तेस्रो रोल्पा खुला जुनियर महिला भर्चुअल तेक्वान्दो आई.टि.एफ. प्याट्रन राष्ट्रिय च्याम्पियनसिप २०२० आयोजना

तेस्रो रोल्पा खुला जुनियर महिला भर्चुअल तेक्वान्दो आई.टि.एफ. प्याट्रन राष्ट्रिय च्याम्पियनसिप २०२० आयोजना
साउन  ३ गते
लिबाङ–रोल्पा


तेस्रो रोल्पा खुल्ला जुनियर महिला भर्चुअल तेक्वान्दो आई.टि.एफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिप २०२० रोल्पा आई.टी.एफ. तेक्वान्दो संघले आयोजना गरेको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि जारी लक डाउनको समयमा यस संघले विभिन्न स्तरको च्याम्पियनसि सम्पन्न गरी सकेका छन् ।
यस च्याम्पियनसिपको प्रथम पुरस्कार रु ५ हजार, दोस्रो पुरस्कार रु ३ हजार ५ सय र तेस्रो पुरस्कार रु २ हजार नगद सहित प्रमाण पत्रको व्यवस्था गरेको कार्यक्रम संयोजक एवं रोल्पा आई.टि. एफ. तेक्वान्दो संघको अध्यक्ष विक्रम बाठा मगरले बताउनुभयो । परिवर्तन गाउँपालिका राङ्सी निबासीहरु नन्दकिशोर डाँगीले प्रथम पुरस्कार, भर्मण वलीले दोस्रो पुरस्कारको प्रयोजन गर्नुभएको छ भने तेस्रो पुरस्कारको प्रयोजन आयोजकले नै गरेको छ । यस प्रतियोगितामा तेक्वान्दो (आई.ट.एफ) का हरियो पेटिदेखि रातो पेटिसम्मका महिला खेलाडिहरुले सहभागी बन्नेछन् । खेलाडीहरुले वन–ह्यो (WON-HYO) तुल प्याट्रन र आफुले इच्छ्याएको एउटा प्याट्रन गरि जम्मा दुई ओटा प्याट्रनको भिडियो रोल्पा आई.टि.एफ तेक्वान्दो संघलाई साउन ४ गत्तेदेखि साउन १८ गत्ते भित्र पठाउनुपर्नेछ । यस प्रतियोगिताको नतिजा प्रकाशन साउन २२ गत्ते सार्वजनिक गर्ने तयारी आयोजकले गरेको छ । प्रतियोगि खेलाडिहरुले पठाएको भिडियो नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरुले भिडियो कन्फेरेन्स मिटिङ मार्फत प्रतियोगिहरुको भिडियो हेरेर पाएको प्राप्तांकहरुलाई छलफल मार्फत निर्णय गरेर महासंघ र जिल्ला संघ को सहकार्यमा नतिजा प्रकाशन गर्ने रोल्पा आई.टि.एफ. संघका अध्यक्ष विक्रम बाठा मगरले बताउनुभयो । कोरोना भाइरसको माहामारीको समयमा भर्चुअल च्याम्पियनसिपको अवधारणाले खेलाडीहरुलाई थप आत्मविश्वास बढाउनुको साथै खेल विकासमा पनि मदत पुग्ने विश्वास कार्यक्रम संयोजक बाठामगरले व्यक्त गर्नुभयो । कोरोना भाईरसको माहामारी बढिरहेको अवस्थामा यस खेल आयोजनाले खेलाडिहरुले लकडाउनकै समयमा घरबाटै पनि आत्म तयारी गरि खेल कौशललाई अगाडि बढाउने वातावरण सिर्जना भएको छ । खेलाडीहरुलाई थप क्रियाशिल बनाउने उद्वेश्य अनुसार भर्चुअल च्याम्पियनसिप आयोजना गर्न लागेको रोल्पा आई.टी.एफ. तेक्वान्दो संघ का अध्यक्ष तथा कार्यक्रम संयोजक बिक्रम बाठामगरले बताउनुभयो ।

You may also like