

२९ चैत्र, लिबाङ– रोल्पा ।


रोल्पा नगरपालिका–९ नं. वडा फाल्जा स्थित इन्द्र स्मृति युवा क्लवले शुक्रबार निःशुल्क  हात धुने साबुन र माक्स वितरण गरेको छ । फाज्लाबासीहरुलाई युवा क्लवको पहलमा कोरोना भाइरसबाट बच्न र बचाउने सम्बन्धित थप सचेतता बनाएको छ ।
यस क्लवको शुक्रबार सम्पन्न बैठक अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) बाट फाल्जाबासीहरुलाई कसरी बच्न र बचाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफलबाट यस टोलको आमा समूहको सहकार्यमा ७५ घरधुरि परिवारलाई ३÷३ ओटा हात धुने साबुन र २ सयको ओटा वितरण गरेको छ । साथ यस टोलबासीहरु काठमाण्डौंबाट घर फर्किएका २ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । टोलमा प्रबेश गर्ने नाकाहरुमा नियमियत चेक जाँच गर्ने समेत पारित गरेको छ । कोरोना भाइरसबाट बच्न र बचाउने अभियानको अगुवाई कल्वको संस्थापक अध्यक्ष नर बहादुर बुढामगरले गरिरहनुभएको छ । साथमा निवर्तमान अध्यक्ष सुन्दर घर्ती, महिला स्वास्थ्य स्वयम सेवीका तारा पुनमगर र क्लवको अध्यक्ष कर्मराज पुनमगरले पनि सक्रिय जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ । कोरोनाभाइरस रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले तोकिएको लकडाउनको समयमा घरबाहिर नजाऊँ। अत्यावश्यक सामान किन्न जाँदा कम्तीमा ३ फिटको दूरी कायम गरौं । आफू, आफ्नो परिवार, समुदाय र देशलाई कोरोनाभाइरसको संक्रमणबाट बचाउन जिम्मेवार बनौं । घरमै बसौं जस्ता जनहितमा प्रचार प्रसार कार्य क्लवले गर्दै आएको अध्यक्ष कर्मराज पुनमगरले जानकारी दिनुभयो ।

You may also like