नेकपा (माओवादी केन्द्र) भाबाङको बैठक बस्यो


समाचारदाता
भाद्र २३ गते

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) घर–घरमा माओवादी, जन–जनमा माओवादी ! जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत माडी गाउँपालिका वडा नं. ५ को बैठक शुक्रबार सम्पनन भएको छ । अभियान अन्तर्गत वडा पालिकाको बैठक सम्पनन गरेको हो ।


कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य नरसिंह राना (प्रभाव ) प्रमुख आतिथ्य विशिष्ट अतिथि पार्टी माडीगापालिका पार्टी अध्यक्ष तथा माडीगाउँपालिका अध्यक्ष अमरसिंह घर्तीमगर (मित्रमणी), पार्टी जिल्ला सल्लाहकार एवं भाबाङका अग्रज बिष्णु कुमार घर्ती मगर (सरल), नेकपा (माओवादी केन्द्र) माडी गाउँपालिका अध्यक्ष दलबहादुर घर्तीमगर कासन, पार्टी माडीगाउँपालिका माडी गाउँपालिका पार्टी सचिव विरबहादुर घर्तीमगर, माडी ५ मा वडा अध्यक्ष तेजेन्द्र बुढामगर, सह सचीव झक्कु प्रसाद परियार (बिनय), लगायतको आतिथ्यतामा समम्पन्न भएको थियो ।
माडी ५ भाबाङका पार्टी वडा अध्यक्ष आक्रोसको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सनि देवल घर्तीले गर्नुभएको थियो । जनताले माओवादीले उठाएको एजेण्डा सही भएको र त्यसलाई कार्यन्वय गर्नका लागि नेतृत्वले ध्यान दिएको जनताहरुको सुझाव पेश गरेका थिए । नेताहरुको आफ्नो जीवन शैली सुधार गर्नका लागि लागेको बताउनुभयो । जनताको जीवन स्तर विकासका लागि माओवादी पार्टीले अझै जनमेत्री कार्यक्र लिनु पर्ने बताउनुभयो ।

You may also like